नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, मंसिर ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित प्रदर्शन गरिने
‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित प्रदर्शन गरिने
बागेश्वरी पोस्ट
सोमबार, मंसिर ७, २०८३ बागेश्वरी पोस्ट
‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित प्रदर्शन गरिने

नेपालगञ्ज । मंसिर ९ गते बाँके प्रशासन कार्यालय अगाडि ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित गरिने प्रदर्शनलाई सशक्त र प्रभावकारी बनाइने भएको छ ।

नेपाल पत्रकार महासंघले उठाएका माग र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएको विरोधमा महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सोही आन्दोलन अन्तर्गत महासंघ बाँके शाखाको आयोजनामा सोमबार शाखाका पूर्व अध्यक्ष तथा सञ्चारसम्बद्ध संघसंगठनका अध्यक्ष एवम् प्रतिनिधिहरूसँग आन्दोलनलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको छ । छलफलमा आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्‍याउन सबै एकजुट र प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिइएको छ ।

May be an image of one or more people and text

शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संकुचन कुनै पनि हालतमा स्वीकार्य नहुने बताउँदै सशक्त आन्दोलनको विकल्प नभएको स्पष्ट पारे । सो अवसरमा स्थानीय मिडियाको विकास र प्रवर्द्धनका लागि पनि सामूहिक पहल आवश्यक रहेको औंल्याइएको थियो । साथै, लोककल्याणकारी विज्ञापनको रकममा गरिएको भारी कटौतीले स्थानीय सञ्चारमाध्यमहरू गम्भीर संकटमा पर्ने अवस्था आएको भन्दै सहभागीहरूले चिन्ता व्यक्त गरेका थिए ।

छलफल कार्यक्रममा शाखाका पूर्व अध्यक्षद्वय निरज गौतम र झलक गैरे, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्य मोहम्मद आरिफ अन्सारी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष कमल खत्री, प्रेस चौतारी बाँकेका सचिव देवेन्द्रराज पौडेल, क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरी, पूर्व अध्यक्ष अछरी पोखरेल, सचिव निशु जोशी लगायतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सबै पत्रकारहरू एकढिक्का भएर आन्दोलनमा उत्रिनुपर्ने धारणा राखेका थिए । शाखा सचिव कृष्ण ओलीले सहजीकरण गरेको उक्त छलफल कार्यक्रममा शाखा सहसचिव भगतराम थारु, सदस्य सलामत अलि शेष, साधारण सदस्य सोम गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

शाखा अध्यक्ष गिरीका अनुसार मंसिर ९ गते बुधबार विहान ११.३० बजे जिल्ला प्रशासन कार्यायल बाँकेको गेट अगाडि ब्यानरसहित भेला भई विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।

May be an image of one or more people, people studying and textMay be an image of one or more people, people studying and text


प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  १८:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित प्रदर्शन गरिने
‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित प्रदर्शन गरिने
प्रेस युनियन बाँकेद्वारा लेखनवृत्ति पुरस्कार वितरण
प्रेस युनियन बाँकेद्वारा लेखनवृत्ति पुरस्कार वितरण
व्यवसायमा मानव अधिकारको सम्मान र कार्यान्वयनमा जोड
व्यवसायमा मानव अधिकारको सम्मान र कार्यान्वयनमा जोड
आई.एन.एफ. ले मनायो ७४औं स्थापना दिवस
आई.एन.एफ. ले मनायो ७४औं स्थापना दिवस
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP