Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • अन्तर वडा स्तरीय क्रिकेट:५ नम्बर वडा र ८ नम्बर वडा सेमिफाइनलमा
अन्तर वडा स्तरीय क्रिकेट:५ नम्बर वडा र ८ नम्बर वडा सेमिफाइनलमा
RSG-2
सुनिल रेग्मी
आइतबार, माघ १९, २०७६ सुनिल रेग्मी
अन्तर वडा स्तरीय क्रिकेट:५ नम्बर वडा र ८ नम्बर वडा सेमिफाइनलमा

नेपालगन्ज। नेपालगन्जका वडा नम्बर ५ र वडा नम्बर ८ नेपालगन्जमा भइरहेको युनाइटेड ग्रुप दोस्रो अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन ।

आइतबार मंगलप्रसाद उच्च माविको खेल मैदानमा ५ नम्बर वडाले १ नम्बर वडालाई ८ रनले पराजित गरेको छ । अर्को खेलमा ८ नम्बर वडाले १५ नम्बर वडालाई ४८ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ ब्याटिङ गरेको ५ नम्बर वडाले २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय २५ रन बनाएको थियो । टोलीका लागि वाजिव शेखले २९ रन, सदाब अन्सारीले पनि २९ रन र सुबेन्दु पाण्डेले १८ रन बनाए ।

१ नम्बरका सिद्धान्त राज शाही र रकिन राणाले समान १ विकेट लिए । जवाफमा १ नम्बर वडाले २० ओभर खेल्दै ७ विकेटको नोक्सानीमा १ सय १७ रन मात्र बनाउन सक्यो । टोलीका लागि सिद्धान्त राज शाहीले २९ रन, प्रज्वल शाहीले २५ रन, रोहन केसीले २५ रन बनाएका थिए । ५ नम्बर वडाका लागि मोहम्मद मेराज अन्सारीले सर्वाधिक ३ विकेट र सैजादे खानले २ विकेट लिए ।

खेलमा मोहम्मद मेराज अन्सारीले म्यान अफ द म्याच, म्याजिकल मुभमेन्टको पुरस्कार जिते । यसैगरी अर्को खेलमा टस हारेर ब्याटिङ गरेको ८ नम्बर वडाले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ५२ रन बनाएको थियो । टोलीका लागि कैफ खानले ३३ रन, फर्दिन खानले २३ रन, अनुपम सिहले २२ रन र नासिर अन्सारीले २१ रन बनाएका थिए। १५ नम्बरका शंकर कुमार मिश्रा र अहद राजा राईले समान ३ विकेट लिए । जवाफमा १५ नम्बर वडाले २० ओभरमा अलआउट हुँदा १ सय ४ रन बनाएको थियो ।

टोलीका लागि रमेश सिहले ५४ रनको योगदान गरे । अमरिक सिह शिखले १२ रन बनाए । ८ नम्बर वडाका अफाख शेख, अफताब अन्सारी, समसुद्धिन अन्सारीले समान २ विकेट लिए । नासिर अन्सारीले १ विकेट लिए । खेलमा नासिरले म्यान अफ द म्याच, अफताव अन्सारीले म्याजिकल मुभमेन्ट पुरस्कार जित्न सफल भए । आइतबार उत्कृष्ट भएका खेलाडीलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ अध्यक्ष प्रमोद रिजाल, ८ नम्बर वडा अध्यक्ष सुरेन्द्र गुप्ता वैश्य, ७ नम्बर वडा अध्यक्ष जुमँन खाँ, बेन्ली बाइकका लागि नेपालगन्जको आधिकारिक बिक्रेता एसके मोर्टसका शौरभ कर्मचार्यले पुरस्कार दिएका थिए ।

प्रतियोगिता अन्तर्गत सोमबार पहिलो सेमिफाइनलमा २२ नम्बर वडा र ८ नम्बर वडाले प्रतिस्पर्धा गर्नेछन । अर्को सेमिफाइनलमा ५ नम्बर वडा र १३ नम्बर वडाले खेल्नेछन । फाइनल खेल शनिबार हुने प्रतियोगिता संयोजक तरुण बज्राचार्यले बताए ।

युनाइटेड मोटर्सले मुख्य प्रायोजन गरेको प्रतियोगितालाई साइन रेसुगाँ बैंक, एक्सपर्ट एजुकेशन, बेन्ली बाइक लगायतका संस्था प्रायोजन गरेका छन । ग्रुप अफ– १६ क्लबले आयोजना गरेको प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिकाका २३ वडाले प्रतिस्पर्धा गरिरहेका छन । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख पुरस्कार पाउनेछ ।


प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  १८:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP