नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, कात्तिक १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके कांग्रेसको सभापतिमा उठ्ने पोषण केसीको तयारी, को हुन् केसी ?
बाँके कांग्रेसको सभापतिमा उठ्ने पोषण केसीको तयारी, को हुन् केसी ?
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक १३, २०८३ बागेश्वरी पोस्ट
बाँके कांग्रेसको सभापतिमा उठ्ने पोषण केसीको तयारी, को हुन् केसी ?

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको सभापति पदमा उम्मेदवारी दिने तयारीमा युवा नेता पोषण केसी जुटेका छन् । पार्टीको आसन्न जिल्ला अधिवेशनलाई लक्षित गर्दै बाँके क्षेत्र नम्बर १ का निवर्तमान सभापति केसीले आफ्नो राजनीतिक तथा संगठनात्मक अनुभव, पत्रकारिता क्षेत्रको नेतृत्वदायी भूमिका र शैक्षिक योग्यतालाई अघि सार्दै सभापतिको प्रतिस्पर्धामा उत्रिने तयारी गरेका हुन् । केन्द्रीय कार्यसमितिले जिल्ला अधिवेशनको मिति तय गरेपछि पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका केसीले बाँके कांग्रेसलाई एकताबद्ध, गतिशील र संगठनात्मक रूपमा सुदृढ बनाउने एजेन्डा अघि सारेका छन् ।

२०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनर्स्थापनासँगै नेपाल विद्यार्थी संघको विद्यालयस्तरीय कमिटीबाट विद्यार्थी राजनीति सुरु गरेका ५० बर्षीय केसीको राजनीतिक यात्रा निरन्तर संघर्ष र संगठनप्रतिको प्रतिबद्धतासँग जोडिएको छ । केसी २०५० सालमा नेविसंघ बाँके जिल्ला कमिटीको सदस्य बनेका थिए । अध्ययन, राजनीतिसँगै उनले पत्रकारितालाई पनि अगाडि बढाउने अवसर प्राप्त गरे । २०४८ सालमै उनी पत्रकारितामा होम्मिएका थिए । रेडियो नेपालको चर्चित कार्यक्रम घटना र विचारबाट पत्रकारिता प्रारम्भ गरेका केसी २०५२ सालमा नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद् भए ।

२०५८ सालमा उनी महासंघको केन्द्रीय सदस्य भए । २०६४ सालमा महासंघको महासचिव बनेर नेतृत्वदायी भूमिका निभाए । २०६८ सालमा भने उनी नेपाली काँग्रेसको केन्द्रीय प्रचार विभागको सदस्य बनेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरे । २०६९ र २०७१ मा पत्रकार महासंघको अध्यक्षका प्रत्यासी केसीले २०७२ सालमा न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष जस्तो गरिमामय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे । विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा पत्रकारिता हुँदै नेपाली कांग्रेसको संगठनात्मक नेतृत्वसम्म पुगेको हो । नेपाल विद्यार्थी संघको राजनीतिबाट पाइला अघि सारेका केसी दुई दशकको सक्रिय पत्रकारितालाई विट मार्दै पूर्णकालीन राजनीतिक यात्रामा होमिएका थिए । 

बाँकेको तत्कालीन खासकुश्मा गाविस, हाल राप्तीसोनारी गाउँपालिका-१ लौकीमा २०३२ सालमा जन्मिएका केसी २०७८ सालमा नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ को सभापतिमा निर्वाचित भएका थिए । उनको नेतृत्वकालमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीलाई सफलता दिलाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालिसकेका उनी अहिले जिल्ला नेतृत्वको जिम्मेवारी लिने तयारीमा छन् । केसी क्षेत्रीय सभापति हुँदा संगठनलाई चलायमान र गतिशील बनाउन निरन्तर विभिन्न गतिविधि, कार्यक्रम, प्रशिक्षणहरु सञ्चालन गरेको कांग्रेस नेताहरु बताउँछन् । नेता कार्यकर्ताका समस्यामा सधैं साथ दिन अग्रसर हुने छवि पनि केसीले बनाएका छन् । कार्यकर्ताको सुखदुःखमा अहोरात्र खटिने भएकाले केसीलाई सबैले रुचाउने गरेका छन् ।

राजनीति र पत्रकारिता दुवै क्षेत्रमा अनुभव हासिल गरेका केसी नेपाल पत्रकार महासंघको केन्द्रीय महासचिव भइसकेका छन् । महासंघको केन्द्रीय अध्यक्ष पदमा समेत प्रतिस्पर्धा गरेका उनले पत्रकारिता क्षेत्रमा लामो समय नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । रेडियो नेपालमा लामो समय समाचार शाखामा काम गरेका केसीको पत्रकारिता क्षेत्रमा पनि छुट्टै पहिचान छ । शैक्षिक योग्यताका हिसाबले केसीले एमए, बीएल, एमफिल तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् । उनी त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) का शोधार्थी समेत हुन् ।

सभापति पदको दाबेदारीसँगै केसीले अनुभव, समन्वय, संवाद र सहकार्यमा आधारित नेतृत्वको आवश्यकता औँल्याएका छन् । व्यक्ति भन्दा विचार, पद भन्दा जिम्मेवारी र गुट भन्दा संगठनलाई प्राथमिकता दिएर पार्टीलाई अघि बढाउनुपर्ने उनको धारणा छ । 'नेपाली कांग्रेस बाँकेलाई अझ एकताबद्ध, गतिशील र संगठनात्मक रूपमा सुदृढ बनाउनु अहिलेको आवश्यकता हो । व्यक्तिगत प्रतिस्पर्धा भन्दा माथि उठेर आपसी विश्वास, सहकार्य र एकताका आधारमा पार्टीलाई बलियो बनाउनुपर्छ,' केसीको भनाइ छ ।

विगतको अनुभवलाई वर्तमानको जिम्मेवारीसँग जोड्दै नयाँ पुस्तालाई समेत समेटेर अघि बढ्ने राजनीतिक संस्कार विकास गर्नुपर्नेमा जोड दिएका केसीले सबैलाई समेट्ने संगठन निर्माणलाई आफ्नो प्राथमिकता बनाएका छन् । नेपाली कांग्रेसले गाउँ, नगर र क्षेत्रीय अधिवेशन सम्पन्न गर्दै १५औँ महाधिवेशन सम्पन्न गरिसकेको छ । तर,  प्रदेश र जिल्ला अधिवेशन हुन भने बाँकी छन् । सम्भवतः मंसिरभित्रै जिल्ला अधिवेशन हुने अपेक्षासंगै बाँके कांग्रेसमा नेतृत्वका आकांक्षीहरू सक्रिय हुन थालेका छन् ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  २०:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके कांग्रेसको सभापतिमा उठ्ने पोषण केसीको तयारी, को हुन् केसी ?
बाँके कांग्रेसको सभापतिमा उठ्ने पोषण केसीको तयारी, को हुन् केसी ?
क्षेत्रीय सभापतिमा राजकुमार हमाल निर्विरोध निर्वाचित
क्षेत्रीय सभापतिमा राजकुमार हमाल निर्विरोध निर्वाचित
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
बाँकेबाट १५औं महाधिवेशनमा १२६ मतदाता, क्षेत्र नम्बर १ बाट सबैभन्दा बढी ४७ जना
बाँकेबाट १५औं महाधिवेशनमा १२६ मतदाता, क्षेत्र नम्बर १ बाट सबैभन्दा बढी ४७ जना
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP