नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, मंसिर ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • साइनिङ अस्पतालमा १९३ नयाँ कुष्ठरोगी पहिचान
साइनिङ अस्पतालमा १९३ नयाँ कुष्ठरोगी पहिचान
बागेश्वरी पोस्ट
बुधबार, मंसिर ९, २०८३ बागेश्वरी पोस्ट
साइनिङ अस्पतालमा १९३ नयाँ कुष्ठरोगी पहिचान

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–३ स्थित कुष्ठरोगको उपचारमा समर्पित साइनिङ अस्पतालले एक वर्षमा १९ हजार भन्दा बढीलाई बहिरङ्ग (ओपीडी) सेवा प्रदान गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा १९ हजार ६०३ जनाले अस्पतालबाट ओपीडी सेवा लिएका छन् । उपचार सेवा लिएकामध्ये २ हजार ९७४ जना कुष्ठरोगका बिरामी रहेको अस्पतालका प्रमुख मंगलबहादुर थारूले जानकारी दिए ।

साइनिङ अस्पताल तथा आइएनएफ नेपाल बाँकेको सामाजिक परीक्षण तथा सल्लाहकार समितिको बुधबार नेपालगन्जमा आयोजित बैठकमा थारूले अस्पतालको सेवा तथा उपलब्धिबारे जानकारी दिएका हुन् । उनका अनुसार उक्त अवधिमा १४८ जनाले अस्पतालबाट अन्तरङ्ग (भर्ना) सेवा लिएका छन् ।

२५ शय्याको यस अस्पतालमा शनिबार बाहेक दैनिक ओपीडी सेवा सञ्चालन हुँदै आएको छ । अस्पतालले छालासम्बन्धी रोगको परीक्षण तथा उपचारसँगै कुष्ठरोगका कारण उत्पन्न हुने जटिलताको पहिचान, उपचार र व्यवस्थापन गर्दै आएको छ ।

‘हाम्रो प्रयास कुष्ठरोग निवारण गर्नु हो,’ थारूले भने, ‘अस्पतालमा ओपीडी सेवासँगै बिरामी भर्ना गरेर पनि उपचार सेवा प्रदान गर्दै आएका छौँ ।’ विभिन्न स्वास्थ्य शिविर तथा खोजपड्ताल कार्यक्रमका क्रममा १९३ जना नयाँ कुष्ठरोगी पहिचान भएको उनले जानकारी दिए । नयाँ पहिचान भएकामध्ये सबैभन्दा धेरै ८१ जना बाँकेका छन् ।

समुदाय केन्द्रित खोजपड्ताल कार्यक्रम सञ्चालन गर्दा नयाँ कुष्ठरोगी पहिचान हुने दर बढेको थारूले बताए । ‘समुदायमा जति धेरै खोजपड्तालका कार्यक्रम सञ्चालन हुन्छन्, नयाँ कुष्ठरोगी पहिचान हुने दर पनि त्यति नै बढ्छ,’ उनले भने । उनका अनुसार कुष्ठरोगको जोखिमका दृष्टिले बाँकेका सबै स्थानीय तह संवेदनशील अवस्थामा छन् ।

सरकारले सन् २०१० मा नेपाललाई कुष्ठरोग जनस्वास्थ्य समस्याका रूपमा नरहेको घोषणा गरेको थियो । तर, त्यसको १६ वर्ष बितिसक्दा पनि कुष्ठरोगी पहिचान हुने क्रम रोकिएको छैन । बाँकेमा अझै पनि उल्लेख्य सङ्ख्यामा नयाँ कुष्ठरोगी पहिचान हुनु चिन्ताजनक रहेको भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नाल बताउँछन् ।

उनका अनुसार समुदायस्तरमै पुगेर नयाँ बिरामीको खोजी गर्ने र उनीहरूलाई जतिसक्दो छिटो उपचारको पहुँचमा ल्याउन सके कुष्ठरोगको जोखिम न्यूनीकरण गर्न सकिन्छ । समयमै रोग पहिचान गरी उपचार सुरु गर्नु यसको नियन्त्रणका लागि महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

सल्लाहकार समितिको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरी, उपप्रमुख सीता कार्की, स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेल, नेपालगन्ज उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख गोविन्द पौडेल, जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर राना तथा खजुरा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रतिनिधि दीपक ढकाल लगायतले सुझाव राखेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार भेषराज वस्नेतले गरेका थिए ।

नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोगमुक्त देश बनाउने लक्ष्यसहित अभियान सञ्चालन गरिरहेको छ । यसका लागि समुदायस्तरमा रोगको खोजपड्ताल, समयमै पहिचान, उपचारको पहुँच विस्तार र जनचेतना अभिवृद्धिलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।
 


प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  १८:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
साइनिङ अस्पतालमा १९३ नयाँ कुष्ठरोगी पहिचान
साइनिङ अस्पतालमा १९३ नयाँ कुष्ठरोगी पहिचान
विश्व मधुमेह दिवसमा पत्रकारका लागि 'निःशुल्क स्वास्थ्य शिविर'
विश्व मधुमेह दिवसमा पत्रकारका लागि 'निःशुल्क स्वास्थ्य शिविर'
भेरी अस्पतालमा फोक्सो, क्रिटिकल केयर र निद्रा रोगको विशेषज्ञ सेवा सुरु
भेरी अस्पतालमा फोक्सो, क्रिटिकल केयर र निद्रा रोगको विशेषज्ञ सेवा सुरु
स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेशः बार्षिकोत्सव, स्वास्थ्यपेज विशेषांक विमोचन र अग्रज सम्मान सम्पन्न
स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेशः बार्षिकोत्सव, स्वास्थ्यपेज विशेषांक विमोचन र अग्रज सम्मान सम्पन्न
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP