prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाटोमा छटपटाई रहेका गम्भीर घाइतेलाई मर्न छोडेर हुँइकिए मुख्यमन्त्री राई,अर्जुन खत्रीको मृत्यु
बाटोमा छटपटाई रहेका गम्भीर घाइतेलाई मर्न छोडेर हुँइकिए मुख्यमन्त्री राई,अर्जुन खत्रीको मृत्यु
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस ६, २०७७ बागेश्वरी पोस्ट
बाटोमा छटपटाई रहेका गम्भीर घाइतेलाई मर्न छोडेर हुँइकिए मुख्यमन्त्री राई,अर्जुन खत्रीको मृत्यु
दर्दनाक दृश्य

मोरङ। पूर्व पश्चिम राजमार्गको बेलबारी ४ बेतना सिमसार क्षेत्र नजिकै स्कुटर दुर्घटनामा परेका दुईजना सडकमै अधिक पीडामा लडिरहेका थिए। त्यसै समयमा घटनास्थल हुँदै अघिपछि सुरक्षाकर्मीको स्कटिङमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सवार थिए।

तर उनले घाइतेलाई देखेको नदेखे झै गरेर गाडीमा हुईकिए। दुर्घटनास्थलमा रहेका प्रत्यक्षदर्शी जनक पोख्रेलका अनुसार प्रहरी आउँन ढिलो भएपछि घाइतेलाई बेलबारी स्वास्थ्य चौकीसम्म पूर्याउन भन्दै राजमार्गमा गाडी रोक्ने प्रयास गरे पनि बाटोमा हिड्ने कसैको मन पलाएन्। गाडी खोज्दै गर्दा साइरन बज्यो। उनलाई एम्बुलेन्स आयो भन्ने लाग्यो। फर्केर हेर्दा प्रहरीको गाडी थियो।

प्रहरीको भ्यान पछाडी भिआइपी सवार गाडी र पछुवा गाडीको रुपमा सशस्त्र प्रहरीको भ्यान थियो। उनलाई लाग्यो अब अस्पताल पठाउन सकिन्छ। बाटोमा जनकले रोक्ने प्रयास गरे। तर दुर्घटनाको दृष्य परैबाट देखेर साइरन बजाउँदै आएको सवारी रोकिएन्। रोक्ने प्रयास गर्दा भिआइपिको सवारीमा बस्नेको मन पलाएन्। ‘चाडो अस्पताल पूर्याउन सकिन्छ की भनेर कोशिष गरे।

तर साइरनवाला गाडीले सुन्दै सुनेन्।’ जनकले भने ‘पछि थाहा पाए मुख्यमन्त्रीको सवारी रहेछ। दुःख लाग्यो।’ मुख्यमन्त्रीको सवारी भएको करिब १० मिनेटपछि मात्र प्रहरी आएर उद्दार गरेको उनले बताए । ‘जनताको प्रतिनिधीले नदेखे झै गरी हिड्दा चित्त बुझेन्।’ पोख्रेलले भने ‘उहाँले उद्दार नगरेपनि अगुवा पछुवालाई भनेको भए समयमा नै अस्पताल पुर्याउन सकिन्थ्यो ।’

यो घटना सोमबार दिउँसो करिब ४ बेजेको हो । मुख्यमन्त्री शेरधन राई झापाको कार्यक्रमबाट फर्कदै गर्दा उनलाई इलाका प्रहरी कार्यालय पथरीको गाडीले स्कटिङ गरेर ल्याएको थियो । ‘म पुग्न भन्दा करिब पाँच मिनेट अगाडी दुर्घटना भएको रहेछ ।’ जनक भन्छन् ‘ म पुगेको पाँच मिनेपछि मुख्यमन्त्रीको सवारी थियो ।, करिब १५ मिनेपछि मात्रै उद्दार भयो ।’

दुर्घटनामा बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गका ४३ वर्षीय अर्जुन खत्री र उनका छिमेकी ६३ वर्षीय दुर्गा भण्डारी घाइते भएका थिए । ढिलो गरी अस्पताल पुगेका अर्जुनको मृत्यु भएको छ । भण्डारीको विराटनगरमा उपचार भइरहेको छ । प्रहरीको प्रोटोकलमा भिआइपीको स्कटिङमा हिड्दा सवारी रोक्न मिल्दैन् ।

दुर्घटना हुँदा प्रहरीले गाडी रोक्न मिलेन् । तर मुख्यमन्त्रीको पनि मन नपग्लिएको उनले बताए । यता इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकाल मुख्यमन्त्रीको सवारी हुनुअघि नै प्रहरी घटनास्थल पुगिसकेको बताउँछन् । तर प्रत्यक्षदर्शी भने मुख्यमन्त्रीको सवारीको करिब १० मिनेटपछि मात्र प्रहरी आएको बताउँछन् । ‘मुख्यमन्त्रीको सवारी हुन अघि नै प्रहरी टोली घटना स्थलमा पुगेको थियो ।’ ढकाल भन्छन् ‘ त्यसपछि उद्दार गरियो।हाम्राकुराबाट साभार ।


प्रकाशित मिति: सोमबार, पुस ६, २०७७  २१:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
असोज ३ गते संविधान दिवस मनाइँदै
असोज ३ गते संविधान दिवस मनाइँदै
पश्चिम नेपालमा भूकम्पको धक्का
पश्चिम नेपालमा भूकम्पको धक्का
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP