नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • होटल व्यवसायी संघ बाँकेको शुभकामना आदानप्रदान
होटल व्यवसायी संघ बाँकेको शुभकामना आदानप्रदान
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज २७, २०८३ बागेश्वरी पोस्ट
होटल व्यवसायी संघ बाँकेको शुभकामना आदानप्रदान

नेपालगञ्ज । होटल व्यवसायी संघ बाँकेले विजयादशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा नेपालगञ्जमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । संघका अध्यक्ष भीमलाल कँडेलको अध्यक्षता एवम् नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि, उद्योगी व्यवसायी, पर्यटन व्यवसायी, पत्रकार तथा संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, होटल व्यवसाय संघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओली, नेपालगन्ज पर्यटन परिषद् बाँकेका अध्यक्ष अध्यक्ष केशव न्यौपाने, होटल संघ नेपाल (हान) बाँकेका अध्यक्ष दिवाकर खनाल, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठ, होटल व्यवसायी संघ बाँकेका पूर्व अध्यक्षहरू रंगबहादुर खड्का र दीपेन्द्र जोशी, संघका कानुनी सल्लाहकार वसन्त गौतम तथा प्रेस सल्लाहकार झलक गैरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वक्ताहरूले नेपाली समाजमा विशेष महत्त्व राख्ने चाडपर्वले आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सहिष्णुता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । चाडपर्वले विभिन्न समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै समाजमा शान्ति, सद्भाव र सहकार्यको वातावरण निर्माण गर्ने उनीहरूको भनाइ थियो । नेपालगञ्ज धार्मिक, सांस्कृतिक तथा सामाजिक विविधताले भरिपूर्ण सहर भएकाले यहाँको मौलिक पहिचान र सामाजिक सद्भावलाई कायम राख्न सबै पक्षले साझा प्रयास गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए ।

त्यस अवसरमा होटल व्यवसायले स्थानीय अर्थतन्त्र, रोजगारी सिर्जना तथा पर्यटन प्रवर्द्धनमा पुर्‍याउँदै आएको योगदानको चर्चा गर्दै होटल व्यवसायको विकासका लागि स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो । नेपालगञ्जलाई पश्चिम नेपालको प्रमुख व्यापारिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न होटल तथा पर्यटन व्यवसायको स्तरोन्नति, गुणस्तरीय सेवा र पर्यटकमैत्री वातावरण निर्माणमा जोड दिनुपर्ने उनीहरूको भनाइ थियो ।

कार्यक्रमको अध्यक्षता गरेका होटल व्यवसायी संघ बाँकेका अध्यक्ष कँडेलले उपस्थित सबैलाई चाडपर्वको शुभकामना व्यक्त गर्दै संघले होटल व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायको प्रवर्द्धन तथा पर्यटन क्षेत्रको विकासका लागि सहकार्य गर्दै आएको बताए । कार्यक्रममा सहभागीहरूले एक अर्कालाई विजयादशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्दै आपसी एकता, सद्भाव र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । महासचिव प्रेमबहादुर शाहले सञ्चालन गरेको कार्यक्रममा सचिव थुमबहादुर क्षेत्रीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । 


प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  २१:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
होटल व्यवसायी संघ बाँकेको शुभकामना आदानप्रदान
होटल व्यवसायी संघ बाँकेको शुभकामना आदानप्रदान
सरकारसँग भएका सहमति कार्यान्वयन गर्न मिटर ब्याज र लघुवित्त पीडितको माग
सरकारसँग भएका सहमति कार्यान्वयन गर्न मिटर ब्याज र लघुवित्त पीडितको माग
दसैंमा ५०० रिटेलरसँग केक काट्दै अनर नेपालले साट्यो खुसी
दसैंमा ५०० रिटेलरसँग केक काट्दै अनर नेपालले साट्यो खुसी
कृषि प्रविधि हस्तान्तरण कार्यक्रम खजुरामा सम्पन्न
कृषि प्रविधि हस्तान्तरण कार्यक्रम खजुरामा सम्पन्न
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP