नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, मंसिर ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • अगैयामा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु
अगैयामा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु
बागेश्वरी पोस्ट
शनिबार, मंसिर ५, २०८३ बागेश्वरी पोस्ट
अगैयामा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु

नेपालगन्ज । बाँकेकाे राप्तीसाेनारी गाउँपालिकाकाे अगैयामा `प्रथम लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दाे प्रतियाेगिता´ सुरु भएकाे छ । राप्तीसाेनारी गाउँपालिकाकाे समन्वयमा भृकुटी तेक्वान्दाे डाेजाङ, नेपालगन्जले प्रतियाेगिता आयाेजना गरेकाे हाे ।

दुई दिने प्रतियाेगिताकाे गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पाैडेलले उद्घाटन गरे । साे अवसरमा अध्यक्ष पाैडेलले खेलाडी र खेलकाे सम्मान गर्न सकेमा देश, भाषा, कला, संस्कृतिकाे विकास हुने बताए । उनले भने, ´खेलाडी गाैरव हुन् । खेलाडी पहिचानका मालिक हुन् भन्ने कुरा मैले बुझेकाे छु ।` अध्यक्ष पाैडेलले अन्य खेल जस्तै तेक्वान्दाेकाे विकासका लागि आफूले सक्दाे सहयाेग गर्ने प्रतिबद्धता गरे । 

नेपाल तेक्वान्दाे संघका केन्द्रीय सदस्य श्रीमान थापाले तेक्वान्दाेले अन्तर्राष्ट्रिय ठूला पदक जितेर देशकाे गाैरव बढाएकाे बताए । उनले तेक्वान्दाे खेलाडीले पाराओलम्पिकमा कास्य, एसियनमा स्वर्ण र साफमा एकै जनाले चार स्वर्ण जितेर इतिहास बनाएकाे स्मरण गरे । थापाले तेक्वान्दाे मनाेरन्जन र आत्म सुरक्षा मात्रै नभएर देश चिनाउने विधा भएकाे बताए ।

बाँके तेक्वान्दाे संघका अध्यक्ष प्रकाश लामिछानेले भलिबल, एथलेटिक्स जसरी पालिकाले तेक्वान्दोलाई प्राथमिकता दिन आग्रह गरे । तेक्वान्दाेका प्रशिक्षक एवं प्रतियाेगिताका संयाेजक चन्द्रप्रकाश श्रेष्ठले गाउँमा छरिएर रहेका खेलाडीकाे विकास र राप्तीसाेनारीकाे पर्यटकीय क्षेत्रकाे चिनारीका लागि प्रतियाेगिता आयाेजना गरिएकाे बताए ।

भृकुटी तेक्वान्दो डाेजाङका संयाेजक उमादेवी थापाकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा वडाध्यक्ष, तेक्वान्दो संघका विभिन्न व्यक्तित्वकाे उपस्थिति रहेकाे थियाे ।

आइतबारसम्म चल्ने प्रतियाेगितामा लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, राेल्पा, प्यूठान, रुपन्देही र कपिलबस्तुका खेलाडी सहभागी रहेका छन् ।

तेक्वान्दो खेलकाे विकास र विस्तार गर्न, प्रदेशस्तरीय खेलाडी उत्पादन गर्न, युवामा अनुशासन र आत्मविश्वास बढाउन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियाेगिताका लागि खेलाडी तयार गर्न, खेलकुदमार्फत सामाजिक एकता र भाइचारा बढाउन भृकुटी तेक्वान्दो डाेजाङले यस्ता प्रतियाेगिता आयाेजना गर्दै आएकाे छ ।


प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  २१:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अगैयामा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु
अगैयामा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको तयारी पूरा
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको तयारी पूरा
तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई
तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई
तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप सुरु, ११ स्वर्ण जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता
तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप सुरु, ११ स्वर्ण जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP