नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • १ रनले नेपालीको सपना चकनाचुर
१ रनले नेपालीको सपना चकनाचुर
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असार १, २०८१ बागेश्वरी पोस्ट
१ रनले नेपालीको सपना चकनाचुर

काठमाडौं । नेपाल दक्षिण अफ्रिकालाई हराएर इतिहास रच्न १ रनबाट बन्चित बनेको छ । नेपाल अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको तेस्रो खेलमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको हो । 

जित नजिक पुगेर पनि नेपाल एक रनले पराजित भएको हो । नेपालले मात्र ११६ रनको चुनौती पछ्याइरहेको अवस्थामा नेपालले ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो । 

नेपालले यो खेल जितेको भए ऐतिहासिक कीर्तिमान हासिल गर्ने थियो । नेपालले दक्षिण अफ्रिकासँग पहिलो पटक खेलेको थियो । 

अन्तिम बलमा गुल्सन झा रन आउट भए । उनले एक रन लिएको भए खेल सुपर ओभरमा पुग्ने थियो । उनले डाइभ गरेको भए रन पूरा हुने थियो। 

नेपालका लागि आसिफ शेखले ४९ बलमा १ छक्का र ४ चौकाको मद्धतले ४२ रन बनाए । तेस्रो विकेटका लागि शेखसँग मिलेर ५० रनको साझेदारी गर्ने क्रममा अनिल साहले २४ बलमा एक छक्काको मद्दतले २७ रन बनाए । 

यसअघि पहिलो विकेटका लागि आसिफसँग मिलेर ३५ रनको साझेदारी गर्ने क्रममा कुशल भुर्तेलले २१ बलमा एक छक्काको मद्दतले १३ रन बनाएर आउट भएका थिए । सोमपाल कामी ४ बलमा ८ रन बनाएर अविजित रहे । 

विश्वकप इतिहासकै कान्छा कप्तान रोहित पौडेल भने २ बलमा रनको खाता नखोली आउट भएका थिए । 

यसअघि आसिफ शेख व्यक्तिगत १ रन बनाउँदा कागिसो रबाडाबाट क्याच आउट हुनबाट जोगिएका थिए । 

दक्षिण अप्रिकाका लागि ताब्रेज शाम्शीले १९ रन खर्चेर ४ विकेट लिए । 

यसअघि वेष्ट इन्डिजको किंग्सटाउनमा नेपालले टस जितेर पहिले बलिङ गर्दै दक्षिण अफ्रिकालाई ११५ रनमा रोक्यो । 

दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर मात्र ११५ रन बनायो । ओपनर रिजा हेन्डरिक्सले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । 

त्यस्तै ट्रिस्टन स्टुब्सले १८ बलमा अविजित रहँदै २७ रन बनाए । 

नेपालका लागि कुशल भुर्तेलले १९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २१ रन खर्चेर ३ विकेट लिए । 

विश्वकपमा पहिलो पटक खेल्न पाएका सन्दीप लामिछानेले १८ रन खर्चेर कुनै विकेट लिएनन् । 

भुर्तेलले डेभिड मिलरमाथि गरेको एलबीडब्ल्यू आउटको अपील भने अम्पायर कलिङले आउट दिएको थिएन । यो हारसँगै नेपालको सुपर एटको सम्भावना सकिएको छ । नेपालले अब अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । 

समूह डीबाट दक्षिण अफ्रिका यसअघिका तीन वटै खेल जितेर सुपर एटमा पुगिसकेकोछ भने नेपाल र श्रीलंका बाहिरिएका छन् । पहिलो खेलमा नेदरल्याण्डसँग हार बेहोरेको थियो भने श्रीलंकासँगको दोस्रो खेल वर्षाले रद्द भएको थियो । यो समूहबाट अब बंगलादेश र नेदरल्याण्ड्स मध्ये एक टिम पुग्नेछ । 


प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०९:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP