Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ १५, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
देश/समाज
  • गृहपृष्ठ
  • देश/समाज
  • राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयका ५२८ विद्यार्थी दिक्षित
राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयका ५२८ विद्यार्थी दिक्षित
Vianet
बागेश्वरी पोस्ट
मंगलबार, माघ १०, २०७९ बागेश्वरी पोस्ट
राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयका ५२८ विद्यार्थी दिक्षित

प्रियास्मृति ढकाल/कोहलपुर । राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कौशिलानगर बाँकेमा सि.सं. ४८ जुनियर एनसिसीका ५२८ जना विद्यार्थीहरु दिक्षित भएका छन् । राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयमा आज आयोजित दिक्षान्त कवाज कार्यक्रममा उनीहरुलाई उत्तरपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी हिरालाल जोशीले दिक्षित गरेका थिए । 

११ जिल्लाका १५ वटा विद्यालयका ५ सय २८ जना विद्यार्थीहरुलाई दिक्षित भएका हुन् । लुम्विनी प्रदेशका नवलपरासी, पूर्वी रुकुम, दाङ र बर्दिया, कर्णाली प्रदेशका रुकुम पश्चिम, हुम्ला र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशका डडेलधुरा, बैतडी, बाजुरा र कञ्चनपुरका २६५ जना छात्र र २६२ जना छात्रा सहभागी भएका थिए । राष्ट्रिय सेवा दलले आफ्नो स्थापनाकालदेखि हालसम्म ६३ हजार ३४१ जना क्याडेट छात्रछात्राहरुलाई तालिम गराइसकेको छ । 

दिक्षान्त कवाज कार्यक्रमलाई सम्वोधन गर्दै उत्तरपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी जोशीले दिक्षित विद्यार्थीहरुलाई राष्ट्रिय एकताको भावनाप्रति प्रेरित हुन सुझाव दिए । विद्यार्थीहरुलाई अनुशासित, इमान्दारिता र बफादारितामा अडिक हुन सुझाव दिँदै विकास र समाजसेवाप्रति प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए । उनले राष्ट्रिय एकता र सद्भावका लागि कहिँकतै नडगमगाउन पनि सुझाव दिए । 

आजका युवा भोलिका कर्णधार हुन भन्ने युक्तिलाई आत्मासाथ गरी अनुशासन, इमान्दारिता, बफादारिता र युवाहरुमा नेतृत्व क्षमताको विकास गर्दै राष्ट्रिय एकताको मालामा उन्ने उद्देश्यका साथ सरकारले राष्ट्रिय कार्यक्रम तर्जुमा गरी नेपाली सेनालाई यो तालिम गर्ने जिम्मेवारी राष्ट्रिय सेवा दललाई दिएको हो । 

दिक्षान्त कवाज समारोहमा कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदी, सैनिक अस्पताल नेपालगन्जका सहायक रथी नम्रता रावत, श्री ४ नं. बाहिनी अड्डा नेपालगन्जका सहायक वाहिनीपति उमेश कार्की, इपिसेन्टर नेपालगन्जका कार्यालय प्रमुख इन्द्रबहादुर शाह, अर्जुनवाण गण ओभरी बाँकेका गणपति अशोक खड्का, देविदत्त गण ठाकुरद्वारा बर्दियाका गणपति हिमालय थापा, बज्रदल गण नेपालगन्जका गणपति श्याम आत्रेय पौडेल, बाँकेका एसपी सन्तोषसिंह राठोर लगायतको उपस्थिति रहेको थियो । 

त्यसक्रममा तालिममा सर्वोत्कृष्ट क्याडेटहरुलाई उत्तरपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी जोशीले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । सोमबार साँझ शिक्षालयमा आयोजित सांस्कृतिक साँझमा क्याडेट विद्यार्थीहरुले आ-आफ्नो भुषभुषामा नृत्य प्रस्तुत गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९, १९:०७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्याङ्करले ठक्कर दिदा स्कुटर चालकको मृत्यु
ट्याङ्करले ठक्कर दिदा स्कुटर चालकको मृत्यु
रवि लामिछानेले पुनःलिए नयाँ नेपाली नागरिकता
रवि लामिछानेले पुनःलिए नयाँ नेपाली नागरिकता
पोखरामा जल्दै गरेका २ जनाको उद्दार, दुवैको अवस्था गम्भीर
पोखरामा जल्दै गरेका २ जनाको उद्दार, दुवैको अवस्था गम्भीर
नेपाली नागरिकता लिन जिल्ला प्रशासन पुगे रवि लामिछाने
नेपाली नागरिकता लिन जिल्ला प्रशासन पुगे रवि लामिछाने
Jana Swasthya Office narainapur 101
narainapur 102
निर्वाचन-२०७९
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद बागेश्वरी पोस्ट
समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभामा बाँकेबाट ९ जनाको प्रतिनिधित्व
समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभामा बाँकेबाट ९ जनाको प्रतिनिधित्व बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP