नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • विद्यालयका शिक्षकलाई वृत्ति मार्गनिर्देशनसम्बन्धी सात दिने प्रशिक्षक प्रशिक्षण तालिम
विद्यालयका शिक्षकलाई वृत्ति मार्गनिर्देशनसम्बन्धी सात दिने प्रशिक्षक प्रशिक्षण तालिम
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज २६, २०८३ बागेश्वरी पोस्ट
विद्यालयका शिक्षकलाई वृत्ति मार्गनिर्देशनसम्बन्धी सात दिने प्रशिक्षक प्रशिक्षण तालिम

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका विद्यालयका शिक्षकहरूलाई वृत्ति मार्गनिर्देशन (करियर गाइडेन्स) सम्बन्धी सात दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । विद्यार्थीलाई आफ्नो रुचि, क्षमता, सीप र सम्भावनाका आधारमा उपयुक्त शैक्षिक तथा व्यावसायिक क्षेत्र छनोट गर्न सहयोग पुर्‍याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाको रोजगार, सीप तथा उद्यमशीलता केन्द्रको आयोजनामा तथा हेल्भेटास र Ensure को प्राविधिक सहयोगमा सञ्चालन भएको तालिममा नगरका १२ विद्यालयका २४ जना शिक्षक तथा उपमहानगरपालिकाका दुई जना कर्मचारी गरी २६ जनाको सहभागिता रहेको रोजगार सहायक अनुप बर्माले जानकारी दिए ।

तालिमको समापन समारोहमा नगर प्रमुख प्रशान्त विष्टले वृत्ति मार्गनिर्देशनले विद्यार्थीलाई आफ्नो भविष्यको लक्ष्य निर्धारण गर्न र त्यस अनुसार शिक्षा तथा सीप छनोट गर्न सहयोग पुर्‍याउने बताए । उनले विद्यार्थीको रुचि, क्षमता र सम्भावनालाई पहिचान गरी सही बाटो देखाउन सके उनीहरूलाई भविष्यमा उपयुक्त पेसा तथा व्यवसाय छनोट गर्न सहज हुने धारणा राखे ।

May be an image of one or more people, people studying, dais and text

नगर प्रमुख विष्टले विद्यालय तहदेखि नै विद्यार्थीलाई करियरसम्बन्धी परामर्श दिन आवश्यक रहेको उल्लेख गर्दै तालिमबाट सिकेका ज्ञान, सीप र विधिलाई कक्षा कोठा तथा विद्यालयस्तरमा प्रभावकारी रूपमा प्रयोग गर्न सहभागी शिक्षकहरूलाई आग्रह गरे । वृत्ति मार्गनिर्देशनले विद्यार्थीलाई भविष्यप्रति स्पष्ट दृष्टिकोण बनाउन, आफ्नो क्षमता पहिचान गर्न र रोजगारीका सम्भावनाबारे जानकारी लिन सहयोग पुग्ने उनको भनाइ थियो ।

तालिममा प्रशिक्षकद्वय शेष नारायण चालिसे र हंशराज पाण्डेले सहजीकरण गरेका थिए । तालिमका क्रममा वृत्ति मार्गनिर्देशनको अवधारणा, विद्यार्थीको रुचि तथा क्षमता पहिचान, करियर छनोटमा परामर्शको भूमिका र विद्यार्थीलाई सही शैक्षिक तथा व्यावसायिक बाटो पहिल्याउन सहजीकरण गर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।

समापन समारोहमा प्रशिक्षार्थी शान्ति गौतम र तस्बिर रावतले तालिम उपयोगी रहेको बताए । उनीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई विद्यालयमा विद्यार्थीको वृत्ति मार्गनिर्देशनका लागि प्रयोग गरिने धारणा राखे ।

त्यसैगरी Ensure का राजकुमार सेती महरले तालिमको उद्देश्य र उपयोगिताबारे प्रकाश पार्दै विद्यालय तहमा वृत्ति मार्गनिर्देशनको अभ्यासले विद्यार्थीलाई आफ्नो भविष्यको योजना बनाउन र उपलब्ध शैक्षिक तथा व्यावसायिक अवसरबारे बुझ्न सहयोग पुग्ने बताए । सहभागीहरुलाई नगर प्रमुख विष्टले प्रमाणपत्र वितरण गरेका थिए । 

रोजगार, सीप तथा उद्यमशीलता केन्द्रका प्रमुख मञ्जु ज्ञवालीले सहजीकरण गरेको समापन समारोहमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बम, शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापा, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतको उपस्थिति थियो ।

नेपालगन्ज उपमहानगरपालिकाले रोजगार, सीप तथा उद्यमशीलता केन्द्रमार्फत सञ्चालन गरेको यस कार्यक्रमले विद्यालय तहमा वृत्ति मार्गनिर्देशनसम्बन्धी सेवा विस्तार गर्न तथा विद्यार्थीलाई आफ्नो क्षमता र रुचि अनुसार भविष्यको बाटो पहिल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  २०:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विद्यालयका शिक्षकलाई वृत्ति मार्गनिर्देशनसम्बन्धी सात दिने प्रशिक्षक प्रशिक्षण तालिम
विद्यालयका शिक्षकलाई वृत्ति मार्गनिर्देशनसम्बन्धी सात दिने प्रशिक्षक प्रशिक्षण तालिम
भोटेकोसी बाढीपीडितका लागि प्याब्सन बाँकेद्वारा ६५ लाख सहयोग
भोटेकोसी बाढीपीडितका लागि प्याब्सन बाँकेद्वारा ६५ लाख सहयोग
भोटेकोशी बाढीपीडितलाई प्रभात मेमोरियल हाई स्कुलको सहयोग
भोटेकोशी बाढीपीडितलाई प्रभात मेमोरियल हाई स्कुलको सहयोग
प्याब्सन बाँकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख बढी सहयोग पठाउँदै
प्याब्सन बाँकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख बढी सहयोग पठाउँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP