नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, मंसिर २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्ती सोनारीमा १० परिवारले पाए जग्गाधनी पुर्जा
राप्ती सोनारीमा १० परिवारले पाए जग्गाधनी पुर्जा
बागेश्वरी पोस्ट
बुधबार, मंसिर २, २०८३ बागेश्वरी पोस्ट
राप्ती सोनारीमा १० परिवारले पाए जग्गाधनी पुर्जा

नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकामा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी १० परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको छ । राप्ती सोनारी गाउँपालिका–४, बैजापुरका १० परिवारलाई बुधबार एक कार्यक्रमबीच जग्गाधनी प्रमाणपुर्जा प्रदान गरिएको हो ।

जिल्ला भूमि समस्या समाधान समिति बाँकेको आयोजना तथा राप्ती सोनारी गाउँपालिकाको सहयोग र सहकार्यमा वडा कार्यालय बैजापुरमा आयोजित कार्यक्रममा लामो समयदेखि जग्गाधनी प्रमाणपुर्जाको पर्खाइमा रहेका परिवारलाई जग्गाको कानुनी स्वामित्व स्थापित गर्ने प्रमाणपुर्जा वितरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला भूमि समस्या समाधान समिति बाँकेका अध्यक्ष दिल कुमार तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुरेश कुमार चौधरी र राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो ।

राप्तीसोनारी गाउँपालिका–४ का वडाध्यक्ष मिनराज खड्काका अनुसार जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्नेमा स्थानीय भीम बहादुर विष्ट र दिपा विष्ट, चेत प्रकाश दमाई र निर्मला दमाई, जंगे कामी र कलि कामी, विस्णी दमाई र मंसराम दमाई, केशरी घर्ती मगर र देविराम घर्ती मगर, दुर्गा बहादुर पुन र मनु देवी पुन, टंक बहादुर मल्ल र विष्णु देवी मल्ल, जानकी विष्ट र छविलाल विष्ट, वीर बहादुर घर्ती मगर तथा सीता कुमारी कुम्हार र पुरन कुम्हार रहेका छन् ।

कार्यक्रममा सांसद चौधरी, गाउँपालिका अध्यक्ष पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, प्रमुख जिल्ला अधिकारी तामाङ र वडाध्यक्ष खड्काले लाभग्राही परिवारलाई संयुक्त रूपमा जग्गाधनी दर्ता प्रमाणपुर्जा हस्तान्तरण गरेका थिए ।

जग्गाधनी प्रमाणपुर्जा प्राप्त भएपछि वर्षौंदेखि भूमिहीन अवस्थामा रहेका परिवारले आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् । यसले उनीहरूलाई सुरक्षित बसोबासको आधार तयार गर्नुका साथै राज्यबाट प्राप्त हुने विभिन्न सेवा तथा सुविधामा पहुँच स्थापित गर्न समेत सहयोग पुग्नेछ ।


प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  १५:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्ती सोनारीमा १० परिवारले पाए जग्गाधनी पुर्जा
राप्ती सोनारीमा १० परिवारले पाए जग्गाधनी पुर्जा
रसुवा बाढीपीडितका लागि कोहलपुर नगरपालिकाद्वारा २० लाख बढी सहयोग
रसुवा बाढीपीडितका लागि कोहलपुर नगरपालिकाद्वारा २० लाख बढी सहयोग
बी-ग्रुपको २७औं साधारणसभा तथा सामाजिक परीक्षण सम्पन्न
बी-ग्रुपको २७औं साधारणसभा तथा सामाजिक परीक्षण सम्पन्न
'बाल अधिकार संरक्षणमा सेवा प्रदायकबीच प्रभावकारी समन्वय आवश्यक'
'बाल अधिकार संरक्षणमा सेवा प्रदायकबीच प्रभावकारी समन्वय आवश्यक'
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP