नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, कात्तिक ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली हवाई उडान र सुख्खा बन्दरगाहको एजेण्डा समेट्न माग
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली हवाई उडान र सुख्खा बन्दरगाहको एजेण्डा समेट्न माग
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक ३०, २०८३ बागेश्वरी पोस्ट
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली हवाई उडान र सुख्खा बन्दरगाहको एजेण्डा समेट्न माग

नेपालगञ्ज । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सञ्चालन र नेपालगञ्जमा सुख्खा बन्दरगाह निर्माणको विषयलाई प्राथमिकताका साथ एजेण्डामा समावेश गर्न माग गरिएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य संघको अगुवाइमा आज नेपालगञ्जमा आयोजित सर्वदलीय तथा सर्वपक्षीय बैठकले पश्चिम नेपालको आर्थिक, पर्यटन तथा व्यापारिक विकाससँग प्रत्यक्ष जोडिएका यी दुई महत्वपूर्ण विषयलाई प्रधानमन्त्रीको भारत भ्रमणको कार्यसूचीमा समेट्न सरकारसँग माग गर्ने निर्णय गरेको हो ।

बैठकले नेपालगञ्जबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा हवाई उडान सञ्चालनका लागि कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएको छ । त्यसैगरी, नेपालगञ्जलाई पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास गर्न आवश्यक सुख्खा बन्दरगाह निर्माणको विषयलाई पनि भारतसँगको उच्चस्तरीय छलफलमा समावेश गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

संघका अध्यक्ष चिरञ्जीबि ओलीको अध्यक्षतामा सम्पन्न छलफलमा रास्वपाका बाँके जिल्ला सभापति विवेक कुमार श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधांशु कोइराला, नेकपा एमालेका प्रतिनिधि मिन बहादुर मल्ल, नेकपाका केन्द्रीय सदस्य गेहराज शर्मा (नवीन), श्रम संस्कृति पार्टीका राजन राना मगर, राप्रपाका जिल्ला अध्यक्ष अरुण प्रताप सिंह लगायत विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिको सहभागिता थियो ।  

बैठकको निर्णय अनुसार मंगलबार बाँके जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ । ज्ञापनपत्रमार्फत नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सञ्चालन र सुख्खा बन्दरगाह निर्माणलाई प्रधानमन्त्रीको भारत भ्रमणको प्राथमिकताप्राप्त एजेण्डा बनाउन औपचारिक आग्रह गरिनेछ । बैठकले हवाई सम्पर्क विस्तार र व्यापारिक पूर्वाधार विकासका यी दुवै विषयलाई पश्चिम नेपालको समग्र आर्थिक समृद्धिसँग जोडेर भारतसँगको उच्चस्तरीय वार्तामा उठाउनुपर्नेमा जोड दिएको छ ।

यसअघि पनि नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सञ्चालनको माग विभिन्न समयमा उठ्दै आएको छ । निजी क्षेत्र, उद्योगी व्यवसायी, राजनीतिक दल तथा सरोकारवालाले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आए पनि मागले अझै मूर्तरूप लिन सकेको छैन ।

प्रधानमन्त्री बालेन्द्र शाह यही मंसिर ६ गते भारत भ्रमणमा जाँदैछन् ।

विगतका प्रयास र कूटनीतिक पहल

नेपालगञ्ज–दिल्ली हवाई उडानको माग नयाँ भने होइन । नेपालगञ्जलाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने प्रयास विगत तीन दशक भन्दा अघिदेखि हुँदै आएको छ । २०५२ सालमा तत्कालीन नेपालगञ्ज नगरपालिकाका प्रमुख विजय गुप्ताको नेतृत्वमा यसका लागि पहल गरिएको थियो । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले नेपालगञ्जसहित जनकपुर र भैरहवाबाट अन्तर्राष्ट्रिय हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषय उठाएका थिए । त्यसबेला दुवै देशका प्रधानमन्त्रीले सम्बन्धित अधिकारीलाई छ महिनाभित्र छलफल गरी समस्या समाधान गर्न निर्देशन समेत दिएका थिए । तर, उक्त सहमतिले अपेक्षित गति लिन सकेन ।

सन् २०१६ मा नेपाल र भारतबीच थप हवाई प्रवेश मार्गबारे प्राविधिक छलफल भएको थियो भने सन् २०१८ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानस्थल प्राधिकरणबीच भएको सहमतिमा नेपालगञ्ज र महेन्द्रनगर क्षेत्रबाट पश्चिमतर्फका अन्तर्राष्ट्रिय उडानका लागि हवाई प्रवेश मार्गको सम्भाव्यता अध्ययन गर्ने विषय समेटिएको थियो ।

त्यसैगरी, सन् २०१८ मा तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसमक्ष नेपालगञ्जलाई दिल्ली र लखनऊसँग हवाई सम्पर्कमा जोड्न माग गरिएको थियो । नेपालगञ्जलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय हवाई केन्द्रका रूपमा विकास गर्ने विषय त्यसबेलादेखि नै निरन्तर उठ्दै आएको छ । गत वर्ष पनि बाँके र बर्दियाका राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा उद्योगी व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासमक्ष नेपालगञ्ज–दिल्ली उडानलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले भारतीय पक्षसँग छलफल गर्ने सकारात्मक प्रतिबद्धता जनाएका थिए भने परराष्ट्र मन्त्री राणाले पनि उक्त विषयलाई प्राथमिकतामा राखेर पहल गर्ने बताएकी थिइन् ।

नेपालगञ्ज उद्योग वाणिज्य संघले पनि पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । गत वर्ष संघको अगुवाइमा काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा सर्वपक्षीय छलफल गरी तत्कालीन प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली उडानको विषय प्राथमिकताका साथ उठाउन आग्रह गरिएको थियो । यस वर्ष पनि उद्योग वाणिज्य संघले दबाबमूलक पहललाई निरन्तरता दिँदै सरोकारवालालाई एकजुट बनाएको छ । २०८२ जेठमा संघको नेतृत्वमा नेपालगञ्ज–दिल्ली हवाई उडानका लागि दबाब समूह समेत गठन गरिएको थियो ।

सुख्खा बन्दरगाह निर्माणको विषय पनि प्राथमिकतामा

नेपालगञ्ज–दिल्ली हवाई उडानसँगै सुख्खा बन्दरगाह निर्माणको विषयलाई पनि बैठकले महत्वपूर्ण एजेण्डाका रूपमा अघि सारेको छ । पश्चिम नेपालका उद्योगी व्यवसायीलाई आयात–निर्यातमा सहजता प्रदान गर्न, व्यापार लागत घटाउन तथा नेपालगञ्जलाई अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रका रूपमा विकास गर्न सुख्खा बन्दरगाह आवश्यक रहेको निजी क्षेत्रको भनाइ छ ।

नेपालगञ्ज नाकामा भारत सरकारको सहयोगमा एकीकृत जाँच चौकी (आईसीपी) निर्माण भई सञ्चालनमा आइसकेको छ । नेपाल र भारतबीच करिब दुई दशक अघि भएको सहमतिपछि निर्माण प्रक्रिया अघि बढेको उक्त संरचना सन् २०२४ मा औपचारिक रूपमा सञ्चालनमा आएको थियो । तर, एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाह फरक प्रकृतिका व्यापारिक पूर्वाधार भएकाले दुवैलाई प्रभावकारी रूपमा विकास गर्नुपर्ने सरोकारवालाको माग छ ।


प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३  १८:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली हवाई उडान र सुख्खा बन्दरगाहको एजेण्डा समेट्न माग
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली हवाई उडान र सुख्खा बन्दरगाहको एजेण्डा समेट्न माग
होटल व्यवसायी संघ बाँकेको शुभकामना आदानप्रदान
होटल व्यवसायी संघ बाँकेको शुभकामना आदानप्रदान
सरकारसँग भएका सहमति कार्यान्वयन गर्न मिटर ब्याज र लघुवित्त पीडितको माग
सरकारसँग भएका सहमति कार्यान्वयन गर्न मिटर ब्याज र लघुवित्त पीडितको माग
दसैंमा ५०० रिटेलरसँग केक काट्दै अनर नेपालले साट्यो खुसी
दसैंमा ५०० रिटेलरसँग केक काट्दै अनर नेपालले साट्यो खुसी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP