Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १८, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
देश/समाज
  • गृहपृष्ठ
  • देश/समाज
  • नेपालगञ्जको कार्यपालिका चुनावमा अन्तर्घात, जसपालाई फाइदा
नेपालगञ्जको कार्यपालिका चुनावमा अन्तर्घात, जसपालाई फाइदा
narainapur raptisonari
कांग्रेस-जसपाले ३/३ र राप्रपाले २ सदस्य जिते
बागेश्वरी पोस्ट
सोमबार, जेठ १६, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जको कार्यपालिका चुनावमा अन्तर्घात, जसपालाई फाइदा

नेपालगञ्ज । नेपालगञ्जमा कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनभित्र अन्तर्घात भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी र राप्रपाबीचको गठबन्धनमा अन्तर्घात भएको हो । स्पष्ट वहुमत हुँदा हुँदै पनि गठबन्धनका तीन जना उम्मेदवार पराजित भएका छन् । जसको फाइदा जसपाले उठाएको छ ।

Green City Pharmacy

नेपालगञ्ज उपमहानगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनका लागि आज मतदान भएको थियो । ८ जना सदस्यका लागि आज भएको निर्वाचनबाट नेपाली कांग्रेसका ३ जना, जनता समाजवादी पार्टी (जसपा) नेपालका ३ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ जना निर्वाचित भएका छन् ।

कार्यपालिका सदस्य निर्वाचनमा एकातिर कांग्रेस, माओवादी, राप्रपा र नेकपा एकीकृत समाजवादी (एस) बीच तालमेल भएको थियो भने अर्कोतिर जसपा र नेकपा एमालेबीच गठबन्धन थियो । कांग्रेस, माओवादी, राप्रपा र नेकपा एस गठबन्धनको स्पष्ट जित्ने संख्या हुँदाहुँदै पनि जसपा ३ जना सदस्य जित्न सफल भएको छ । कांग्रेसका ४२, माओवादीका ११ र राप्रपाका १४ जना गरी ६७ मतदाता थिए ।

५ जना निर्वाचित हुने महिला सदस्यहरुमा कांग्रेसबाट अमृता कुमारी सिंह, कुमारी पुष्पा सिंह र संगिता रेग्मी, जसपाकी शोभा खटिक र राप्रपाकी विना थापा विजयी भएका छन् । यस्तै ३ जना निर्वाचित हुने दलित वा अल्पसंख्यक सदस्यमा जसपाका बसन्त कनोजिया र मोहम्मद मुजम्मिल हुसैन हलवाई र राप्रपाका विक्रम चिडिमार विजयी भएका छन् । प्रतिष्पर्धीसंग बराबर मत आएपछि खटिक र चिडिमार गोला प्रथाबाट निर्वाचित भएका हुन् ।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेससंँग गठबन्धन गरेर नगर उपप्रमुख जितेको जनता समाजवादी पार्टी (जसपा) नेपालले कार्यपालिका सदस्य निर्वाचनमा नेकपा एमालेसंग तालमेल गरेको थियो । एमालेका २५ जना र जसपाका २५ जना जनप्रतिनिधि गरी ५० जना मतदाता हुन् । तर, कांग्रेस–माओवादी–राप्रपा र नेकपा एस गठबन्धनबाट जसपाका उम्मेदवारहरुले मत तानेका छन् ।

नेपालगन्जमा नगर प्रमुख र उपप्रमुख सहित २३ वटा वडाबाट ११७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । यिनै जनप्रतिनिधिहरुले कार्यपालिका सदस्य निर्वाचनमा मतदान गरेका हुन् । नेपालगञ्जको नगर कार्यपालिकाले अब पूर्णता पाएको छ । ३३ सदस्यीय कार्यपालिकामा जसपाका १०, कांग्रेसका ९, एमाले ५, माओवादी ४ र राप्रपाका ५ जना भएका छन् । नगर कार्यपालिका वोर्डमा कुनै एक्लो दल कसैको पनि स्पष्ट बहुमत पुगेको छैन । तर, कांग्रेस-माओवादी र राप्रपा मिल्दा बहुमत पुग्छ । जसपा र एमाले मिल्दा भने बहुमत पुग्दैन । 

महिला सदस्य

अमृता कुमारी सिंह (कांग्रेस)

कुमारी पुष्पा सिंह (कांग्रेस)

संगिता रेग्मी (कांग्रेस)

शोभा खटिक (जसपा)

विना थापा   (राप्रपा)

दलित/अल्पसंख्यक सदस्य

विक्रम चिडिमार  (राप्रपा)

बसन्त कनोजिया (जसपा)

मोहम्मद मुजम्मिल हुसैन हलवाई (जसपा)


प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९, १७:३०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चले दियो क्रसर उद्योगको नयाँ मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश
सर्वोच्चले दियो क्रसर उद्योगको नयाँ मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश
मोटरसाइकल र साइकल ठोक्किँदा दुई जनाको मृत्यु
मोटरसाइकल र साइकल ठोक्किँदा दुई जनाको मृत्यु
यस्तो छ तीन दिनसम्मको मौसमको अवस्था
यस्तो छ तीन दिनसम्मको मौसमको अवस्था
जंगली च्याउ खाँदा एकै गाउँका १९ जना बिरामी
जंगली च्याउ खाँदा एकै गाउँका १९ जना बिरामी
duduwa new rapti sonari_corona
निर्वाचन विशेष
मतदाता नामावली संकलन कार्य आजदेखि
मतदाता नामावली संकलन कार्य आजदेखि बागेश्वरी पोस्ट
जिल्ला समन्वय समितिको निर्वाचन आज, प्रमुखमा ज्ञानेन्द्र र उमेशको उम्मेदवारी
जिल्ला समन्वय समितिको निर्वाचन आज, प्रमुखमा ज्ञानेन्द्र र उमेशको उम्मेदवारी बागेश्वरी पोस्ट
नरैनापुरको कार्यपालिकामा कांग्रेस विजयी, कांग्रेसलाई सुविधाजनक बहुमत
नरैनापुरको कार्यपालिकामा कांग्रेस विजयी, कांग्रेसलाई सुविधाजनक बहुमत बागेश्वरी पोस्ट
बैजनाथको कार्यपालिकामा कांग्रेस विजयी
बैजनाथको कार्यपालिकामा कांग्रेस विजयी बागेश्वरी पोस्ट
जानकीको कार्यपालिका सदस्यमा कांग्रेस र माओवादी गठबन्धन विजयी
जानकीको कार्यपालिका सदस्यमा कांग्रेस र माओवादी गठबन्धन विजयी बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BaghesworiPost : Online News Portal-2022 All rights reserved.
Site by: SoftNEP