नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, कात्तिक ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राप्तीसोनारीमा कांग्रेसको ‘डिजिटल प्रतिनिधित्व सम्बन्धी परामर्श भेला’
राप्तीसोनारीमा कांग्रेसको ‘डिजिटल प्रतिनिधित्व सम्बन्धी परामर्श भेला’
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक ३०, २०८३ बागेश्वरी पोस्ट
राप्तीसोनारीमा कांग्रेसको ‘डिजिटल प्रतिनिधित्व सम्बन्धी परामर्श भेला’

राप्तीसोनारी (बाँके) । नेपाली कांग्रेस राप्तीसोनारी गाउँपालिका कार्यसमितिको आयोजनामा राप्तीसोनारीमा ‘डिजिटल प्रतिनिधित्व सम्बन्धी परामर्श भेला’ सम्पन्न भएको छ । पार्टी संगठनलाई आधुनिक प्रविधिमैत्री बनाउने तथा सूचना प्रवाहलाई व्यवस्थित गर्ने मुख्य उद्देश्यका साथ उक्त भेला आयोजना गरिएको हो ।

राप्तीसोनारी गाउँपालिका सभापति भीमबहादुर राना क्षेत्रीको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रतिनिधि जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । कार्यक्रममा नेपाली कांग्रेस बाँकेका जिल्ला सभापति नारायणप्रसाद गौडेल, उपसभापति गोपाल अधिकारी, महाधिवेशन प्रतिनिधिहरू, क्षेत्रीय तथा प्रदेश सभापतिहरू, विभिन्न वडाका सभापतिहरू तथा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् केन्द्रीय सदस्य तिमिल्सिनाले वर्तमान युग सूचना र प्रविधिको युग भएकाले राजनीतिक संगठनहरू पनि समयसापेक्ष रूपान्तरण हुनुपर्ने बताए । उनले पार्टीका नीति, विचार र कार्यक्रमहरूलाई आम नागरिकमाझ छिटो र प्रभावकारी रूपमा पुर्‍याउन डिजिटल माध्यमको सही सदुपयोग अपरिहार्य रहेको जनाए । सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचनालाई चिर्दै पार्टीका आधिकारिक धारणा र निर्देशनलाई तल्लो तहसम्म व्यवस्थित रूपमा सम्प्रेषण गर्न डिजिटल सञ्जालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।

त्यसैगरी, कार्यक्रममा बोल्दै बाँके जिल्ला सभापति गौडेलले संगठन सुदृढीकरणका लागि परम्परागत शैलीसँगै आधुनिक सञ्चार प्रविधिलाई आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याए । उनले पार्टीका हरेक गतिविधिलाई अभिलेखीकरण गर्न र कार्यकर्ताबीचको समन्वयलाई थप बलियो बनाउन प्रविधिमैत्री अभियानले टेवा पुर्‍याउने जनाए । जिल्ला कार्यसमितिले पनि यस्ता रचनात्मक र प्रविधिमैत्री कार्यक्रमहरूलाई जिल्लाभर विस्तार गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।

जिल्ला उपसभापति अधिकारीले युवा पुस्तालाई पार्टीको मूलधारमा जोड्न डिजिटल प्लेटफर्महरू अत्यन्त प्रभावकारी माध्यम बन्न सक्ने धारणा राखे । उनले वडा तहका कार्यकर्ताहरूलाई प्रविधिमा दक्ष बनाउँदै पार्टीको प्रचारप्रसार शैलीलाई आधुनिक बनाउनुपर्नेमा जोड दिए  । कार्यक्रमका सभापति एवम् राप्तीसोनारी गाउँपालिका सभापति राना क्षेत्रीले भेलाले संगठनलाई वडा तहदेखि केन्द्रसम्म एउटै डिजिटल सञ्जालमा जोड्ने ठोस आधार तयार पारेको बताए । उनले गाउँपालिकाका प्रत्येक वडामा ‘डिजिटल प्रतिनिधि’ गठन तथा परिचालन गर्ने कार्ययोजना अघि बढाइएको जनाए । पालिका र वडा स्तरमा व्यवस्थित डिजिटल सञ्चार सञ्जाल निर्माण गरी पार्टीका गतिविधिहरूलाई पारदर्शी र गतिशील बनाइने उनले स्पष्ट पारे ।

भेलामा सहभागी महाधिवेशन प्रतिनिधि, क्षेत्रीय तथा प्रदेश सभापति र वडा सभापतिहरूले आआफ्नो क्षेत्रको सांगठनिक अवस्था र प्रविधि प्रयोगका चुनौतीबारे सुझाव राखेका थिए । उनीहरूले तल्लो तहका कार्यकर्तालाई सामाजिक सञ्जालको सकारात्मक र सिर्जनात्मक प्रयोगबारे अभिमुखीकरण तालिम दिनुपर्ने सुझाव दिएका थिए । पार्टी संगठनलाई समयको माग अनुसार प्रविधिमैत्री, गतिशील र सुदृढ कांग्रेस निर्माण गर्न यो परामर्श भेला कोसेढुङ्गा सावित हुने निष्कर्ष निकालिएको छ । भेलाबाट पारित कार्ययोजना अनुसार छिट्टै सबै वडामा डिजिटल प्रतिनिधि छनोट गरी परिचालन गरिने राप्ती सोनारी गाउँ कार्यसमितिले जनाएको छ ।
 


प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३  २०:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्तीसोनारीमा कांग्रेसको ‘डिजिटल प्रतिनिधित्व सम्बन्धी परामर्श भेला’
राप्तीसोनारीमा कांग्रेसको ‘डिजिटल प्रतिनिधित्व सम्बन्धी परामर्श भेला’
कांग्रेसलाई डिजिटल प्रविधिसँग जोड्न नसके पार्टी कमजोर हुन्छः तिमिल्सिना
कांग्रेसलाई डिजिटल प्रविधिसँग जोड्न नसके पार्टी कमजोर हुन्छः तिमिल्सिना
बाँकेमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ गते
बाँकेमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ गते
बाँके कांग्रेसको सभापतिमा उठ्ने पोषण केसीको तयारी, को हुन् केसी ?
बाँके कांग्रेसको सभापतिमा उठ्ने पोषण केसीको तयारी, को हुन् केसी ?
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP