नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, कात्तिक १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई
तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक १५, २०८३ बागेश्वरी पोस्ट
तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई

नेपालगन्ज । नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा स्वीमिङ क्लबले जितेको छ । नेपाल पौडी संघको प्राविधिक सहयोगमा नेपालगन्ज स्वीमिङ क्लबले आयोजना गरेको दुई दिने प्रतियोगितामा सगरमाथाले ४२९ स्कोर ल्याएर प्रथम भएको हो । नेपालगन्ज स्वीमिङ क्लबले यस अघि आयोजना गरेको दोस्रो नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको पनि सगरमाथा स्वीमिङ क्लब विजेता हो ।

प्रतियोगितामा नयाँ दिल्ली भारतको इलाइट स्वीमिङ एकेडेमीले १७४ स्कोर ल्याएर दोस्रो भएको छ । त्यसैगरी कोहलपुर बाँकेको शिखा एकेडेमी ९५ स्कोर ल्याएर तेस्रो भयो । ललितपुरको जेम्स स्कुल ५९ स्कोर ल्याएर चौथो, भारत लखनउको ला मार्टिनेयर गल्र्स कलेज ३३ अंक ल्याएर पाँचौ, कोशी प्रदेश २३ अंक ल्याएर छैठौं र १८ अंक ल्याएर रातो बंगला स्कुल ललितपुर सातौं भएको छ ।

प्रतियोगितामा पुरुष र महिला सर्वाेत्कृष्ट खेलाडी सगरमाथा स्वीमिङ क्लबका खेलाडी भए । ७ वटा स्वर्ण र एउटा रजत गरी ८ पदक जितेर पुरुष तर्फ निभान समन अवाले र १० वटा स्वर्ण, एक एक वटा रजत र काँस्य गरी १२ पदक जितेर राइजा अवाले सर्वोत्कृट खेलाडी भएका हुन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही पाँच हजार पाँच सय पचपन्न रुपैयाँ ५५ पैसा प्रदान गरिएको थियो ।

आयोजकले अण्डर ८ का खेलाडी कौतिक शर्मा (रातो बंगला स्कुल ललितपुर) र विधि नेपाल (मेम्पल क्यानेडियन स्कुल) लाई इमर्जिङ खेलाडीको रुपमा अनि सक्षम पौडेल र जेनिश जीएमलाई योङ्गेष्ट खेलाडीको रुपमा सम्मान गरेको थियो । विजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरण दाज गौतम, नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, महासचिव ईश्वरकुमार कार्की, प्रतियोगिताको स्क्रिन पाटर्नर डर्मा अर्थका जीवन धमला, नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपाने, इभेन्ट डाइरेक्टर तथा क्लबका बरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारी, नेपालगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कमलकुमार कार्की, संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, क्लबका महासचिव कृष्णप्रसाद अधिकारी, कोषाध्यक्ष ऋषिराम कँडेल, सल्लाहकार शंकरप्रसाद खनाल लगायतले ट्रफी, मेडल, प्रमाण पत्र र पुरस्कार वितरण गरेका थिए ।

अन्डर ८ देखि अन्डर १७  तथा ओपन अर्थात १७ वर्ष भन्दा बढी उमेरका खेलाडीबीच पौडीका फ्रि स्टाइल, बेष्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाइ, रिले र ब्यक्तिगत मेड्ले गरी ६ छुट्टाछुटै विधाका ८० वटा इभेन्टमा भएका थिए । प्रतियोगितामा नेपालका सबै प्रदेशका साथै भारतको नयाँ दिल्ली र लखनउबाट गरी करिब १५० जना खेलाडीहरु सहभागी भएका थिए ।


प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  २२:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई
तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई
तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप सुरु, ११ स्वर्ण जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता
तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप सुरु, ११ स्वर्ण जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता
नेपालगञ्जमा कात्तिक १४ देखि तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै
नेपालगञ्जमा कात्तिक १४ देखि तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै
एनपीएलको तेस्रो संस्करण आजदेखि, लुम्बिनी र सुदूरपश्चिम रोयल्स भिड्दै
एनपीएलको तेस्रो संस्करण आजदेखि, लुम्बिनी र सुदूरपश्चिम रोयल्स भिड्दै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP