नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, कात्तिक २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसलाई डिजिटल प्रविधिसँग जोड्न नसके पार्टी कमजोर हुन्छः तिमिल्सिना
कांग्रेसलाई डिजिटल प्रविधिसँग जोड्न नसके पार्टी कमजोर हुन्छः तिमिल्सिना
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक २७, २०८३ बागेश्वरी पोस्ट
कांग्रेसलाई डिजिटल प्रविधिसँग जोड्न नसके पार्टी कमजोर हुन्छः तिमिल्सिना

नेपालगन्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले बदलिँदो समय र प्रविधिको विकाससँगै पार्टीका गतिविधिलाई डिजिटल प्रविधिसँग जोड्न नसके संगठन कमजोर हुने बताएका छन् । 

नेपाली कांग्रेस कोहलपुर नगर कार्यसमितिले शुक्रबार कोहलपुरमा आयोजना गरेको डिजिटल प्रतिनिधित्व सम्बन्धी परामर्श कार्यक्रममा बोल्दै उनले पार्टी संगठनलाई प्रविधिमैत्री बनाउनु अहिलेको आवश्यकता भएको बताए ।

पार्टीका गतिविधि, संगठनात्मक संरचना तथा चुनावी अभियानलाई डिजिटल माध्यमसँग जोड्न सके मात्रै बदलिँदो राजनीतिक परिवेशमा प्रभावकारी रूपमा अघि बढ्न सकिने उनको भनाइ थियो । 

केन्द्रीय समितिले कांग्रेसलाई प्रविधिमैत्री संगठनका रूपमा विकास गर्ने निर्णय गरेअनुसार आफू परामर्शका लागि बाँके आएको उनले जानकारी दिए । पार्टीका तल्लो तहसम्म डिजिटल प्रविधिको प्रयोग र त्यसको प्रभावबारे जानकारी पुर्‍याउन आवश्यक रहेको उल्लेख गर्दै उनले प्रविधिको सही सदुपयोग गर्न कार्यकर्ताहरूलाई आग्रह गरे । 

उनले पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा समेत डिजिटल प्रविधिको प्रयोगले चुनावी परिणाममा प्रभाव पारेको दाबी गरे । सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र अल्गोरिदमको प्रयोगमार्फत मतदाताको धारणा प्रभावित पार्ने काम भएको उनको भनाइ थियो ।

प्रविधिको प्रयोगलाई केवल प्रचारप्रसारमा मात्र सीमित नराखी यसको प्रभाव, सम्भावना र चुनौतीबारे पनि कार्यकर्तालाई प्रशिक्षित गर्नुपर्ने उनले बताए । कार्यक्रममा कांग्रेस बाँकेका सभापति नारयणप्रसाद गौडेलले पार्टीलाई डिजिटल प्रविधिसँग जोड्नु अपरिहार्य भइसकेको बताए  । प्रविधिको दुरुपयोग गरेर कांग्रेसलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै उनले त्यसप्रति सचेत रहन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

पार्टीका हरेक गतिविधि सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्न र सकारात्मक सन्देश प्रवाह गर्न पनि उनले सुझाव दिए । आगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीका गतिविधिलाई कसरी प्रविधिमैत्री बनाउन सकिन्छ भन्ने विषयमा छलफल र परामर्श गर्न कार्यक्रम आयोजना गरिएको गौडेलले बताए । निर्वाचनका बेला मात्रै नभई नियमित रूपमा पनि डिजिटल माध्यमको प्रभावकारी उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

कांग्रेस बाँके क्षेत्र नं. १ का क्षेत्रीय सभापति पूर्णप्रसाद आचार्यले डिजिटल प्रविधिको प्रयोगले पार्टीका गतिविधिलाई थप चलायमान र प्रभावकारी बनाउन सकिने बताए । प्रविधिको सही प्रयोग गर्न सबै तहका नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्ने उल्लेख गर्दै उनले युवालाई पार्टीसँग जोड्ने अभियानका रूपमा पनि डिजिटल प्रविधिको प्रयोगलाई अघि बढाउनुपर्ने धारणा राखे ।

नगर सभापति वीरेन्द्रकुमार शाहको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेश सदस्य अञ्जना पाण्डे, कांग्रेस बाँकेका सचिव सञ्जु कुमारी थारु, क्षेत्र नं. १ का निवर्तमान क्षेत्रीय सभापति पोषण  केसी लगायतले सूचना तथा प्रविधिको युगमा पार्टीका गतिविधि डिजिटल माध्यमसँग जोड्नुपर्ने आवश्यकता औँल्याएका थिए । 

कार्यक्रममा लुम्बिनी प्रदेश अधिवेशन प्रतिनिधि गौरव गिरीले डिजिटल प्रविधिको उपयोगिता र पार्टी संगठनमा यसको प्रभावकारी प्रयोगका विषयमा जानकारी गराएका थिए । पार्टी उपसभापति दिपेन्द्र चौधरीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव रविन शर्माले गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  १६:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेसलाई डिजिटल प्रविधिसँग जोड्न नसके पार्टी कमजोर हुन्छः तिमिल्सिना
कांग्रेसलाई डिजिटल प्रविधिसँग जोड्न नसके पार्टी कमजोर हुन्छः तिमिल्सिना
बाँकेमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ गते
बाँकेमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ गते
बाँके कांग्रेसको सभापतिमा उठ्ने पोषण केसीको तयारी, को हुन् केसी ?
बाँके कांग्रेसको सभापतिमा उठ्ने पोषण केसीको तयारी, को हुन् केसी ?
क्षेत्रीय सभापतिमा राजकुमार हमाल निर्विरोध निर्वाचित
क्षेत्रीय सभापतिमा राजकुमार हमाल निर्विरोध निर्वाचित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP