नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, फागुन १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • अन्तर वडा स्तरीय क्रिकेट: प्रज्वलको उत्कृष्ट ब्याटिङमा १ नम्बर विजयी
अन्तर वडा स्तरीय क्रिकेट: प्रज्वलको उत्कृष्ट ब्याटिङमा १ नम्बर विजयी
banijya office RSG-2
सुनिल रेग्मी
मंगलबार, माघ १४, २०७६ सुनिल रेग्मी
अन्तर वडा स्तरीय क्रिकेट: प्रज्वलको उत्कृष्ट ब्याटिङमा १ नम्बर विजयी

नेपालगन्ज। वडा नम्बर ८ र वडा नम्बर १ ले नेपालगन्जमा जारी युनाइटेड ग्रुप दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा  जित हासिल गरेका छन ।

८ नम्बर वडाले वडा नम्बर ४ लाई २ विकेटले हरायो । अर्को खेलमा १ नम्बरले ६ नम्बरलाई ९ विकेटले हराउन सफल भएको छ । मंगल प्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको ४ नम्बर वडाले १५ ओभर खेलाइएको खेलमा ६ विकेटको नोक्सानीमा १ सय १६ रन जोडेको थियो ।

टोलीका लागि विश्वास श्रेष्ठले सर्वाधिक ६३ रन, सुनिल भण्डारीले १६ र बुद्ध अधिकारीले १४ रन जोडे । विश्वासले ३८ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै अर्धसतक प्रहार गरेका थिए । ८ नम्बर वडाका अनुभवी खेलाडी अनुपम सिंहले ३ विकेट लिए । उनले २ ओभरमा ८ रनमात्र दिएका थिए । जवाफी ब्याटिङमा अनुपम सिंहले ३४ रन, मोहम्मद सल्मानले २८ र फर्दिन खानले १५ रनको योगदान गरे । म्यान अफ द म्याचको पुरस्कार जितेका अनुपमले २५ बलमा ५ चौका प्रहार गरेका थिए ।

४ नम्बरका निर्मल ओलीले ३ विकेट र आकाश विष्टले २ विकेट लिए । खेलमा मोहम्मद सलमानले म्याजिक अफ द मुभमेन्टको पुरस्कार पाए । उनीहरुलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ अध्यक्ष अयुव सिद्धिकी, साइन रेसिंगा विकास बैंकका क्षेत्रीय निर्देशक तेज रावल र वडा नम्बर ७ अध्यक्ष जुमन खाँले पुरस्कार दिएका थिए । यसैगरी अर्को खेलमा टस जितेर ब्याटिङ गरेको ६ नम्बर वडाले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ३७ रन बनाएको थियो ।

टोलीका लागि दिपेश बर्माले ४० रन, अफजल खानले २३ र प्रनित थापामगरले १४ रन बनाए । दिपेशले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए । अफजलले २७ बलमा २ चौका र १ छक्का हाने । १ नम्बर वडाका सुगम विसीले ३ विकेट र सिद्धान्त राज शाहीले २ विकेट लिए । जवाफमा प्रज्वल शाहीले उत्कृष्ट ब्याटिङ गरेपछि १ नम्बर वडाले १८.२ ओभरमा १ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो ।

म्यान अफ द म्याच प्रज्वलले ७० रन र सिद्धान्त राज शाहीले ३१ रन बनाए । प्रज्वलले ६२ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए । ६ नम्बरका दिपेश बर्माले १ विकेट लिए । गु्रप अफ–१६ क्लबले आयोजना गरेको प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिकाका २३ वडाका टिमले प्रतिस्पर्धा गरिरहेका छन ।


प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६  ०८:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP