नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, मंसिर १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • कर सप्ताह शुभारम्भमा नेपालगञ्जमा प्रभातफेरि
कर सप्ताह शुभारम्भमा नेपालगञ्जमा प्रभातफेरि
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर १, २०८३ बागेश्वरी पोस्ट
कर सप्ताह शुभारम्भमा नेपालगञ्जमा प्रभातफेरि

नेपालगञ्ज । राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ को शुभारम्भका अवसरमा मंगलबार बिहान नेपालगञ्जमा प्रभातफेरि गरिएको छ । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जको आयोजनामा करसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरि गरिएको हो ।

आन्तरिक राजस्व कार्यालय परिसरबाट सुरु भएको प्रभातफेरि बीपी चोक, धम्बोझी चोक, सेतु विक चोक, न्युरोड, त्रिभुवन चोक, चारबाहिनी चोक र गणेशमान चोक हुँदै पुनः कार्यालय परिसरमा पुगेर समापन भएको थियो ।

प्रभातफेरिपछि कार्यालय प्रमुख एवं प्रमुख कर अधिकृत प्रेमप्रसाद उपाध्यायको अध्यक्षता तथा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तामाङ, नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख राजेन्द्र बस्नेत, नेपाल लेखामान बोर्डका सदस्य अब्दुल करिम खाँ, अडानका केन्द्रीय सचिव मो. जुबेर राई, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओली, आइक्यान बाँकेका अध्यक्ष प्रभञ्जन रेग्मी, अडानका अध्यक्ष भुवनप्रकाश गैह्रे तथा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वक्ताहरूले कर सप्ताहले करप्रतिको सचेतना अभिवृद्धि गर्नुका साथै कर तिर्ने संस्कृतिको विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनीहरूले करलाई राज्य सञ्चालन र विकास निर्माणको महत्वपूर्ण आधारका रूपमा आत्मसात् गर्दै प्रत्येक नागरिकलाई करप्रति जिम्मेवार र सचेत बनाउनुपर्नेमा जोड दिए । कर प्रणालीलाई पारदर्शी, न्यायपूर्ण र व्यवस्थित बनाउन राज्य तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो । कार्यक्रममा कर अधिकृत किरण डाँगीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अर्का कर अधिकृत राजेन्द्र बहादुर खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।

यस वर्ष ‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ मंसिर १ देखि ७ गतेसम्म राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइँदैछ । मंसिर १ गते हरेक वर्ष नेपालमा कर दिवस मनाइन्छ ।सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले मंसिर ७ गते उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यक्रम राखेको छ । यसका साथै रक्तदान लगायतका सचेतनामूलक तथा सामाजिक कार्यक्रम समेत आयोजना गरिने कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३  १३:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर सप्ताह शुभारम्भमा नेपालगञ्जमा प्रभातफेरि
कर सप्ताह शुभारम्भमा नेपालगञ्जमा प्रभातफेरि
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली हवाई उडान र सुख्खा बन्दरगाहको एजेण्डा समेट्न माग
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली हवाई उडान र सुख्खा बन्दरगाहको एजेण्डा समेट्न माग
होटल व्यवसायी संघ बाँकेको शुभकामना आदानप्रदान
होटल व्यवसायी संघ बाँकेको शुभकामना आदानप्रदान
सरकारसँग भएका सहमति कार्यान्वयन गर्न मिटर ब्याज र लघुवित्त पीडितको माग
सरकारसँग भएका सहमति कार्यान्वयन गर्न मिटर ब्याज र लघुवित्त पीडितको माग
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP