नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, कात्तिक ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • दिब्यज्योति पूर्व विद्यार्थी परिवार गठन, अध्यक्षमा नवीन गिरी
दिब्यज्योति पूर्व विद्यार्थी परिवार गठन, अध्यक्षमा नवीन गिरी
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक ५, २०८३ बागेश्वरी पोस्ट
दिब्यज्योति पूर्व विद्यार्थी परिवार गठन, अध्यक्षमा नवीन गिरी

कचिला (दाङ) । तुलसीपुर उपमहानगरपालिका–१२, कचिलास्थित दिब्यज्योति इङ्ग्लिश बोर्डिङ स्कुलबाट एसएलसी तथा एसईई उत्तीर्ण पूर्व विद्यार्थीहरूको भेलाले ‘दिब्यज्योति पूर्व विद्यार्थी परिवार’ गठन गरेको छ । विद्यालयले सोमबार पूर्व विद्यार्थी तथा पूर्व शिक्षकहरूको उपस्थितिमा आयोजना गरेको दसैं मिलन कार्यक्रममा पूर्व विद्यार्थी परिवार गठन गरिएको हो ।

वि.सं. २०५७ सालमा विद्यालयको पहिलो ब्याचबाट एसएलसी उत्तीर्ण गरेका नवीन गिरीको अध्यक्षतामा परिवार गठन गरिएको हो । २०५३ सालमा स्थापित विद्यालयमा गिरीले स्थापनाकालदेखि नै कक्षा ७ बाट अध्ययन गरेका थिए । गिरीले उक्त विद्यालयमा करिब तीन वर्ष शिक्षण समेत गरेका थिए । वरिष्ठ उपाध्यक्षमा सोही ब्याचका शरद शर्मा मजगैयाँ चयन भएका छन् । त्यस्तै, उपाध्यक्षमा २०५८ ब्याचका राजीव बस्नेत, महिला उपाध्यक्षमा डिना भण्डारी (२०७४), महासचिवमा युवराज केसी (२०६०), सचिवमा निर्मल केसी (२०६७) र कोषाध्यक्षमा हेमराज बस्नेत (२०६४) चयन भएका छन् ।

यसैगरी, सदस्यहरूमा अनन्त कुमार गौतम (२०५९), रोशन गिरी (२०६०), गणेश कुमार बस्नेत (२०६०), शशि शर्मा मजगैयाँ (२०६०), गौरव गिरी (२०६०), राममणि बस्नेत (२०६०), श्रीनारायण चौधरी (२०६१), इन्द्रा वली (२०६२), विशाल पोख्रेल (२०६४), सेवकराज आचार्य (२०६८), प्रविन ओली (२०६९), निशेष आचार्य (२०७२), सिर्जना डाँगी (२०७४), गरिमा केसी (२०७५), विनिशा ओली (२०७५), कृष्टि पुन मगर (२०७५), पूजा न्यौपाने (२०७८), स्रमिक्षा डाँगी (२०८०) र अनिश बस्नेत (२०८१) चयन भएका छन् ।

विद्यालयका सबै ब्याचको प्रतिनिधित्व सुनिश्चित गर्न बाँकी ब्याचबाट समेत सदस्य थप्दै परिवारलाई थप समावेशी र बृहत् बनाइने अध्यक्ष गिरीले बताए । परिवार गठनलगत्तै बसेको पहिलो बैठकले सल्लाहकार समिति गठन गरेको छ । समितिमा विद्यालय सञ्चालक समितिका अध्यक्ष शंकर गिरी, संस्थापक प्रधानाध्यापक प्रकाश डाँगी र पूर्व प्रधानाध्यापक एवम् शिक्षक इन्दिरा शर्मालाई चयन गरिएको महासचिव युवराज केसीले जानकारी दिए । बैठकले पूर्व विद्यार्थी परिवार गठनका लागि उत्प्रेरित गर्दै सहजीकरण गरेकोमा विद्यालय परिवारप्रति धन्यवाद समेत व्यक्त गरेको छ ।

दसैं मिलन कार्यक्रममा विद्यालय परिवार, पूर्व विद्यार्थी तथा पूर्व शिक्षकहरूबीच परिचयात्मक कार्यक्रमका साथै दसैंको शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा विद्यालयको स्थापना, विकास र शैक्षिक यात्रासँग जोडिएका पुराना स्मृतिहरू साटासाट गर्दै विद्यालय र पूर्व विद्यार्थीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा समेत जोड दिइएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष शक्तिकुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक प्रधानाध्यापक प्रकाश डाँगीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । विद्यालयको शैक्षिक यात्रामा योगदान पुर्‍याएका पूर्व विद्यार्थी तथा पूर्व शिक्षकलाई एउटै साझा संस्थामा आबद्ध गरी आपसी सम्बन्ध सुदृढ गर्ने, विद्यालयको विकासमा सहकार्य गर्ने र आगामी पुस्तालाई सकारात्मक योगदान दिन प्रेरित गर्ने उद्देश्यले पूर्व विद्यार्थी परिवार गठन गरिएको जनाइएको छ ।

विद्यालयका पूर्व प्रधानाध्यापक एवम् शिक्षक विनोद बस्नेतले सञ्चालन गरेको कार्यक्रममा सञ्चालक सदस्यहरू निमबहादुर केसी, दीपक आचार्य, झरना केसी गिरी, पूर्व प्रधानाध्यापक एवम् सञ्चालक सदस्य राजकुमार गौतम, सञ्चालक सदस्य तथा पूर्व प्रधानाध्यापक मनोज आचार्य, प्रधानाध्यापक रोशन गिरी तथा पूर्व शिक्षकहरू किरण डाँगी, तुल्सीराम शर्मा, थानेश्वर आचार्य, पोषण केसी, यज्ञबहादुर बस्नेत, रोमहर्ष न्यौपाने, तेजा गैरे, झपिलाल धिताल लगायतको उपस्थिति थियो ।


प्रकाशित मिति: बिहीबार, कात्तिक ५, २०८३  ११:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दिब्यज्योति पूर्व विद्यार्थी परिवार गठन, अध्यक्षमा नवीन गिरी
दिब्यज्योति पूर्व विद्यार्थी परिवार गठन, अध्यक्षमा नवीन गिरी
विद्यालयका शिक्षकलाई वृत्ति मार्गनिर्देशनसम्बन्धी सात दिने प्रशिक्षक प्रशिक्षण तालिम
विद्यालयका शिक्षकलाई वृत्ति मार्गनिर्देशनसम्बन्धी सात दिने प्रशिक्षक प्रशिक्षण तालिम
भोटेकोसी बाढीपीडितका लागि प्याब्सन बाँकेद्वारा ६५ लाख सहयोग
भोटेकोसी बाढीपीडितका लागि प्याब्सन बाँकेद्वारा ६५ लाख सहयोग
भोटेकोशी बाढीपीडितलाई प्रभात मेमोरियल हाई स्कुलको सहयोग
भोटेकोशी बाढीपीडितलाई प्रभात मेमोरियल हाई स्कुलको सहयोग
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP