नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, मंसिर ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने नयाँ चार राष्ट्रिय कीर्तिमान, बागमति ९ स्वर्णसहित शीर्ष स्थानमा
दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने नयाँ चार राष्ट्रिय कीर्तिमान, बागमति ९ स्वर्णसहित शीर्ष स्थानमा
बागेश्वरी पोस्ट
बुधबार, मंसिर ९, २०८३ बागेश्वरी पोस्ट
दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने नयाँ चार राष्ट्रिय कीर्तिमान, बागमति ९ स्वर्णसहित शीर्ष स्थानमा

नेपालगञ्ज । दशौं राष्ट्रिय खेलकुदको पौडी प्रतियोगिता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा बुधबार चार नयाँ कीर्तिमान बनेका छन् । पुरुष ४०० मिटरमा सुदुरपश्चिमका अर्थव सिंह, १०० मिटर ब्रेस्ट स्ट्रोकमा बागमतिका अभिव प्रधान र महिला ८०० मिटर फ्रिस्टायलमा एनआरएन लिली बोहराले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

नेपालगन्जस्थित पौडी पोखरीमा भएको प्रतियोगिताको दोस्रो दिन सुदुरपश्चिमका अर्थवले स्वर्ण पदक जित्ने क्रममा आफनो कीर्तिमानलाई भंग गर्दै ४ मिनेट ५६.७६ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे । यसअघि उनको नाममा सन् २०२५ मा ४ मिनेट ५८.३४ सेकेन्डको कीर्तिमान बनेको थियो । अर्थवले स्वर्ण जित्दा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठले रजत (५ मिनेट ०७.५७ सेकेन्ड) र बागमतिका अरिक कर्माचार्यले कास्य पदक (५ मिनेट २६.९९ सेकेन्ड) जिते ।

महिलातर्फको ८०० मिटर फ्रिस्टायलमा लिलीले स्वर्ण पदक जित्ने क्रममा ९ मिनेट ३४.०६ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी छिन् । यसअघि उक्त इभेन्टमा सन् २०२५ मा नेपाल आर्मी क्लबकी डुअना लामाको १० मिनेट ०६.९२ सेकेन्डको कीर्तिमान बनेको थियो । लिलीले स्वर्ण जित्दा डुअनाले आफ्नै पुरानो समयलाई सुधार गर्दै ९ मिनेट ५९.५४ सेकेन्डमा पूरा गर्दै रजत र पुलिसकी देभान्सी जोशीले १० मिनेट ५८.५८ सेकेन्डसहित कास्य पदक हासिल गरिन् ।

यसैगरी बुधबार बागमति प्रदेशका अभिव प्रधानले १०० मिटर फ्रिस्टायलमा १ मिनेट ०१.५१ सेकेन्डको नयाँ कीर्तिमान बनाउँदै स्वर्ण पदक जिते । यसअघि सन् २०२५ मा प्रारम्भ भण्डारीले १ मिनेट ०३.३९ सेकेन्डको कीर्तिमान बनाएका थिए । प्रधानले स्वर्ण जित्दा बागमतिका रिभान्त बहादुर श्रेष्ठले १ मिनेट ०४.०० सेकेन्डसहित रजत र आर्मीका जाडेन श्रेष्ठले १ मिनेट ०४.०३ सेकेन्डसहित कास्य पदक हासिल गरे ।

त्यस्तै नेपाल पुलिस क्लबको टिमले पुरुष ४ गुणा २०० मिटर फ्रिस्टायलमा ८ मिनेट ३२.१३ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ । यसअघि सन् २०१६ मा मनिष चित्रकार, शुभम श्रेष्ठ, अनुभव सुब्बा र शिरिष गुरुङको नाममा रहेको ९ मिनेट १७.६८ सेकेन्डको कीर्तिमानलाई बुधबार पुलिस क्लबका इर्भिन श्रेष्ठ, आरुष अवाले, मयोन श्रेष्ठ र काल्किन श्रेष्ठले भंग गर्दै ८ मिनेट ३२.१३ सेकेन्डको नयाँ कीर्तिमान बनाउन सफल भएका छन् ।

प्रतियोगिता अन्तर्गत महिला ५० मिटर बटरफ्लाईमा एनआरएन मिखा काया थापाले स्वर्ण पदक (३०.७८ सेकेन्ड), पुलिसकी देभान्सीले रजत (३२.८८सेकेन्ड) र बागमतीकी इरा अमात्य र आर्मीकी शिसोम्बुन राईले ३३.५६ सेकेन्डमा पूरा गर्दै संयुक्तरुपमा कास्य पदक हासिल गरे । ५० मिटर पुरुष बटरफ्लाईमा बागमतिका अभिव प्रधानले स्वर्ण (२६.०७ सेकेन्ड), पुलिसका इर्भिनले रजत (२७.१४ सेकेन्ड), आर्मीका खेलाडीद्वय सौरेन बहादुर सिंह र असिम भण्डारीले २७.३२ सेकेन्ड समय खर्चेर कास्य पदक जिते ।

२०० मिटर महिला फ्रिस्टायलमा एनआरएन लिलीले स्वर्ण (२ मिनेट १४.०३ सेकेन्ड), आर्मीकी  डुअना (२ मिनेट १४.४२ सेकेन्ड) र एनआरएन मिखाले कास्य (२ मिनेट १९.६८ सेकेन्ड) पदक जितिन् । २०० मिटर पुरुष फ्रिस्टायलमा पुलिसका इर्भिनले (१ मिनेट ५९.४८सेकेन्ड) स्वर्ण, पुलिसकै काल्किनले रजत (२ मिनेट ००.८३ सेकेन्ड) र आर्मीका अल्भिनले कास्य (२ मिनेट ०५.०० सेकेन्ड) पदक हासिल गरे ।

१०० मिटर महिला ब्याकस्ट्रोकमा बागमतिकी आर्या महर्जनले स्वर्ण (१ मिनेट ११.९५ सेकेन्ड), एनआरएन मिखाले रजत (१ मिनेट १३.६२ सेकेन्ड) र बागमतिकी रोयल प्रजापतिले कास्य (१ मिनेट १४.४३ सेकेन्ड) कास्य हासिल गरिन् । ४ गुणा १०० मिटर महिला मिड्ले रिलेमा बागमतिले स्वर्ण (५ मिनेट ०५.६९ सेकेन्ड), पुलिसले रजत (५ मिनेट ११.७१ सेकेन्ड) र आर्मीले कास्य (५ मिनेट १५.८५ सेकेन्ड) पदक हासिल गरेको छ ।

बुधबारको अन्तिम इभेन्ट मिक्स ४ गुणा ५० मिटर मिड्ले रिलेमा बागमतिले स्वर्ण (२ मिनेट ०२.४६ सेकेन्ड), आर्मीले रजत (२ मिनेट ०४.११ सेकेन्ड) र पुलिसले कास्य पदक (२ मिनेट ०७.०८ सेकेन्ड) हासिल गरेको छ ।

प्रतियोगिताको दोस्रो दिनसम्म आइपुग्दा अंक तालिकामा बागमति ९ स्वर्ण, ४ रजत, ६ कास्य गरी कुल १९ पदकसहित शीर्ष स्थानमा छ भने एनआरएन टिम ६ स्वर्ण, १ रजत र २ कास्य गरी कुल ९ पदकसहित दोस्रो र पुलिस ३ स्वर्ण, ७ रजत, ८ कास्य गरी कुल १८ पदकसहित तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको आर्मीले २ स्वर्ण, ८ रजत, ८ कास्य पदक, पाँचौ स्थानमा रहेको सुदुरपश्चिमले १ स्वर्ण, २ रजत गरी कुल ३ पदक र कोशी प्रदेश १ स्वर्णसहित तालिकाको छैठौं स्थानमा रहेको छ ।

प्रतियोगिता अन्तर्गत दोस्रो दिनसम्म आइपुग्दा ६ वटा इभेन्टमा राष्ट्रिय कीर्तिमान बनेको छ । प्रतियोगिताको पहिलो दिन पुरुष तर्फको ५० मिटर ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले आफ्नै रेकर्डमा सुधार गर्दै ३०.६४ सेकेन्डको नयाँ कीर्तिमान बनाएका थिए । त्यस्तै महिला तर्फको ४०० मिटर (आइएम) एनआरएन लिली बोहराले ५ मिनेट १७.०१ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी थिइन् । बुधबार प्रतियोगितामा पदक जित्ने खेलाडीलाई ओलम्पियन सुरेन्द्र हमाल र पार्वती थापाले पुरस्कृत गरेका थिए ।


प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  १९:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने नयाँ चार राष्ट्रिय कीर्तिमान, बागमति ९ स्वर्णसहित शीर्ष स्थानमा
दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने नयाँ चार राष्ट्रिय कीर्तिमान, बागमति ९ स्वर्णसहित शीर्ष स्थानमा
दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने दुई राष्ट्रिय कीर्तिमान, ४ स्वर्णसहित बागमतिको अग्रता
दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने दुई राष्ट्रिय कीर्तिमान, ४ स्वर्णसहित बागमतिको अग्रता
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, दिपिका र सुराजन उत्कृष्ट
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, दिपिका र सुराजन उत्कृष्ट
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP