Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • भोटेकोसी बाढीपीडितका लागि प्याब्सन बाँकेद्वारा ६५ लाख सहयोग
भोटेकोसी बाढीपीडितका लागि प्याब्सन बाँकेद्वारा ६५ लाख सहयोग
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, भदौ २५, २०८३ बागेश्वरी पोस्ट
भोटेकोसी बाढीपीडितका लागि प्याब्सन बाँकेद्वारा ६५ लाख सहयोग

नेपालगन्ज । भोटेकोसीमा आएको बाढीका कारण ज्यान गुमाएका, बेपत्ता तथा घाइते भएका र बाढीबाट प्रभावित परिवारका लागि निजी तथा आवासीय विद्यालयहरूको संगठन प्याब्सन बाँकेले करिब ६५ लाख रुपैयाँ राहत सहयोग गरेको छ ।

प्याब्सन बाँकेमा आबद्ध विभिन्न विद्यालयले विद्यार्थी, शिक्षक तथा अभिभावकबाट संकलन गरेको रकम बाढीपीडितका लागि सहयोग गरिएको हो । प्याब्सन बाँकेले बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी राहत सहयोगसम्बन्धी विवरण सार्वजनिक गरेको हो ।

प्याब्सन बाँकेका जिल्ला अध्यक्ष विकास बज्राचार्यका अनुसार जिल्लाका विभिन्न ७७ वटा विद्यालयले प्याब्सन बाँकेलाई ५३ लाख ४१ हजार ४ सय ६ रुपैयाँ हस्तान्तरण गरेका छन् । केही विद्यालयले भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै रकम जम्मा गरिसकेका छन् । बज्राचार्यले प्याब्सन बाँकेमा आबद्ध विद्यालयहरूबाट संकलित कुल रकम करिब ६५ लाख रुपैयाँ रहेको जानकारी दिए । केन्द्रबाट औपचारिक परिपत्र आउनुअघि नै केही विद्यालयले स्वतःस्फूर्त रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको उनले बताए ।

‘प्याब्सन केन्द्रबाट परिपत्र आउनुअघि नै केही विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वतःस्फूर्त रूपमा रकम जम्मा गरिसक्नुभएको थियो,’ उनले भने, ‘केन्द्रबाट परिपत्र आएपछि हामीले सबै विद्यालयलाई जानकारी गरायौं । त्यसपछि संस्थागत रूपमा बाढीपीडितका लागि सहयोग रकम संकलन भएको हो ।’

पत्रकार सम्मेलनमा प्याब्सन बाँकेका विपद् व्यवस्थापन संयोजक महेन्द्र शर्माले विभिन्न विद्यालयबाट संकलित रकमको चेक जिल्ला अध्यक्ष बज्राचार्यलाई हस्तान्तरण गरेका थिए । अध्यक्ष बज्राचार्यले उक्त चेक प्याब्सन केन्द्रीय प्राज्ञिक परिषद्का सदस्य डा. राजेश केशर खनाललाई हस्तान्तरण गरे ।

डा. खनालका अनुसार प्याब्सन बाँकेबाट प्राप्त रकम प्याब्सन केन्द्रीय समितिको खातामा जम्मा गरिनेछ । देशभरका विद्यालय तथा प्याब्सनका विभिन्न संरचनाबाट संकलित रकम एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने तयारी रहेको उनले बताए । ‘देशमा परेको महाविपद्का समयमा प्याब्सन सरकारको साथमा छ,’ उनले भने ।

प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार ऋषिकेश जिसीले भोटेकोसी बाढीले निम्त्याएको विपद्का कारण देशभरका नागरिक संवेदनशील बनेको बताए । राहत संकलनमा विद्यार्थी समेत सक्रिय भएको उल्लेख गर्दै उनले कतिपय विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर बाढीपीडितलाई सहयोग गरेको बताए ।

प्याब्सन केन्द्रीय समितिले देशभरबाट १० करोड रुपैयाँ संकलन गरी सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको प्याब्सन बाँकेका कोषाध्यक्ष प्रबीण गिरीले बताए । पत्रकार सम्मेलनमा विपद् व्यवस्थापन संयोजक शर्माले विभिन्न विद्यालयबाट संकलित सहयोग रकमको विवरण सार्वजनिक गरेका थिए । कार्यक्रममा प्याब्सन बाँकेका उपाध्यक्ष शरदचन्द्र रावलले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । 
 


प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  २०:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटेकोसी बाढीपीडितका लागि प्याब्सन बाँकेद्वारा ६५ लाख सहयोग
भोटेकोसी बाढीपीडितका लागि प्याब्सन बाँकेद्वारा ६५ लाख सहयोग
भोटेकोशी बाढीपीडितलाई प्रभात मेमोरियल हाई स्कुलको सहयोग
भोटेकोशी बाढीपीडितलाई प्रभात मेमोरियल हाई स्कुलको सहयोग
प्याब्सन बाँकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख बढी सहयोग पठाउँदै
प्याब्सन बाँकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख बढी सहयोग पठाउँदै
सिद्धार्थ विद्या सदनद्वारा बाढीपीडितका लागि १ लाख सहयोग
सिद्धार्थ विद्या सदनद्वारा बाढीपीडितका लागि १ लाख सहयोग
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP