नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, कात्तिक ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • नेपालगञ्जमा धुमधाम छठ, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
नेपालगञ्जमा धुमधाम छठ, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक २९, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्जमा धुमधाम छठ, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो

नेपालगञ्ज । नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरस्थित तलाउमा आज साँझ ठूलो संख्यामा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाएका छन् ।

सूर्यको उपासना र आराधना गर्दै मनाइने आस्थाको महापर्व छठका लागि बागेश्वरी मन्दिर परिसरको तलाउलाई यस वर्ष पनि आकर्षक रूपमा सजाएर ‘छठी घाट’ बनाइएको छ । छठ पर्व मनाउनेको संख्या वर्षेनी बढ्दै जाँदा नेपालगञ्जमा यसको रौनक र उल्लास समेत बढ्दै गएको छ । पछिल्ला केही वर्षयता बागेश्वरी मन्दिर परिसरस्थित तलाउमा छठ मनाउने भक्तजनको उल्लेख्य भीड लाग्ने गरेको छ ।

छठ पर्वका अवसरमा तलाउ क्षेत्रमा आकर्षक टेन्ट तथा विद्युत् बत्तीको सजावट, बाजागाजाको व्यवस्था, सांस्कृतिक भजन प्रस्तुतिका लागि मञ्च निर्माण र घाटको सरसफाइ गरिएको छ । साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुहरूले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिवत् रूपमा समापन गर्नेछन् ।

पहिले विशेषगरी पूर्वी तराईमा धुमधामका साथ मनाइने छठ पर्व पछिल्लो समय पश्चिम नेपालमा समेत उत्तिकै उत्साह र श्रद्धाका साथ मनाउन थालिएको छ । धार्मिक आस्था, पवित्रता र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको यस पर्वको आकर्षण नेपालगञ्जमा पनि वर्षेनी बढ्दै गएको छ ।

चार दिनसम्म विभिन्न विधि र परम्परा अनुसार मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले नुहाएर चोखो भई अरबा अरबाइन (शुद्ध सात्त्विक भोजन) ग्रहण गर्छन् । दोस्रो दिन खरना विधिअन्तर्गत प्रसादका रूपमा खिर ग्रहण गरिन्छ । तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको समापन हुन्छ ।


प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३  १८:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा धुमधाम छठ, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
नेपालगञ्जमा धुमधाम छठ, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
तिहारको चौथो दिन आज गाईको पूजा गरी मनाइँदै
तिहारको चौथो दिन आज गाईको पूजा गरी मनाइँदै
भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११.०७ बजे
भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११.०७ बजे
बागेश्वरी मन्दिरमा फूलपाती भित्र्याइयो
बागेश्वरी मन्दिरमा फूलपाती भित्र्याइयो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP