नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, मंसिर ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • न्यायको पर्खाइमै जीवन बित्न लागेको द्वन्द्वपीडितको गुनासो
न्यायको पर्खाइमै जीवन बित्न लागेको द्वन्द्वपीडितको गुनासो
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर ८, २०८३ बागेश्वरी पोस्ट
न्यायको पर्खाइमै जीवन बित्न लागेको द्वन्द्वपीडितको गुनासो

नेपालगञ्ज । विस्तृत शान्ति सम्झौता भएको दुई दशक पुग्न लाग्दा पनि द्वन्द्वपीडितले न्यायको अनुभूति गर्न नपाएको गुनासो गरेका छन् । उनीहरूले वर्षौंदेखि न्यायको पर्खाइमा बस्दा जीवन नै बित्न लागेको भन्दै राज्यले आफूहरूका पीडा र समस्यालाई गम्भीरतापूर्वक लिनुपर्ने माग गरेका छन् ।

विस्तृत शान्ति सम्झौताको बीस वर्ष, संक्रमणकालीन न्यायको अवस्था र पीडितको अपेक्षाका विषयमा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय र एड्भोकेसी फोरम नेपालको संयुक्त आयोजनामा नेपालगञ्जमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा द्वन्द्वपीडितहरूले विगतका पीडादायी अनुभव सुनाउँदै न्याय प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

May be an image of one or more people and text

कार्यक्रममा द्वन्द्वपीडित विन्दा खरेल पाण्डे, अशोक सोडारी, युवराज गिरी, लालबहादुर ओली, अलिबहादुर कार्की, कौशिला कार्की र कमला कुँवरले द्वन्द्वकालमा भोग्नुपरेका पीडा, त्यसले आफ्नो परिवार र व्यक्तिगत जीवनमा पारेको प्रभाव तथा न्याय प्राप्तिका लागि वर्षौंदेखि गर्नुपरेको संघर्षबारे अनुभव सुनाए ।

उनीहरूले द्वन्द्वका क्रममा भोगेका यातना र क्षतिको पीडा अझै कम हुन नसकेको बताउँदै न्याय पाउने आशामा लामो समय बितिसक्दा पनि राज्यबाट अपेक्षित सम्बोधन हुन नसकेको गुनासो गरे । द्वन्द्वपीडितका समस्या केवल क्षतिपूर्तिमा सीमित नरहेको उल्लेख गर्दै उनीहरूले सम्मानजनक पुनःस्थापना, नियमित औषधोपचार, जीविकोपार्जनको व्यवस्था र न्यायिक निरुपणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

पीडितहरूले संक्रमणकालीन न्याय प्रक्रियालाई अनावश्यक रूपमा लम्ब्याइरहँदा पीडित र तिनका परिवार थप मानसिक, सामाजिक तथा आर्थिक समस्यामा परेको बताउँदै अब आश्वासन भन्दा परिणाममुखी काम आवश्यक रहेको धारणा राखे ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख द्वारिका अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एड्भोकेसी फोरमका संयोजक बसन्त गौतमले विषय प्रवेश गराउँदै संक्रमणकालीन न्यायको पछिल्लो अवस्था, विद्यमान चुनौती र पीडितका अपेक्षाबारे जानकारी गराएका थिए ।

उनले विस्तृत शान्ति सम्झौताले परिकल्पना गरेको शान्ति प्रक्रियालाई पूर्णता दिन संक्रमणकालीन न्यायको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै पीडितको सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित गर्नुपर्ने विषयमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगञ्ज उच्च अदालत बारका अध्यक्ष पवनकुमार गुप्ता, जिल्ला बार अध्यक्ष पुनम श्रेष्ठ तथा अधिकारकर्मी विश्वजित तिवारी, सुरेश गौतम, प्रभातकुमार ठकुरी लगायतले संक्रमणकालीन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनुको विकल्प नरहेको बताए ।

उनीहरूले विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न राज्य गम्भीर र जिम्मेवार बन्नुपर्ने धारणा राखे । पीडितलाई न्यायको अनुभूति गराउन सत्य निरुपण, दोषीलाई जवाफदेही बनाउने प्रक्रिया, परिपूरण र पुनःस्थापनाका कामलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने उनीहरूको भनाइ थियो ।

शान्ति सम्झौताको लामो समय बितिसक्दा पनि पीडितले न्यायका लागि संघर्ष गरिरहनुपर्ने अवस्था रहनु गम्भीर विषय भएको उल्लेख गर्दै सहभागीहरूले संक्रमणकालीन न्यायलाई राजनीतिक स्वार्थ र प्रक्रियागत ढिलाइबाट मुक्त गरी पीडितमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा संक्रमणकालीन न्यायको वर्तमान अवस्था, पीडितका समस्या, राज्यको दायित्व र न्याय प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन आवश्यक पहलका विषयमा छलफल गरिएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख अधिकारीले संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्‍याउँदा पीडितको अधिकार र न्यायको सुनिश्चिततालाई केन्द्रमा राख्नुपर्ने बताइन् । उनले द्वन्द्वपीडितले लामो समयदेखि न्यायको प्रतीक्षा गरिरहेको अवस्थामा उनीहरूको पीडा र अपेक्षालाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने धारणा राखे । सत्यको अन्वेषण, न्यायमा पहुँच, पीडितको परिपूरण र सम्मानजनक पुनःस्थापनाको व्यवस्था गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उनले संक्रमणकालीन न्याय प्रक्रियालाई पीडितमैत्री, विश्वसनीय र प्रभावकारी बनाउन आवश्यक रहेको बताइन् ।

May be an image of one or more people, people studying and textMay be an image of one or more people


प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  २०:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
न्यायको पर्खाइमै जीवन बित्न लागेको द्वन्द्वपीडितको गुनासो
न्यायको पर्खाइमै जीवन बित्न लागेको द्वन्द्वपीडितको गुनासो
‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित प्रदर्शन गरिने
‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित प्रदर्शन गरिने
प्रेस युनियन बाँकेद्वारा लेखनवृत्ति पुरस्कार वितरण
प्रेस युनियन बाँकेद्वारा लेखनवृत्ति पुरस्कार वितरण
व्यवसायमा मानव अधिकारको सम्मान र कार्यान्वयनमा जोड
व्यवसायमा मानव अधिकारको सम्मान र कार्यान्वयनमा जोड
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP