नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, मंसिर ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • व्यवसायमा मानव अधिकारको सम्मान र कार्यान्वयनमा जोड
व्यवसायमा मानव अधिकारको सम्मान र कार्यान्वयनमा जोड
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर ३, २०८३ बागेश्वरी पोस्ट
व्यवसायमा मानव अधिकारको सम्मान र कार्यान्वयनमा जोड

नेपालगन्ज । व्यावसायिक गतिविधिलाई मानव अधिकारमैत्री बनाउँदै श्रमिकको हकहित, समानता, सुरक्षित कार्यस्थल र उपभोक्ताको अधिकार सुनिश्चित गर्नुपर्नेमा नेपालगन्जमा आयोजित एक अन्तरक्रियाका सहभागीहरूले जोड दिएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नेपालगन्ज उद्योग वाणिज्य संघले डिसिएसँगको सहकार्यमा विहीबार आयोजना गरेको ‘व्यवसाय र मानव अधिकार’ विषयक एक दिने अन्तरक्रियामा सहभागीहरूले आर्थिक गतिविधि सञ्चालन गर्दा मानव अधिकारका आधारभूत मान्यताको पालना हुनुपर्ने बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले आर्थिक समृद्धि र मानव अधिकार एक अर्काका परिपूरक भएको उल्लेख गर्दै व्यवसायीले नाफा आर्जनसँगै श्रमिकको अधिकार, कार्यस्थलको सुरक्षा र वातावरण संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने बताए । मानव अधिकारमैत्री व्यावसायिक अभ्यासले मात्रै दिगो आर्थिक विकासको आधार तयार गर्ने उनको भनाइ थियो ।

अन्तरक्रियामा अधिवक्ता वसन्त गौतम र राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जकी प्रमुख द्वारिका अधिकारीले व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन अवस्था तथा निजी क्षेत्रको जिम्मेवारीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनीहरूले बालश्रम अन्त्य, लैङ्गिक समानता, उचित पारिश्रमिक र उपभोक्ता अधिकारको सुनिश्चिततामा व्यवसायीको भूमिका महत्वपूर्ण हुने औंल्याए ।

छलफलका क्रममा उद्योगी तथा व्यवसायीहरूले निजी क्षेत्र मानव अधिकारको सम्मानप्रति प्रतिबद्ध रहे पनि श्रम ऐन लगायत कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि राज्यको सहजीकरण आवश्यक रहेको बताए । व्यवसायमैत्री नीति निर्माण, व्यावहारिक कार्यान्वयन र सरोकारवाला पक्षबीच समन्वय हुनुपर्ने उनीहरूको धारणा थियो । सहभागीहरूले व्यावसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रोजगारी सिर्जना गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

May be an image of one or more people, table, dais and text

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले कार्यक्रमको उद्देश्य र सान्दर्भिकताबारे प्रकाश पारेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी प्रतित सिंह राठौर, उच्च अदालत बार एसोसिएसन नेपालगन्जका अध्यक्ष पवन गुप्ता, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, जिल्ला बार एसोसिएसन बाँकेकी अध्यक्ष पुनम श्रेष्ठ, एनजिओ फेडेरेसन बाँकेका अध्यक्ष मन भण्डारी तथा नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ र रविन्द्र कर्णले बोलेका थिए । त्यस्तै नमस्कार शाह, सुरेश कुमार गौतम, प्रभात सिंह ठकुरी, ताराप्रसाद खत्री, फणाधर भण्डारी, मो. सफिक बागवानले व्यवसाय र मानव अधिकारका विभिन्न पक्षमा धारणा राखेका थिए ।

कार्यक्रमको सञ्चालन नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव विष्णु श्रेष्ठले गरेका थिए । 

May be an image of dais


प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  १९:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
व्यवसायमा मानव अधिकारको सम्मान र कार्यान्वयनमा जोड
व्यवसायमा मानव अधिकारको सम्मान र कार्यान्वयनमा जोड
आई.एन.एफ. ले मनायो ७४औं स्थापना दिवस
आई.एन.एफ. ले मनायो ७४औं स्थापना दिवस
आगलागीपीडित व्यवसायीलाई स्वर्गद्वारी समाजको ४० हजार १०० रुपैयाँ सहयोग
आगलागीपीडित व्यवसायीलाई स्वर्गद्वारी समाजको ४० हजार १०० रुपैयाँ सहयोग
भीमफेदीमा ईभी दुर्घटना: १० जनाको मृत्यु,५ घाइते
भीमफेदीमा ईभी दुर्घटना: १० जनाको मृत्यु,५ घाइते
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP