नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, मंसिर ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने दुई राष्ट्रिय कीर्तिमान, ४ स्वर्णसहित बागमतिको अग्रता
दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने दुई राष्ट्रिय कीर्तिमान, ४ स्वर्णसहित बागमतिको अग्रता
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर ८, २०८३ बागेश्वरी पोस्ट
दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने दुई राष्ट्रिय कीर्तिमान, ४ स्वर्णसहित बागमतिको अग्रता

नेपालगन्ज । दशौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन अघि नेपालगन्जमा सुरु भएको पौडी प्रतियोगिता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिपको पहिलो दिन दुई खेलाडीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । नेपालगन्ज रंगशालामा भएको पुरुषतर्फको ५० मिटर ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले आफ्नै रेकर्डमा सुधार गर्दै ३०.६४ सेकेन्डको नयाँ कीर्तिमान बनाएका छन् । यसअघि उनले सन् २०२६ मा भएको ११औं एनएसए कप पौडी प्रतियोगितामा ३०.६६ सेकेन्डको कीर्तिमान बनाएका थिए ।

त्यस्तै महिलातर्फको ४०० मिटर (आइएम) एनआरएन लिली बोहराले ५ मिनेट १७.०१ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी छिन् । यसअघि भारतको गुहाटीमा सन् २०१६ मा भएको ११औं सागमा सोफिया शाहले ५ मिनेट ४८.५४ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । सोफियाको कीर्तिमान १०औं राष्ट्रिय खेलकुदको हिट चरणमा नै लिली र नेपाल आर्मी क्लबकी डुआना लामाले भंग गरेका थिए । तर लिलीको नाममा भने ५ मिनेट १७.०१ सेकेन्डको राष्ट्रिय राष्ट्रिय कीर्तिमान बनेको छ । हिट चरणमा लिलीले ५ मिनेट २१.५२ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान तोडन सफल भएकी थिइन् भने डुआनाले पनि राष्ट्रिय कीर्तिमानलाई पछि पार्दै ५ मिनेट २५.१७ सेकेन्डमा पूरा गरेकी थिइन् ।

नेपालगन्जस्थित पौडी पोखरीमा भएको सुरुआती दिनमा बागमती प्रदेशले सर्वाधिक ४ स्वर्ण पदक, २ रजत र ३ कास्य पदक जित्दै अग्रता लिएको छ । एनआरएन टिमले ३ स्वर्ण र १ रजत सहित दोस्रो, आर्मी २ स्वर्ण ४ रजत र १ कास्य सहित तेस्रो स्थानमा छ । पुलिसले १ स्वर्ण २ रजत र ६ कास्यसहित चौथो, १ स्वर्ण सहित कोशी प्रदेश पाँचौं र २ रजत जितेको सुदुरपश्चिम छैठौं स्थानमा छ ।

यसैगरी मंगलबार भएको खेल अन्तर्गत १५ सय मिटर फ्रिस्टाइलमा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठले स्वर्ण (१७ मिनेट ४८.६१ सेकेन्ड), सुदुरपश्चिमका अर्थब सिंहले रजत (१८ मिनेट ०६.९४ सेकेन्ड) र नेपाल पुलिस क्लबका रचित बुढाथोकीले कास्य (१९ मिनेट ५५.६० सेकेन्ड) पदक जिते ।  महिला ४०० मिटर ब्यक्तिगत मिडलेमा एनआरएन लिलीले स्वर्ण  (५ मिनेट १७.०१ सेकेन्ड), आर्मीकी डुआनाले रजत (५ मिनेट ३३.३९ सेकेन्ड) र पुलिसकी देभान्सी जोशीले (६ मिनेट ४२ सेकेन्ड) कास्य पदक प्राप्त गरिन् ।

५० मिटर पुरुष ब्रेस्टस्ट्रोकमा कोशीका विकासले स्वर्ण (३०.८४ सेकेन्ड), आर्मीका जाडेन श्रेष्ठले रजत (३१.१३ सेकेन्ड) र पुलिसका इर्भिन श्रेष्ठले (३१.६० सेकेन्ड) ले कास्य पदक जिते । ५० मिटर महिला ब्रेस्टस्ट्रोकमा आर्मी डुआनाले स्वर्ण .३६.२५ सेकेन्ड), बागमतीकी रोयल प्रजापतिले (३७.२२ सेकेन्ड) कास्य र बागमतीकै प्रज्ना ताम्राकारले (३८.७० सेकेन्ड) कास्य पदक जितिन् । १०० मिटर फ्रिस्टाइलमा बागमतीका अभिव प्रधानले (५३.०३ सेकेन्ड) स्वर्ण, पुलिसका इर्भिनले (५४.६२सेकेन्ड) रजत र आर्मीका अल्भीन महर्जनले (५४.९३ सेकेन्ड) कास्य पदक हासिल गरे ।

१०० मिटर महिला फ्रिस्टाइलमा एनआरएन मिखा काया थापाले स्वर्ण (१ मिनेट ०२.९३सेकेन्ड), आर्मीकी डुआनाले रजत (१ मिनेट ०३.०४ सेकेन्ड) र एनआरएन लिलीले कास्य पदक (१ मिनेट ०४.०१ सेकेन्ड) हासिल गरिन् । २ सय मिटर ब्रेस्टस्ट्रोकमा बागमतीका अभिवले स्वर्ण (२ मिनेट २०.६५ सेकेन्ड), सुदुरपश्चिमका अर्थव सिंहले रजत (२ मिनेट २३.३० सेकेन्ड) र वागमतीका रिभान्त बहादुर श्रेष्ठले कास्य (२ मिनेट २८.०३ सेकेन्ड) जिते ।

महिला २ सय मिटर ब्रेस्टस्ट्रोकमा एनआरएन मिखाले स्वर्ण (२ मिनेट ३९.६४ सेकेन्ड), पुलिसकी देभान्सीले रजत (२ मिनेट ४०.७२ सेकेन्ड) र बागमतीकी आर्या महर्जनले कास्य पदक (२ मिनेट ४०.७७ सेकेन्ड) जितिन् ।

४ गुणा १०० मिटर पुरुष मिडलेभ रिलेमा आर्मीले स्वर्ण (४ मिनेट १३.०६ सेकेन्ड), बागमतीले रजत (४ मिनेट १९.६४ सेकेन्ड) र पुलिसले कास्य (४ मिनेट २०.१५ मिनेट) जित्यो ।

महिला ४ गुणा ५० मिटर फ्रिस्टाइल रिलेभमा बागमतीले स्वर्ण (२ मिनेट ०१.३० सेकेन्ड), आर्मीले रजत (२ मिनेट ०२.६३ सेकेन्ड) र पुलिसले कास्य (२ मिनेट ०५.२६ सेकेन्ड) जित्यो । त्यस्तै मिक्स ४ गुणा ५० मिटर फ्रिस्टायल रिलेभमा बागमतीले स्वर्ण (१ मिनेट ५०.२७ सेकेन्ड), आर्मीले रजत (१ मिनेट ५१.४६ सेकेन्ड) र पुलिसले कास्य (१ मिनेट ५३.१३ सेकेन्ड) प्राप्त गरेको छ ।

नेपालगन्ज रंगशालामा चार दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १९:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने दुई राष्ट्रिय कीर्तिमान, ४ स्वर्णसहित बागमतिको अग्रता
दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने दुई राष्ट्रिय कीर्तिमान, ४ स्वर्णसहित बागमतिको अग्रता
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, दिपिका र सुराजन उत्कृष्ट
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, दिपिका र सुराजन उत्कृष्ट
अगैयामा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु
अगैयामा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP