नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, कात्तिक २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • विश्व मधुमेह दिवसमा पत्रकारका लागि 'निःशुल्क स्वास्थ्य शिविर'
विश्व मधुमेह दिवसमा पत्रकारका लागि 'निःशुल्क स्वास्थ्य शिविर'
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक २८, २०८३ बागेश्वरी पोस्ट
विश्व मधुमेह दिवसमा पत्रकारका लागि 'निःशुल्क स्वास्थ्य शिविर'

नेपालगञ्ज । विश्व मधुमेह दिवसको अवसरमा नेपालगञ्जमा पत्रकारहरुका लागि 'निःशुल्क स्वास्थ्य शिविर' गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेको संयोजनमा शनिबार सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रालि वीपी चोक नेपालगञ्जमा आयोजित शिविरमा सहभागी पत्रकारहरूको मधुमेहसम्बन्धी आरबीएस (RBS) तथा एचबीएवानसी (HbA1c) परीक्षण गरिएको थियो । परीक्षणसँगै चिकित्सकबाट निःशुल्क स्वास्थ्य परामर्श समेत प्रदान गरिएको थियो ।

पत्रकारहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु, मधुमेहको जोखिम पहिचान गर्नु तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नु शिविरको मुख्य उद्देश्य रहेको नेपाल पत्रकार महासंघ बाँकेले जनाएको छ । महासंघले पत्रकारहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टरसँगको सहकार्यमा शिविर सञ्चालन गरेको हो ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकारहरूले पेशागत व्यस्तता र अनियमित दिनचर्याका कारण आफ्नो स्वास्थ्यप्रति पर्याप्त ध्यान दिन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको बताए । उनले समाचार संकलन र सम्प्रेषणको जिम्मेवारीमा निरन्तर खटिने पत्रकारहरूले आफ्नो स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै नियमित स्वास्थ्य परीक्षण गराउन आग्रह गरे ।

शिविर सञ्चालनमा सहयोग पुर्‍याउने व्यक्तित्व तथा सहभागी पत्रकारहरूलाई कार्यक्रममा सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरूमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीसहित उपस्थित पत्रकारहरू, कन्सल्टेन्ट फिजिसियन तथा एन्डोक्राइनोलोजिस्ट डा. अल्ताबान राही, सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रालिका अध्यक्ष शेख रियाजुल हक तथा राज मेडिसिन डिस्ट्रीब्युटर्सका सञ्चालक विनु रस्तोगी लगायत रहेका थिए ।

May be an image of one or more people and text

कार्यक्रममा सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर सञ्चालक समितिका पदाधिकारी, विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो । कन्सल्टेन्ट फिजिसियन तथा एन्डोक्राइनोलोजिस्ट डा. राहीले मधुमेहको जोखिम बढ्दै गइरहेको उल्लेख गर्दै यसको रोकथामका लागि समयमै सचेत हुनुपर्नेमा जोड दिए । उनले सन्तुलित खानपान, नियमित शारीरिक गतिविधि, स्वस्थ जीवनशैली र समय–समयमा स्वास्थ्य परीक्षणलाई मधुमेह नियन्त्रण तथा रोकथामका महत्वपूर्ण उपायका रूपमा लिनुपर्ने बताए ।

May be an image of one or more people and text

May be an image of textMay be an image of one or more people, people studying, speaker and text


प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३  १९:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्व मधुमेह दिवसमा पत्रकारका लागि 'निःशुल्क स्वास्थ्य शिविर'
विश्व मधुमेह दिवसमा पत्रकारका लागि 'निःशुल्क स्वास्थ्य शिविर'
भेरी अस्पतालमा फोक्सो, क्रिटिकल केयर र निद्रा रोगको विशेषज्ञ सेवा सुरु
भेरी अस्पतालमा फोक्सो, क्रिटिकल केयर र निद्रा रोगको विशेषज्ञ सेवा सुरु
स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेशः बार्षिकोत्सव, स्वास्थ्यपेज विशेषांक विमोचन र अग्रज सम्मान सम्पन्न
स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेशः बार्षिकोत्सव, स्वास्थ्यपेज विशेषांक विमोचन र अग्रज सम्मान सम्पन्न
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अध्यक्षमा लामिछाने
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अध्यक्षमा लामिछाने
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP