नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेमा मनाइयो ७१औं प्रहरी दिवस, उत्कृष्ट प्रहरीसहित विभिन्न व्यक्तित्व सम्मानित
बाँकेमा मनाइयो ७१औं प्रहरी दिवस, उत्कृष्ट प्रहरीसहित विभिन्न व्यक्तित्व सम्मानित
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असोज ३०, २०८३ बागेश्वरी पोस्ट
बाँकेमा मनाइयो ७१औं प्रहरी दिवस, उत्कृष्ट प्रहरीसहित विभिन्न व्यक्तित्व सम्मानित

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले ‘विपद्मा सारथी, संकटमा छहारीः प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नारासहित ७१औं प्रहरी दिवस मनाएको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारी, पूर्व प्रहरी, अमर प्रहरी परिवार तथा प्रहरीलाई सहयोग गर्ने व्यक्तित्वलाई सम्मान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी तामाङले प्रहरीले आफ्ना कर्म र व्यवहारको निर्मम समीक्षा गर्दै परिवर्तित सन्दर्भ अनुसार जनअपेक्षालाई सम्बोधन गर्नुपर्ने बताए । प्रहरीले आफ्ना सोच, आचरण र व्यवहारमा आवश्यक सुधार गर्दै त्यसलाई दैनिक कार्यशैलीमा रूपान्तरण गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा पूर्व प्रहरी संगठन बाँकेको तर्फबाट शशिधर अधिकारी, हरि सुनार, अशक्त अवकाश प्राप्त प्रहरीको तर्फबाट शेरबहादुर बस्नेत तथा अमर प्रहरी परिवारको तर्फबाट एकमाया विकले मन्तव्य व्यक्त गरेका थिए । प्रहरी निरीक्षक रमेश विष्टले स्वागत मन्तव्य राख्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शुभकामना सन्देश वाचन गरेका थिए ।

दिवसका अवसरमा प्रहरी निरीक्षक सुरेश कोइराला, प्रहरी वरिष्ठ नायब निरीक्षक ओमबहादुर खड्का, प्रहरी वरिष्ठ नायब निरीक्षक प्रदीप खनाल, प्रहरी वरिष्ठ हवल्दार मिनबहादुर घर्ती मगर, प्रहरी हवल्दार उद्धवराज गुरुङ, प्रहरी सहायक हवल्दार कलिराम थारु र प्रहरी जवान जिवराज शाहीलाई सम्मान गरिएको थियो ।

त्यसैगरी, पूर्व प्रहरी सहायक निरीक्षक (सई) ८७ वर्षीय गोपाल शाहीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । खडैंचा प्रहरी चौकीका लागि जग्गा दान गर्ने लक्षु अहिरका छोरा तथा लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री विजयबहादुर यादवलाई पनि कदरपत्र प्रदान गरिएको थियो । सम्मानित सबैलाई प्रमुख अतिथि तामाङले सम्मान गरेका थिए ।

कार्यक्रममा प्रहरी सहायक हवल्दार रमेश आचार्यले कविता तथा मुक्तक वाचन गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा प्रहरी सहायक निरीक्षक चन्द्रिका खनालले सहजीकरण गरेकी थिइन् ।

कार्यक्रममा सशस्त्र प्रहरी नम्बर ३० गण बागेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक भिम बहादुर चन्द, जिल्ला अनुसन्धान प्रहरी प्रमुख हरिश विष्ट, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायत अतिथिहरुको उपस्थिति थियो ।

 

 


प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  ११:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा मनाइयो ७१औं प्रहरी दिवस, उत्कृष्ट प्रहरीसहित विभिन्न व्यक्तित्व सम्मानित
बाँकेमा मनाइयो ७१औं प्रहरी दिवस, उत्कृष्ट प्रहरीसहित विभिन्न व्यक्तित्व सम्मानित
सशस्त्र प्रहरीका ११६ जवान दीक्षित
सशस्त्र प्रहरीका ११६ जवान दीक्षित
नेपाल प्रहरीको ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, लुम्बिनीमा ७ हजार बढी प्रहरी परिचालन
नेपाल प्रहरीको ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, लुम्बिनीमा ७ हजार बढी प्रहरी परिचालन
चाडपर्वमा नागरिकको सुरक्षामा कुनै कसर बाँकी राख्दैनौँ : एसपी जिसी
चाडपर्वमा नागरिकको सुरक्षामा कुनै कसर बाँकी राख्दैनौँ : एसपी जिसी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP