नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • रसुवा बाढीपीडितका लागि कोहलपुर नगरपालिकाद्वारा २० लाख बढी सहयोग
रसुवा बाढीपीडितका लागि कोहलपुर नगरपालिकाद्वारा २० लाख बढी सहयोग
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असोज २३, २०८३ बागेश्वरी पोस्ट
रसुवा बाढीपीडितका लागि कोहलपुर नगरपालिकाद्वारा २० लाख बढी सहयोग

कोहलपुर । गत भदौ १० गते रसुवामा गएको बाढीबाट प्रभावितको राहतका लागि कोहलपुर नगरपालिकाले २० लाख ८२ हजार ३४७ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा जम्मा गरेको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीका अनुसार कर्मचारीबाट १८ लाख ९३ हजार ८५४ रुपैयाँ र जनप्रतिनिधिबाट १ लाख ८८ हजार ४९३ रुपैयाँ गरी कुल २० लाख ८२ हजार ३४७ रुपैयाँ कोषमा जम्मा गरिएको हो ।

नेपाल सरकारको विपद् राहत तथा उद्धारसम्बन्धी निर्णय अनुसार कोहलपुर नगरपालिकाका स्थायी, अस्थायी तथा करार कर्मचारीको नेपाल सरकारले तोकेको अवधिको पारिश्रमिक बराबरको रकम योगदान स्वरुप कट्टा गरी कोषमा जम्मा गरिएको गिरीले बताए । त्यस्तै, कोहलपुर नगरपालिकाको भदौ १३ गते बसेको कार्यपालिका बैठकले जनप्रतिनिधिबाट समेत राहत कोषमा सहयोग गर्ने निर्णय गरेको थियो ।

नगर प्रमुख पूर्णप्रसाद आचार्यका अनुसार वडा सदस्यबाट तीन दिन, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यबाट पाँच दिन र नगर प्रमुख तथा उपप्रमुखबाट सात दिन बराबरको पारिश्रमिक राहत कोषमा जम्मा गरिएको हो । बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले आफ्नो पारिश्रमिकबाट योगदान गरेका हुन् ।

कांग्रेस जनप्रतिनिधिबाट ३ लाख बढी सहयोग
बाँकेको कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले पार्टीको विपद् व्यवस्थापन कोषमा ३ लाख २ हजार ३४८ रुपैयाँ सहयोग गरेका छन् । गत भदौ १० गते रसुवामा गएको बाढीबाट प्रभावित नागरिकहरूको सहयोगार्थ उक्त रकम जम्मा गरिएको हो । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले बाढी प्रभावितहरुलाई राहत उपलब्ध गराउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा एकमुष्ट सहयोग गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार कोहलपुर नगरपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो पारिश्रमिकबाट रकम कट्टा गरी पार्टीको विपद् व्यवस्थापन कोषमा जम्मा गरेका हुन् । कांग्रेस कोहलपुर नगर सभापति तथा वडा अध्यक्ष वीरेन्द्रकुमार शाहले जनप्रतिनिधिहरुले उक्त रकम सहयोग गरेको जानकारी दिए ।

उनका अनुसार नगरपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले १० दिन बराबरको पारिश्रमिक विपद् व्यवस्थापन कोषमा जम्मा गरेका हुन् । बाढीबाट प्रभावित नागरिकहरुलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले जनप्रतिनिधिहरुले आफ्नो पारिश्रमिकबाट रकम छुट्याएर सहयोग गरेको शाहले बताए ।
 


प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  १९:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रसुवा बाढीपीडितका लागि कोहलपुर नगरपालिकाद्वारा २० लाख बढी सहयोग
रसुवा बाढीपीडितका लागि कोहलपुर नगरपालिकाद्वारा २० लाख बढी सहयोग
बी-ग्रुपको २७औं साधारणसभा तथा सामाजिक परीक्षण सम्पन्न
बी-ग्रुपको २७औं साधारणसभा तथा सामाजिक परीक्षण सम्पन्न
'बाल अधिकार संरक्षणमा सेवा प्रदायकबीच प्रभावकारी समन्वय आवश्यक'
'बाल अधिकार संरक्षणमा सेवा प्रदायकबीच प्रभावकारी समन्वय आवश्यक'
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP