नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, मंसिर १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सबै क्षेत्र जिम्मेवार र जवाफदेही भए मात्रै प्रेस स्वतन्त्रता र सुशासन बलियो हुन्छः डिआइजी खत्री
सबै क्षेत्र जिम्मेवार र जवाफदेही भए मात्रै प्रेस स्वतन्त्रता र सुशासन बलियो हुन्छः डिआइजी खत्री
बागेश्वरी पोस्ट
आइतबार, मंसिर १३, २०८३ बागेश्वरी पोस्ट
सबै क्षेत्र जिम्मेवार र जवाफदेही भए मात्रै प्रेस स्वतन्त्रता र सुशासन बलियो हुन्छः डिआइजी खत्री

देउखुरी । नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) भुपेन्द्रबहादुर खत्रीले समाजका सबै क्षेत्र जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताएका छन् । उनले पत्रकारिता क्षेत्रले पनि आफ्नो आचारसंहिता पालना गर्दै जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै सञ्चारमाध्यमसँग सम्बन्धित कुनै समस्या वा विषय उठेमा कानुन कार्यान्वयन गर्ने निकायका रूपमा आवश्यक समन्वय र सहजीकरण गर्न प्रहरी प्रतिबद्ध रहेको बताएका छन् ।

फ्रि मिडिया नेटवर्कद्वारा लुम्बिनी प्रदेशभरका सरकारी कार्यालयका प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा व्यावसायिक संघसंस्थाका अगुवाहरूसँग सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताका विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै डिआइजी खत्रीले यस्तो बताएका हुन् । आइतबार अर्घाखाँचीको सितगंगा नगरपालिका–८ सातमारामा सम्पन्न कार्यक्रममा उनले सबै क्षेत्रले आफ्नो जिम्मेवारी र जवाफदेहिता बोध गरेर काम गर्न सके त्यसले समग्र समाजलाई सहज बनाउने धारणा राखे ।

उनले लोकतान्त्रिक व्यवस्थामा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउँदै पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र विश्वसनीय बनाउन पत्रकार स्वयं पनि सचेत हुनुपर्नेमा जोड दिए । पत्रकारले समाचार सम्प्रेषण गर्दा आफ्नो व्यावसायिक आचारसंहिता र पत्रकारिताका स्थापित मूल्य तथा मान्यतालाई आत्मसात् गर्नुपर्ने उनको भनाइ थियो । ‘सबै क्षेत्र आफ्नो जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ । यसले सबैलाई सहज बनाउँछ,’ उनले भने, ‘पत्रकारहरूले पनि आफ्नो आचारसंहिता पालना गरेर अगाडि बढ्नुपर्छ । कुनै पनि विषयमा समस्या आएमा कानुन कार्यान्वयन गर्ने निकायका रूपमा आवश्यक समन्वय गर्न हामी प्रतिबद्ध छौँ ।’

डिआइजी खत्रीले सञ्चारमाध्यम र सुरक्षा निकायबीच आपसी विश्वास, समझदारी र समन्वय आवश्यक रहेको संकेत गर्दै कानुनी प्रक्रिया र व्यावसायिक मर्यादाभित्र रहेर सबै पक्षले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे । सञ्चारमाध्यमले उठाएका विषयलाई सम्बन्धित निकायले गम्भीरतापूर्वक लिनुपर्ने र समस्या समाधानका लागि संवाद तथा सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिइएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयका उपसचिव सुरेशचन्द्र आचार्यले नेपाल पत्रकार महासंघको अगुवाइमा निर्माण भएको फ्रि मिडिया नेटवर्कको संरचनाले प्रदेशमा सकारात्मक सन्देश प्रवाह गरेको बताए । उनले सञ्चारमाध्यमसँग सम्बन्धित विषय र कार्यक्रमहरू कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै प्रेस स्वतन्त्रताको संरक्षण तथा पत्रकारिताको विकासका लागि सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताए ।

उनले पत्रकारिता क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन सरकारी निकाय, सञ्चार क्षेत्र तथा अन्य सरोकारवालाबीच सहकार्यको वातावरण बन्नुपर्ने धारणा राखे । प्रदेश सरकारले मिडियासम्बन्धी विषयलाई प्राथमिकताका साथ अघि बढाएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक समन्वय र सहकार्य जारी रहने उनको भनाइ थियो । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका प्रमुख सन्तोष आचार्यले प्रदेश तहमा यस्ता संरचना निर्माण हुनु सकारात्मक भएको बताए । उनले यस्ता संयन्त्रले विभिन्न क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याएर साझा सवालमा छलफल गर्न र आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न सहज बनाउने धारणा राखे ।

उनका अनुसार प्रेस स्वतन्त्रता लोकतान्त्रिक समाजको महत्वपूर्ण आधार भएकाले यसको संरक्षणका लागि राज्यका निकाय, मानव अधिकार क्षेत्र, सञ्चार क्षेत्र र नागरिक समाज सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । सञ्चारमाध्यमले नागरिकका अधिकार, सार्वजनिक सरोकार र राज्यका गतिविधिलाई जनतासमक्ष पुर्‍याउने भएकाले सञ्चारकर्मीको सुरक्षासँगै अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति हुनुपर्नेमा उनले जोड दिए ।

गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका कार्यक्रम संयोजक केशव भुसालले फ्रि मिडिया नेटवर्कसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले सञ्चारमाध्यम र गैरसरकारी संस्थाहरूको साझा उद्देश्य समाजमा सकारात्मक परिवर्तन, सुशासन र नागरिक सचेतना अभिवृद्धि गर्नु भएकाले आपसी सहकार्य आवश्यक रहेको बताए । प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज मानसिंह विकले पछिल्लो समय सञ्चारमाध्यम र पत्रकारितामाथि विभिन्न किसिमका आक्रमण तथा चुनौती बढ्दै गएको बताए । उनले प्रेस स्वतन्त्रताको संरक्षण पत्रकारको मात्रै जिम्मेवारी नभई समग्र समाज र लोकतान्त्रिक व्यवस्थासँग जोडिएको विषय भएको उल्लेख गरे ।

‘प्रेस स्वतन्त्रता पत्रकारको मात्रै विषय होइन, यो आम नागरिक र समाजको पनि सरोकारको विषय हो,’ उनले भने, ‘मिडियामाथि आक्रमण हुँदा त्यसले नागरिकको सूचना पाउने अधिकार र लोकतान्त्रिक व्यवस्थामाथि नै असर पार्छ । त्यसैले यसको संरक्षणका लागि सबै क्षेत्र एकजुट भएर सहकार्य गर्न आवश्यक छ ।’ उनले पत्रकारितामाथि हुने हस्तक्षेप, धम्की, दबाब र असुरक्षाका घटनाविरुद्ध सबै सरोकारवाला निकायले साझा धारणा बनाउनुपर्ने बताए । सञ्चारमाध्यमलाई स्वतन्त्र, निष्पक्ष र निर्भीक रूपमा काम गर्ने वातावरण निर्माण गर्न राज्यका निकाय, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र तथा सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्य, महासंघका पूर्व उपाध्यक्ष चुमा आचार्य, राप्ती चेम्बर अफ कमर्सका बालकृष्ण पोख्रेल  लगायतले पनि सञ्चारमाध्यमको वर्तमान अवस्था, पत्रकारिताले भोगिरहेका चुनौती, प्रेस स्वतन्त्रताको अवस्था तथा सञ्चार क्षेत्र र अन्य सरोकारवाला निकायबीचको सम्बन्धका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।


प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  १८:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सबै क्षेत्र जिम्मेवार र जवाफदेही भए मात्रै प्रेस स्वतन्त्रता र सुशासन बलियो हुन्छः डिआइजी खत्री
सबै क्षेत्र जिम्मेवार र जवाफदेही भए मात्रै प्रेस स्वतन्त्रता र सुशासन बलियो हुन्छः डिआइजी खत्री
सामूहिक गिरफ्तारीको चुनौती दिँदै बाँकेमा पत्रकारहरुको प्रदर्शन
सामूहिक गिरफ्तारीको चुनौती दिँदै बाँकेमा पत्रकारहरुको प्रदर्शन
न्यायको पर्खाइमै जीवन बित्न लागेको द्वन्द्वपीडितको गुनासो
न्यायको पर्खाइमै जीवन बित्न लागेको द्वन्द्वपीडितको गुनासो
‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित प्रदर्शन गरिने
‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित प्रदर्शन गरिने
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP