नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, कात्तिक ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राप्तीसोनारीमा दुई कार ठोक्किँदा १ जनाको मृत्यु, ६ जना घाइते
राप्तीसोनारीमा दुई कार ठोक्किँदा १ जनाको मृत्यु, ६ जना घाइते
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक ७, २०८३ बागेश्वरी पोस्ट
राप्तीसोनारीमा दुई कार ठोक्किँदा १ जनाको मृत्यु, ६ जना घाइते

नेपालगञ्ज । बाँकेको राप्तीसोनारीमा दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्तीसोनारी गाउँपालिका–१ सौंरीमा शनिबार बिहान करिब ९ बजे दुई कार एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । प्रहरीका प्रवक्ता डिएसपी प्रतितसिंह राठोरका अनुसार शाहीको दुर्घटनामा परी मृत्यु भएको हो । दुर्घटनामा टेकबहादुर सवार कारका चालक डोटीको साविक मुदेगाउँ गाविस–७ का ४५ वर्षीय नरेन्द्रबहादुर शाही, ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाही घाइते भएका छन् । नरेन्द्रको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकलमा उपचार भइरहेको छ भने कुसुम र सुभमको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, अर्को कारमा सवार दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी पनि घाइते भएका छन् । उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । उक्त कारका चालक घोराही–७ सौडियारका ४० वर्षीय सम्राटनाथ योगीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार दाङको घोराहीबाट नेपालगञ्जतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार र विपरीत दिशाबाट पूर्वतर्फ जाँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार सौंरीमा ठोक्किएका थिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: शनिबार, कात्तिक ७, २०८३  १६:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्तीसोनारीमा दुई कार ठोक्किँदा १ जनाको मृत्यु, ६ जना घाइते
राप्तीसोनारीमा दुई कार ठोक्किँदा १ जनाको मृत्यु, ६ जना घाइते
लोककल्याणकारी विज्ञापन व्यवस्थित र पारदर्शी बनाउन कानुन निर्माण हुँदैछः सांसद थारु
लोककल्याणकारी विज्ञापन व्यवस्थित र पारदर्शी बनाउन कानुन निर्माण हुँदैछः सांसद थारु
बडादशैंको पहिलो दिन आज घटस्थापना
बडादशैंको पहिलो दिन आज घटस्थापना
कोहलपुर घटनामा पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण
कोहलपुर घटनामा पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP