नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, मंसिर ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रेस युनियन बाँकेद्वारा लेखनवृत्ति पुरस्कार वितरण
प्रेस युनियन बाँकेद्वारा लेखनवृत्ति पुरस्कार वितरण
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर ४, २०८३ बागेश्वरी पोस्ट
प्रेस युनियन बाँकेद्वारा लेखनवृत्ति पुरस्कार वितरण

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार महिला लेखनवृत्ति प्रतियोगिता–२०८३ मा बिमला चौधरीले लेखेको स्टोरी प्रथम भएको छ ।

प्रेस युनियन बाँकेले विगत ३ वर्षदेखि लेखनवृत्ति पुरस्कार प्रदान गर्दै आएको छ । यस पटकको कार्यक्रममा चौधरीको “थारु लेहङ्गको बढ्दो मागसँगै चम्किँदै गीताको उद्यमशीलता, मासिक डेढ लाख आम्दानी” शीर्षकको स्टोरीले उत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो । 

प्रतियोगितामा ममता थापाले लेखेको स्टोरी द्वितीय भएको छ । “थापाको घुँघट र अशिक्षाको पर्खाल भत्काएर सत्ताको जिम्मेवारी सम्हाल्ने आँट गरेका जनप्रतिनिधि” शीर्षकको स्टारी दोस्रो उत्कृष्ट हुन सफल भएको हो । यस्तै सुमित्रा पण्डितले लेखेको स्टोरी तृतीय भएको छ । पण्डितको “मुना हमालको संघर्षदेखि नेतृत्वसम्मको प्रेरणादायी यात्रा” शीर्षकको स्टोरी उत्कृष्ट तेस्रोमा परेको छ ।

यस वर्षको प्रतियोगितामा छ जना पत्रकार महिलाले सहभागिता जनाएका थिए । जसमध्ये साहिदा साहले लेखेको आसाका सपना, साहस, संघर्ष र दोहोरो जिम्मेवारी शीर्षकको स्टोरीले सान्त्वना स्थान हासिल गर्न सफल भएको हो । 

प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय शुधान्सु कोइराला, सीता काफ्ले, लुम्बिनीका पूर्वमन्त्री बादशाह कुर्मी र नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य अन्जना पाण्डेले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।बिजेताहरुलाई क्रमश: नगद आठ, पाँच, तीन र एक हजारका दरले पुरस्कृत गरिएको छ । तीन सदस्यीय निर्णायक समितिले छ वटै स्टोरीको अध्ययन पश्चात निर्णय गरिएको युनियनका सचिव भिष्म लोधले जानकारी दिए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य कोइरालाले लोकतन्त्रको रक्षा केवल पत्रकारले गर्न सक्ने भएकाले पत्रकारिता जिम्मेवार हुनुपर्नेमा जोड दिए । पत्रकारिता समाचार सम्प्रेष्ण मात्रै नभएर समाजमा चेतना फैलाउने माध्यम भएको र यसले समाजको समस्या समाधानमा उल्लेखनीय भूमिका हुने बताए । 

यसैगरी केन्द्रीय सदस्य काफ्लेले पत्रकार महिला लक्षित गरिएको यो कार्यक्रम एकदमै राम्रो रहेको बताइन् । उनले प्रेस युनियनले गर्दै आएको यो कार्यक्रमले पत्रकार महिलाको क्षमता विकासमा सहयोग पु¥याउने बताइन् । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेसका नेता कुर्मीले पत्रकारिताकै कारण समाजको कुरा उठान हुने भएकाले यसलाई जिम्मेवार बनाउनुपर्ने बताए ।

‘बोल्न नसक्नेहरुको आवाज पत्रकार हुन्', उनले भने, 'प्रेस स्वतन्त्रताका लागि नेपाली काँग्रेस हमेसा पत्रकारको साथमा छ ।’ यस्तै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य पाण्डेले सरकार, राज्यले थाहा नपाउने बिषय पत्रकारले थाहा पाउने भएकाले देश निर्माणमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले राज्यको आँखा खोल्ने काम समेत पत्रकारले गर्ने भएको हुँदा पछिल्लो समयको पत्रकारिता कतै आचारसंहिता भन्दा बाहिर गइरहेको त छैन भन्ने कुरामा पनि ध्यान केन्द्रीत हुनुपर्ने धारणा राखिन् । 

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य बसन्त उपाध्याय, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघका पूर्व केन्द्रीय महासचिव पोषण केसी, नेपाली काँग्रेस बाँकेका प्रेस सल्लाहकार निरज गौतम, नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरी लगायतले बोलेका थिए । युनियन बाँकेका अध्यक्ष कमल खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटर, नेपाली काँगेसका महाधिवेशन प्रतिनिधि रेनु सिंह, प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य एव नेपालगन्ज उपमहानरपालिकाकी उपप्रमुख उमा थापा मगर, प्रेस युनियन बाँकेका पूर्व अध्यक्ष अर्जुन ओली, पत्रकार महासंघ बाँके उपाध्यक्ष करुणा शाह, संचारिका समूहकी लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज, दलित पत्रकार संघ लुम्बिनीका अध्यक्ष टेकेन्द्र बस्याल, क्रियाशिल महिला पत्रकार समूह बाँके अध्यक्ष सावित्री गिरी लगायतको उपस्थिति रहेको थियो । 

काँग्रेसका केन्द्रीय सदस्यद्वयलाई युनियनको सम्मान

नेपाल प्रेस युनियन बाँकेले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित सुधान्शु कोइराला र सीता काफ्लेलाई सम्मान गरेको छ । हालै सम्पन्न काँग्रेसको १५औं केन्द्रीय महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको सदस्यमा दुबै जना निर्वाचित भएका हुन् । 

युनियन बाँकेले शुक्रबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरेर केन्द्रीय सदस्यमा निर्वाचित कोइराला र काफ्लेलाई सम्मानपत्र तथा खादा लगाएर सम्मान गरेको छ । युनियन बाँकेका जिल्ला अध्यक्ष कमल खत्रीले निर्वाचित केन्द्रीय सदस्यद्वयलाई सम्मान गरेका हुन् । 


प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  १७:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रेस युनियन बाँकेद्वारा लेखनवृत्ति पुरस्कार वितरण
प्रेस युनियन बाँकेद्वारा लेखनवृत्ति पुरस्कार वितरण
व्यवसायमा मानव अधिकारको सम्मान र कार्यान्वयनमा जोड
व्यवसायमा मानव अधिकारको सम्मान र कार्यान्वयनमा जोड
आई.एन.एफ. ले मनायो ७४औं स्थापना दिवस
आई.एन.एफ. ले मनायो ७४औं स्थापना दिवस
आगलागीपीडित व्यवसायीलाई स्वर्गद्वारी समाजको ४० हजार १०० रुपैयाँ सहयोग
आगलागीपीडित व्यवसायीलाई स्वर्गद्वारी समाजको ४० हजार १०० रुपैयाँ सहयोग
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP