नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, मंसिर १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • १०औं राष्ट्रिय खेलकुद: १६ स्वर्णसहित पौडीमा बागमती च्याम्पिनयन
१०औं राष्ट्रिय खेलकुद: १६ स्वर्णसहित पौडीमा बागमती च्याम्पिनयन
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर ११, २०८३ बागेश्वरी पोस्ट
१०औं राष्ट्रिय खेलकुद: १६ स्वर्णसहित पौडीमा बागमती च्याम्पिनयन

नेपालगन्ज । दशौं राष्ट्रिय खेलकुद पौडी प्रतियोगिता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा बागमती प्रदेश च्याम्पियन बनेको छ ।बागमतीले सर्वाधिक १६ स्वर्ण पदक, ९ रजत, १० कास्य गरी कुल ३५ पदक जित्दै च्याम्पियन बन्दा दोस्रो स्थानमा रहेको एनआरएन 
टिमले १२ स्वर्ण, ४ रजत र ४ कास्य गरी कुल २० पदक जित्न सफल भएको छ । 

नेपाल आर्मी क्लबले ७ स्वर्ण १५ रजत र १७ कास्य गरी कुल ३९ पदकसहित तेस्रो, नेपाल पुलिस क्लब ६ स्वर्ण, १४ रजत र १६ कास्य गरी कुल ३६ पदकसहित चौथो, कोशी प्रदेश ३ स्वर्ण पदकसहित पाँचौं र सुदुरपश्चिमले २ स्वर्ण, ४ रजत र १ कास्य गरी कुल ७ पदकसहित छैठौं स्थान हासिल गरेको छ ।

यसैगरी प्रतियोगितामा पुरुषतर्फ बागमती र महिलातर्फ एनआरएन टिम च्याम्पियन बनेको छ । प्रतियोगिताको अन्तिम दिन 
पुरुष २०० मिटर बटरफ्लाईमा तीन खेलाडीले पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेका छन् । नेपाली पौडीमा एउटै इभेन्ट्समा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान भंग गर्नु पनि नयाँ कीर्तिमान हो । यसअघि इभेन्टमा असिम भण्डारीको नाममा २ मिनेट २१.८७ सेकेन्डको कीर्तिमान थियो ।

शुक्रबार सुदुरपश्चिमका अर्थभ सिंहले २ मिनेट १८.३० सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । रजत जित्ने आर्मीका सौरेन बहादुर सिंहले २ मिनेट १९.८१ सेकेन्ड र कास्य जित्ने आर्मीकै असिम भण्डारीले २ मिनेट २०.११ सेकेन्डमा पूरा गरेका थिए । 

पुरुष ८०० मिटर फ्रिस्टायलमा आफ्नै पुरानो रेकर्डमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान बनाउने क्रममा पुलिसका काल्किन 
श्रेष्ठले स्वर्ण पदक (९ मिनेट ०३.२१ सेकेन्ड), सुदुरपश्चिमका अर्थभ सिंहले रजत (१० मिनेट ०१.९६ सेकेन्ड), पुलिसका रचित 
बुढाथोकीले कास्य पदक (१० मिनेट ३३.६८ सेकेन्ड) जिते । यस इभेन्ट्समा यसअघि काल्किनको ९ मिनेट ०३.२१ सेकेन्डको कीर्तिमान थियो । 

महिला २०० मिटर बटरफ्लाईमा एनआरएनका लिलीले स्वर्ण जित्ने क्रममा २ मिनेट ३३.२० सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।यसअघि डुअना लामाको नाममा २ मिनेट ३५.२९ सेकेन्डको कीर्तिमान थियो । आर्मीकी डुअनाले रजत (२ मिनेट ३९.९४ सेकेन्ड) र पुलिसकी देभान्सी जोशीले कास्य (३ मिनेट ०३.१३ सेकेन्ड) पदक जितिन् । 

महिला ४०० मिटर फ्रिस्टायलमा एनआरएन लिली बोहराले स्वर्ण (४ मिनेट ४३.११ सेकेन्ड), आर्मीकी डुअना लामाले रजत (४ मिनेट ५२.६२ सेकेन्ड) र एनआरएन मिखा काया थापाले कास्य (५ मिनेट ०२.७६ सेकेन्ड) मा जितिन् । 

पुरुष २०० मिटर इन्डिभिजुअल मिडलेमा बागमतीका अभिभ प्रधानले स्वर्ण (२ मिनेट १६.९६ सेकेन्ड), पुलिसका इर्भिन श्रेष्ठले रजत (२ मिनेट २०.१६ सेकेन्ड), पुलिसकै काल्किन श्रेष्ठले कास्य (२ मिनेट २२.०९ सेकेन्ड) पदक जिते । 

महिला १०० मिटर ब्रेस्ट स्ट्रोकमा आर्मीकी डुअना लामाले स्वर्ण (१ मिनेट १९.९२ सेकेन्ड), एनआरएन लिलीले रजत (१ मिनेट २२.५५ सेकेन्ड), बागमतीकी रोयल प्रजापतिले कास्य (१ मिनेट २४.१८ सेकेन्ड) पदक जितिन् । 

पुरुष १०० मिटर ब्रेस्ट स्ट्रोकमा कोशीका विकास कुमालले स्वर्ण (१ मिनेट ०८.२५ सेकेन्ड), आर्मीका जाडेन श्रेष्ठले रजत (१ मिनेट ०८.६४ सेकेन्ड), बागमतीका आरिक कर्माचार्यले कास्य पदक (१ मिनेट १६.६४ सेकेन्ड) जित्न सफल भए । 

महिला ५० मिटर फ्रिस्टायलमा एनआरएन मिखा काया थापाले स्वर्ण (२९.१५ सेकेन्ड), बागमतीकी आर्या महर्जनले रजत (२९.४९ सेकेन्ड), बागमतीकै रोयल प्रजापतिले कास्य (३०.०९ सेकेन्ड) जितिन् । 

पुरुष ५० मिटर फ्रिस्टायलमा पुलिसका इर्भिन श्रेष्ठले स्वर्ण (२५.६२ सेकेन्ड), बागमतीका अभिभ प्रधानले रजत (२४.६८ सेकेन्ड) र आर्मीका अल्भि महर्जनले कास्य (२५.०२ सेकेन्ड) जिते । 

महिला ४ गुणा १०० मिटर फ्रिस्टायल रिलेमा बागमती प्रदेशले ४ मिनेट २८.८६ सेकेन्डमा पूरा गर्दै स्वर्ण, आर्मीले ४ मिनेट ३१.०६ सेकेन्डसहित रजत र पुलिसले ४ मिनेट ४४.४० सेकेन्डसहित कास्य जित्यो । 

पुरुष ४ गुणा ५० मिटर फ्रिस्टायल रिलेमा बागमतीले स्वर्ण (१ मिनेट ४१.९२ सेकेन्ड), पुलिसले रजत (१ मिनेट ४४.२६ सेकेन्ड) र आर्मीले कास्य (१ मिनेट ४४.४७ सेकेन्ड) जित्यो । 

महिला ४ गुणा ५० मिटर मिडले रिलेमा बागमतीले स्वर्ण (२ मिनेट १६.०१ सेकेन्ड), पुलिसले रजत (२ मिनेट १९.७६ सेकेन्ड) र आर्मीले कास्य (२ मिनेट २०.०१ सेकेन्ड) जित्यो ।


प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  २१:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१०औं राष्ट्रिय खेलकुद: १६ स्वर्णसहित पौडीमा बागमती च्याम्पिनयन
१०औं राष्ट्रिय खेलकुद: १६ स्वर्णसहित पौडीमा बागमती च्याम्पिनयन
दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने नयाँ चार राष्ट्रिय कीर्तिमान, बागमति ९ स्वर्णसहित शीर्ष स्थानमा
दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने नयाँ चार राष्ट्रिय कीर्तिमान, बागमति ९ स्वर्णसहित शीर्ष स्थानमा
दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने दुई राष्ट्रिय कीर्तिमान, ४ स्वर्णसहित बागमतिको अग्रता
दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने दुई राष्ट्रिय कीर्तिमान, ४ स्वर्णसहित बागमतिको अग्रता
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP