नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगञ्जमा कात्तिक १४ देखि तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै
नेपालगञ्जमा कात्तिक १४ देखि तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक ९, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्जमा कात्तिक १४ देखि तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा तेस्रो नेपालगञ्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । नेपालगञ्ज स्वीमिङ क्लबको आयोजनामा यही कात्तिक १४ र १५ गते नेपालगञ्ज रंगशालामा प्रतियोगिता हुन लागेको हो ।

नेपाल स्वीमिङ एसोसिएसनसँगको सहकार्यमा आयोजना हुने प्रतियोगितामा भारतको लखनउ, दिल्ली र पञ्जाबबाट समेत खेलाडी सहभागी हुने क्लबले जनाएको छ । प्रतियोगितामा भारतबाट करिब ५० जना र नेपालगञ्जसहित देशका विभिन्न स्थानबाट करिब १५० जना गरी झन्डै २०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

क्लबले स्थापनाकालदेखि नै नियमित रूपमा राष्ट्रियस्तरका स्वीमिङ प्रतियोगिता आयोजना गर्दै आएको छ । पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएपछि तेस्रो संस्करणका रूपमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष केशव न्यौपानेले जानकारी दिए ।

प्रतियोगितामा ८ वर्षमुनिदेखि १७ वर्षसम्मका विभिन्न उमेर समूहका खेलाडी तथा १७ वर्ष भन्दा माथिका खुला समूहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।खेलाडीहरूले फ्रिस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक, बटरफ्लाई, रिले र व्यक्तिगत मेडले विधामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विभिन्न विधाका ८० वटा इभेन्ट सञ्चालन गरिने क्लबका उपाध्यक्ष एवम् इभेन्ट म्यानेजर सूर्यमणि अधिकारीले जानकारी दिए ।

नेपालगञ्जका खेलाडीलाई प्रतियोगिताका लागि तयार पार्न स्वीमिङ प्रशिक्षकद्वय चन्दुमान चौधरी र दीपक परियारले होटल सिद्धार्थको स्वीमिङ पुलमा नियमित प्रशिक्षण दिँदै आएका छन् । प्रतियोगिता सफल बनाउन लुम्बिनी प्रदेश खेलकुद परिषद्, नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसैगरी, नेपालगञ्ज उपमहानगरपालिकाका वडा नं. ६, १२ र १८ तथा जानकी गाउँपालिका वडा नं ३ लगायतका निकायबाट पनि सहयोग हुने क्लबले जनाएको छ ।

प्रतियोगितामा सहभागी खेलाडीलाई आयोजकले नेपालगञ्जका स्वीमिङ्ग पुल भएका चारतारे स्तरका होटलमा निःशुल्क बसोबास तथा खानाको व्यवस्था गर्ने जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताले नेपालगञ्जमा पौडी खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा खेल पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ । क्लबका अध्यक्ष न्यौपानेको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी, खेलाडीको सहभागिता, व्यवस्थापन तथा सहयोगी संस्थाहरूबारे जानकारी गराइएको थियो ।


प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३  १८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा कात्तिक १४ देखि तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै
नेपालगञ्जमा कात्तिक १४ देखि तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै
एनपीएलको तेस्रो संस्करण आजदेखि, लुम्बिनी र सुदूरपश्चिम रोयल्स भिड्दै
एनपीएलको तेस्रो संस्करण आजदेखि, लुम्बिनी र सुदूरपश्चिम रोयल्स भिड्दै
जय किसान फाइनलमा
जय किसान फाइनलमा
बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिताः सेमिफाइनल समीकरण पूरा
बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिताः सेमिफाइनल समीकरण पूरा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP