नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, जेठ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सुरक्षित प्रसूतिका लागि गर्भवतीलाई निम्तो !
सुरक्षित प्रसूतिका लागि गर्भवतीलाई निम्तो !
RSG-2
रासस
बुधबार, पुस २९, २०७७ रासस
सुरक्षित प्रसूतिका लागि गर्भवतीलाई निम्तो !

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाले महिलामैत्री योजना लागू गरेको छ । तीमध्ये एक हो, सुरक्षित प्रसूतिका लागि निमन्त्रणा ।

घरमै सुत्केरी हुँदा आमा/बच्चाको स्वास्थ्य खतरा हुन सक्ने भन्दै गाउँपालिकाले सुरक्षित प्रसूतिका लागि गर्भवती महिलालाई स्वास्थ्य संस्थामा नियमित चेकजाँच र प्रसूतिका लागि निमन्त्रणा गरेको हो ।

जुन घरमा गर्भवती छन्, त्यो घरमा बधाईसहित गाउँपालिकाकाले कार्ड पठाउन शुरू गरेको छ । कार्डको एकातिर गर्भवती भएकोमा बधाई दिइएको छ भने चार, छ, आठ र नौ महिनामा अनिवार्य गर्भ जाँच गर्न आग्रह गरिएको छ ।

गाउँपालिका स्वास्थ्य शाखाका संयोजक बलिराज शाहीका अनुसार गर्भवतीलाई अनिवार्य रूपमा स्वास्थ्य चौकीमा आउन निमन्त्रणा कार्ड नै वितरण शुरू गरिएको हो । “कार्डमा गर्भवती भएका बेला अपनाउनुपर्ने र सचेत हुनुपर्ने कुराहरू पनि समावेश गरेका छौं”, उहाँले भन्नुभयो, “कम्तीमा चार पटक गर्भ जाँच गराउन पनि निमन्त्रणा कार्डमार्फत नै सम्झाउन खोजेका छौं ।”

गाउँपालिकाभित्र जोखिमका साथ परम्परागत रूपमा घरमै सुत्केरी हुने अवस्था हटाउन यस्तो उपाय निकालिएको बताउँदै संयोजक शाहीले बालमृत्युदर कम गर्न यो कार्यक्रम प्रभावकारी हुनसक्छ भन्नुभयो । स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने गर्भवतीलाई रु तीन हजार यातायात खर्च र नियमानुसार स्वास्थ्यचौकी आएर चार पटक चेकजाँच गरेपछि थप रु. ८०० पाउने व्यवस्था रहेको बताउँदै उहाँले नवजात शिशुलाई पनि न्यानो झोला र लुगा दिने व्यवस्था छ ।

पछिल्ला समय स्वास्थ्य चौकीमा आएर १०१ गर्भवतीले सुरक्षित सुत्केरी गराएको संयोजक शाहीले जानकारी दिनुभयो । सुत्केरी तथा गर्भवती महिलालाई निम्तोपत्र दिने अभ्यास गर्ने खार्पुनाथ गाउँपालिका जिल्लाकै पहिलो स्थानीय तह रहेको छ । शुरुका वर्षमा गाउँघरमै सुत्केरी हुने र हाल गाउँपालिकाले सुरक्षित सुत्केरीका लागि निम्तो पठाएपछि स्वास्थ्यचौकी गर्भवती हुनेको सङ्ख्या बढेको स्वास्थ्य शाखाले जनाएको छ ।


प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  १२:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विभेदकारी विज्ञापन नीति विरुद्ध बाँकेका पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई पठाइयो हस्ताक्षर
विभेदकारी विज्ञापन नीति विरुद्ध बाँकेका पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई पठाइयो हस्ताक्षर
बैजनाथमा सञ्चालित डिजिटल पत्रकारिता तालिम समापन
बैजनाथमा सञ्चालित डिजिटल पत्रकारिता तालिम समापन
स्थानीय तहको नीति-कार्यक्रम र बजेटमा सञ्चार क्षेत्र समेट्न पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण
स्थानीय तहको नीति-कार्यक्रम र बजेटमा सञ्चार क्षेत्र समेट्न पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण
समर्थ कार्यक्रमको सिकाई विमर्श कार्यशाला नेपालगन्जमा
समर्थ कार्यक्रमको सिकाई विमर्श कार्यशाला नेपालगन्जमा
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP