नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • न्यू दर्पण र ब्रदर्स एफसी विजयी
न्यू दर्पण र ब्रदर्स एफसी विजयी
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज २९, २०८३ बागेश्वरी पोस्ट
न्यू दर्पण र ब्रदर्स एफसी विजयी

नेपालगन्ज । बाँकेको खजुरास्थित मिनी रंगशालामा जारी जिल्ला स्तरीय फुटबल प्रतियोगिता २०८३ अन्तर्गत बिहीबार सम्पन्न खेलमा न्यू दर्पण युवा स्पोर्ट्स क्लब ई गाउँ र ब्रदर्स एफसी डि गाउँ विजयी भएका छन् ।

पहिलो खेलमा न्यू दर्पणले आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबको ए टिमलाई २–० गोलले पराजित गरेको हो । न्यू दर्पणका तर्फबाट जर्सी नम्बर १० का विनोद चन्द र जर्सी नम्बर ७ का विमल बस्नेतले एक–एक गोल गरे । खेलमा उत्कृष्ट प्रदर्शन गरेका विनोद चन्द म्यान अफ द म्याच घोषित भए । उनले खजुरा मार्टको सौजन्यमा नगद पुरस्कार र मायाको चिनो प्राप्त गरे ।

यस्तै, बिहीबारकै दोस्रो खेलमा ब्रदर्स एफसी डि गाउँले न्यू हिमालय स्पोर्ट्स क्लबलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । ब्रदर्स एफसीका तर्फबाट जर्सी नम्बर १७ का विपिन सिजाली र जर्सी नम्बर १० का सञ्जीव शाहीले एक–एक गोलको योगदान दिए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार पनि दुई खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा अप्सरा एफसी र न्यू भद्रकाली स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा जय किसान स्पोर्ट्स क्लब र न्यू दर्पण युवा स्पोर्ट्स क्लब आमनेसामने हुनेछन् ।

न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा असोज २५ गतेदेखि सुरु भएको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

प्रतियोगितामा नेपालगन्ज न्युरो हस्पिटलले मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको क्लबका अध्यक्ष बालराम खत्रीले जानकारी दिए । प्रतियोगिताको पुरस्कार राशी क्लबका संरक्षक तथा खजुरा गाउँपालिका–४, डि गाउँ निवासी हाल अमेरिकामा रहेका समाजसेवी लीलबहादुर थापाले सौजन्य गरेका हुन् ।

प्रतियोगितामा १५ टोलीको सहभागिता रहेको क्लबका सचिव तेजेन्द्र योगीले जानकारी दिए ।


प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  २०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
न्यू दर्पण र ब्रदर्स एफसी विजयी
न्यू दर्पण र ब्रदर्स एफसी विजयी
ब्रोदर्स एफसी र एफसी अप्सरा कोहलपुर विजयी
ब्रोदर्स एफसी र एफसी अप्सरा कोहलपुर विजयी
न्यू डाँफे स्पोर्ट्स क्लब (बी) र जय किसान स्पोर्ट्स क्लब विजयी
न्यू डाँफे स्पोर्ट्स क्लब (बी) र जय किसान स्पोर्ट्स क्लब विजयी
बाँके जिल्ला स्तरीय फुटबलमा भद्रकाली र एन.के. स्पोर्ट्स विजयी
बाँके जिल्ला स्तरीय फुटबलमा भद्रकाली र एन.के. स्पोर्ट्स विजयी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP