नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • अन्तर वडा क्रिकेटको मैत्रीपुर्ण खेलमा आयोजकद्वारा जनप्रतिनिधि पराजित
अन्तर वडा क्रिकेटको मैत्रीपुर्ण खेलमा आयोजकद्वारा जनप्रतिनिधि पराजित
RSG-2
सुनिल रेग्मी
शुक्रबार, माघ १०, २०७६ सुनिल रेग्मी
अन्तर वडा क्रिकेटको मैत्रीपुर्ण खेलमा आयोजकद्वारा जनप्रतिनिधि पराजित

नेपालगन्ज। युनाइटेड ग्रुप दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । शुक्रबार आयोजक गु्रप अफ–१६ र नेपालगन्ज उपमहानगरपालिकाको जनप्रतिनिधीबिचको मैत्रीपुर्ण खेलबाट प्रतियोगिताको शुभारम्भ गरिएको छ ।

त्यसअघि प्रतिनिधि सभा सदस्य एवम् पुर्व शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई र प्रदेश सासद सुरेन्द्र हमालले क्रिकेट खेलेर प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । शुक्रबार भएको उद्घाटन खेलमा आयोजक गु्रप अफ–१६ ले जनप्रतिनिधिको टिमलाई ५ विकेटले हराउन सफल भएको छ ।

नेपालगन्जको मंगल प्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा सुरुआतमा ब्याटिङ गरेको जनप्रतिनिधिको टिमले ७९ रन बनाएको थियो । त्यसमा सुरेन्द्र गुप्ताले ११ रन र दिपक बर्माले १० रन बनाए । आयोजक टोलीका वलर सन्तोष शाहले २ ओभरमा १६ रन दिएर २ विकेट लिए । तरुण बज्राचार्यले २ ओभरमा ८ रन खर्चेर १ विकेट र किरण श्रेष्ठले २ ओभर वलिङ गर्दै १ विकेट लिन सफल भए । जवाफमा आयोजक गु्रप अफ–१६ को तर्फबाट तरुण बज्राचार्यले सर्वाधिक २७ रन र राम श्रेष्ठले १४ रनको योगदान गरेपछि टोलीले लक्ष्य प्राप्त गरेको थियो ।

तरुणले २८ बलको सामना गर्दा ४ चौका र रामले ९ बलमा ३ चौका प्रहार गरेका थिए । जनप्रतिनिधिको तर्फबाट समीर प्रताव मल्लले २ ओभरमा १२ रन दिएर ३ विकेट लिए । युनाइटेड ग्रुप अफ कम्पनीले मुख्य प्रायोजन गरेको प्रतियोगितामा नेपालगन्जका २३ वडाले प्रतिस्पर्धा गरिरहेका छन । प्रतियोगिताको बिजेताले २ लाख उपबिजेता १ लाख पाउने छन् । शुक्रबार १८ नम्बर वडा र १२ नम्बर वडा बिच प्रतिस्पर्धा हुने कार्यक्रम तय भएपनि प्राविधिक कारणले खेल हुन नसकेको प्रतियोगिता संयोजक तरुण बज्राचार्यले बताउनु भयो ।

प्रतियोगितामा अन्तर्गत शनिबारको पहिलो खेल ७ नम्बर वडा र ११ नम्बर वडा बिच हुने छ । अर्को खेलमा ५ नम्बर र १० नम्बर वडाले प्रतिस्पर्धा गर्नेछन । शुक्रबार स्थगित गरिएको खेल रिर्जभ डेमा गर्ने तयारी भएको आयोजकले बताएको छ । प्रतियोगिताको उद्घाटनमा शुक्रबार मन्त्री राईसँगै, प्रदेश सासद सुरेन्द्र हमाल, नेपाली कांग्रेस बाँके सभापति किरण कोइराला, बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापा, प्रतियोगिताको मुख्य प्रायोजक युनाटेड गु्रपका हिमान्सु यादव, युनाइटेड ग्रुपका विजनेस हेड विजय चापागाई, जिल्ला प्रहरी कार्याल बाँकेका डिएसी शिव सिह, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख हरि बस्नेत, प्रतियोगिता आयोजक गु्रप अफ–१६ का अध्यक्ष विष्णु अर्यालले लगायतको उपस्थित रहेको थियो ।

प्रतियोगितामा एजुकेशन पार्टनर एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस ,वैकिङ पाटनर्रमा साईन रेसुङगा डेभलपमेन्ट, प्राविधिक सहयोग बांके जिल्ला क्रिकेट संघले गरेको छ ।


प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  २२:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP