नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, मंसिर १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगञ्ज–दिल्ली उडान र सुख्खा बन्दरगाहका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नेपालगञ्ज–दिल्ली उडान र सुख्खा बन्दरगाहका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर १, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्ज–दिल्ली उडान र सुख्खा बन्दरगाहका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपालगञ्ज । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सञ्चालन र नेपालगञ्जमा सुख्खा बन्दरगाह निर्माणको विषयलाई प्राथमिकताका साथ एजेण्डामा समावेश गर्न माग गरिएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघको अगुवाइमा मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाइएको हो ।

यसअघि नेपालगञ्ज उद्योग वाणिज्य संघको अगुवाइमा सोमबार नेपालगञ्जमा आयोजित सर्वदलीय तथा सर्वपक्षीय बैठकले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यी दुई विषयलाई प्राथमिकताका साथ उठाउन आग्रह गर्दै ज्ञापनपत्र बुझाइएको संघका अध्यक्ष चिरञ्जीवी ओलीले जानकारी दिए ।

ज्ञापनपत्रमार्फत पश्चिम नेपालको आर्थिक, पर्यटन तथा व्यापारिक विकाससँग प्रत्यक्ष जोडिएका नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान र सुख्खा बन्दरगाह निर्माणलाई प्रधानमन्त्रीको भारत भ्रमणको कार्यसूचीमा समेट्न सरकारसँग आग्रह गरिएको छ ।

नेपालगञ्जबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक कूटनीतिक पहल गर्नुपर्नेमा ज्ञापनपत्रमा जोड दिइएको छ । त्यसैगरी, नेपालगञ्जलाई पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास गर्न सुख्खा बन्दरगाह निर्माणको विषयलाई पनि भारतसँगको उच्चस्तरीय छलफलमा प्राथमिकताका साथ उठाउन माग गरिएको छ ।

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सञ्चालनको माग यसअघि पनि विभिन्न समयमा उठ्दै आएको छ । निजी क्षेत्र, उद्योगी व्यवसायी, राजनीतिक दल तथा अन्य सरोकारवालाले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आए पनि उक्त मागले अझै मूर्तरूप पाउन सकेको छैन ।

प्रधानमन्त्री शाहले मंसिर ६ गतेदेखि दुई दिने भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ । यस भ्रमणबाट नेपालगञ्जवासीले लामो समयदेखि उठाउँदै आएका हवाई उडान र सुख्खा बन्दरगाह निर्माणका माग सम्बोधन हुने अपेक्षा गरेका छन् ।


प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३  १८:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज–दिल्ली उडान र सुख्खा बन्दरगाहका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नेपालगञ्ज–दिल्ली उडान र सुख्खा बन्दरगाहका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
कर सप्ताह शुभारम्भमा नेपालगञ्जमा प्रभातफेरि
कर सप्ताह शुभारम्भमा नेपालगञ्जमा प्रभातफेरि
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली हवाई उडान र सुख्खा बन्दरगाहको एजेण्डा समेट्न माग
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली हवाई उडान र सुख्खा बन्दरगाहको एजेण्डा समेट्न माग
होटल व्यवसायी संघ बाँकेको शुभकामना आदानप्रदान
होटल व्यवसायी संघ बाँकेको शुभकामना आदानप्रदान
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP