नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, मंसिर ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • डिजिटल माध्यमबाट जनतासँग जोडिँदै कांग्रेस, नेपालगञ्जमा डिजिटल प्रतिनिधित्वसम्बन्धी परामर्श भेला
डिजिटल माध्यमबाट जनतासँग जोडिँदै कांग्रेस, नेपालगञ्जमा डिजिटल प्रतिनिधित्वसम्बन्धी परामर्श भेला
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर ३, २०८३ बागेश्वरी पोस्ट
डिजिटल माध्यमबाट जनतासँग जोडिँदै कांग्रेस, नेपालगञ्जमा डिजिटल प्रतिनिधित्वसम्बन्धी परामर्श भेला

नेपालगञ्ज । नेपाली कांग्रेसले पार्टीका विचार, सिद्धान्त, नीति तथा कार्यक्रमलाई डिजिटल माध्यमबाट जनतामाझ पुर्‍याउने अभियान सुरु गरेको छ । केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार पार्टीलाई डिजिटल माध्यममा सक्रिय बनाउँदै जनतासँग प्रत्यक्ष जोडिने उद्देश्यले अभियान अघि बढाइएको हो । यसैक्रममा नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यसमितिको आयोजनामा बिहीबार डिजिटल प्रतिनिधित्वसम्बन्धी परामर्श भेला सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा पार्टीका नेता तथा कार्यकर्तालाई डिजिटल माध्यमको प्रभावकारी प्रयोग गर्दै पार्टीका विचार, इतिहास र गतिविधि जनतामाझ पुर्‍याउन सक्रिय हुन आग्रह गरिएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य तिमिल्सिनाले पछिल्लो समय सामाजिक सञ्जालमार्फत पार्टीविरुद्ध भ्रमपूर्ण सूचना फैलाउने प्रयास भइरहेको भन्दै त्यसको तथ्यपूर्ण खण्डन गर्नुपर्ने बताए । कांग्रेसले पहिलोपटक डिजिटल माध्यमबाट आफ्ना विचार र कार्यक्रम जनतासम्म पुर्‍याउने व्यवस्थित प्रयास थालेको उल्लेख गर्दै उनले पार्टीको इतिहास नयाँ पुस्तालाई बुझाउनुपर्नेमा जोड दिए ।

‘हामीमा कमी–कमजोरी छन्, त्यसलाई स्वीकार गर्दै सुधार गर्नुपर्छ । जनताको हितमा काम गर्दै पार्टीको वास्तविक इतिहास, विचार र योगदान नयाँ पुस्तासम्म पुर्‍याउनु आजको आवश्यकता हो,’ उनले भने ।

May be an image of dais and text

केन्द्रीय सदस्य सुधांशु कोइरालाले सामाजिक सञ्जालमार्फत युवापुस्तामा कांग्रेसले केही गरेन भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यसको तथ्य र प्रमाणसहित प्रतिवाद गर्नुपर्ने बताए । डिजिटल एल्गोरिदमको प्रयोगबाट नकारात्मक सन्देशलाई प्राथमिकता दिँदै पार्टीलाई कमजोर बनाउने प्रयास भइरहेको उनको भनाइ थियो ।

‘कांग्रेस अब नवीन सोच र योजनासहित जनतामाझ जाँदैछ । डिजिटल माध्यमबाट नेपाली समाजलाई भ्रमित पार्ने प्रयास भइरहेका छन् । यस्ता गतिविधिको प्रतिवाद गर्दै पार्टीका सकारात्मक काम र विचारलाई प्रभावकारी रूपमा स्थापित गर्नुपर्छ,’ कोइरालाले भने ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले डिजिटल प्रतिनिधित्वसम्बन्धी परामर्श भेलाले पार्टी संगठनलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । पार्टीलाई कमजोर बनाउने प्रयास र भ्रमपूर्ण प्रचारको तथ्यपूर्ण खण्डन गर्दै संगठनका गतिविधिलाई डिजिटल माध्यममा प्रभावकारी बनाउनुपर्ने उनले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि एवं नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले पार्टीभित्र फरक विचार राख्ने तथा संगठनबाट टाढिएका नेता–कार्यकर्तालाई समेत समेटेर कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए । पार्टीभित्रको आन्तरिक असमझदारीले समग्र लोकतान्त्रिक व्यवस्था र देशलाई नै कमजोर बनाउने उल्लेख गर्दै उनले आपसी संवाद, सहकार्य र एकतामा जोड दिए ।

नगर सभापति धनराज वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । सहभागी नेताहरूले डिजिटल माध्यमलाई संगठन विस्तार, पार्टीको विचार सम्प्रेषण तथा जनतासँगको सम्बन्ध सुदृढ गर्ने प्रभावकारी माध्यमका रूपमा उपयोग गर्नुपर्ने धारणा राखेका थिए ।

May be an image of one or more people


प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  २०:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डिजिटल माध्यमबाट जनतासँग जोडिँदै कांग्रेस, नेपालगञ्जमा डिजिटल प्रतिनिधित्वसम्बन्धी परामर्श भेला
डिजिटल माध्यमबाट जनतासँग जोडिँदै कांग्रेस, नेपालगञ्जमा डिजिटल प्रतिनिधित्वसम्बन्धी परामर्श भेला
राप्तीसोनारीमा कांग्रेसको ‘डिजिटल प्रतिनिधित्व सम्बन्धी परामर्श भेला’
राप्तीसोनारीमा कांग्रेसको ‘डिजिटल प्रतिनिधित्व सम्बन्धी परामर्श भेला’
कांग्रेसलाई डिजिटल प्रविधिसँग जोड्न नसके पार्टी कमजोर हुन्छः तिमिल्सिना
कांग्रेसलाई डिजिटल प्रविधिसँग जोड्न नसके पार्टी कमजोर हुन्छः तिमिल्सिना
बाँकेमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ गते
बाँकेमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ गते
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP