Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, जेठ २६, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
छापाबाट
बिहीबार, साउन २८, २०७८ छापाबाट
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा

नेपालगन्ज । संयुक्त राष्ट्रसङ्घीय शान्ति  मिसन  प्रारम्भिक  परीक्षाका  लागि  तयार पारिएको  प्रश्नपत्र  चोरी  घटनामा  तीन प्रहरी कर्मचारीलाई निलम्बन र ११ जनालाई विभागीय कारबाही सिफारिस गरिएको छ। नेपाल  प्रहरीका  प्रहरी  नायब  महानिरीक्षक (डीआईजी) वसन्तकुमार लामाको संयोजकत्वमा गठित नेपाल प्रहरीको संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनका  लागि  तयार  पारिएको  प्रश्नपत्र  चोरी घटनासम्बन्धी छानबिन समितिले उक्त सिफारिस गरेको हो।

समितिले  करिब  एक  हप्ता  लगाएर  तयार पारेको   छानबिन   प्रतिवेदन   बुधबार   प्रहरी महानिरीक्षक शैलेशकुमार थापा क्षेत्रीलाई बुझाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता (वरिष्ठ प्रहरी उपरीक्षक) वसन्तबहादुर  कुँवरले  नक्सालस्थित प्रहरी प्रधान कार्यालय यूएन शाखा प्रमुखको दराज खोली  प्रश्नपत्र  चोरी  गर्ने  र  चोरी  गर्न  सहयोग पु¥याउनेलाई   छानबिन   प्रतिवेदनले   कारबाही सिफारिस गरेको बताए ।

यूएन शाखाले साउन १५ र १६ गते शान्ति मिसन  प्रारम्भिक  परीक्षाको  मिति  तोकेको  थियो तर प्रश्नपत्र तीन दिनअघि चोरी भएको समितिले जनाएको  छ।  चोरीमा  यूएन  शाखाले  बनाएको परीक्षा  सञ्चालन  समितिका  सदस्यकै  संलग्नता देखिएको छ। यसमा प्रहरी नायब निरीक्षक (सई) जनकबहादुर थापाकै संलग्नता भेटिएको छ। छानबिन समितिले सई थापा, यूएन शाखामा कार्यरत  परिचर  सुरेश  बम  र  हवल्दार  कुमार शाहलाई   मुख्य   दोषी   देखाउँदै   निलम्बनको सिफारिस  गरेको  छ।

सई  थापाको  सल्लाह, हवल्दार शाहको सहयोगमा परिचर बमले प्रश्नपत्र चोरी गरेका थिए। त्यस्तै  सई  थापाबाट  प्रश्नपत्र  बुझ्ने सई केशव कार्की र असई अशोक कार्कीलाई पनि विभागीय  कारबाहीको  सिफारिस  गरिएको  छ। प्रश्नपत्र  यूएन  शाखा प्रमुख प्रहरी  उपरीक्षक (एसपी) अनुपमशमशेर राणाले आफ्नो कार्यकक्षको  दराजको  घर्रामा  गोप्य  रूपमा राखेका थिए । एसपी राणा  साँझ  घर  गएको  मौका  पारी परिचर  बमले  अर्कै  चाबी  प्रयोग  गरी  प्रश्नपत्र निकालेर   फोटो   खिची   हवल्दार शाहको भाइबरमा  पठाएको  पाइएको  छ।

यूएन शान्ति मिसन  प्रारम्भिक  परीक्षा  पुनः  सञ्चालन  गर्न सुझाव दिइएको छ। प्रश्नपत्र   चोर्न   उक्साएको   अभियोगमा प्रहरी नायब  उपरीक्षक  (डीएसपी) द्वय रूपेश खड्का र सुगन्ध श्रेष्ठ, प्रहरी निरीक्षक दिलीप क्षेत्री,  प्रहरी  नायब  निरीक्षक  केदार तिमल्सिना र  सुनिलकुमार भण्डारीसमेतलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ।

यसअघि  पनि  यूएन  प्रारम्भिक  परीक्षाको प्रश्नपत्र  चोरी  भएको  थियो।  प्रहरीको  यूएन शाखामा लामो समयदेखि कार्यरत तल्लो दर्जाका प्रहरी  कर्मचारीले  प्रश्नपत्र  चोरी  गरी  त्यसको फोटो  खिचेर  चिरपरिचित  सई  र  असई  तहका परीक्षार्थीलाई पठाउने गरेको पाइएको छ । गोरखापत्रमा खबर छ ।


प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८, ०८:२१:००
nepalgunj metro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
देउवा सरकारमा मन्त्री बन्न हानथाप, यी हुन् मन्त्रीमा हुनुपर्ने २५ गुणहरू
देउवा सरकारमा मन्त्री बन्न हानथाप, यी हुन् मन्त्रीमा हुनुपर्ने २५ गुणहरू
sadak division sub metro 1
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP