नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • न्यू डाँफे स्पोर्ट्स क्लब (बी) र जय किसान स्पोर्ट्स क्लब विजयी
न्यू डाँफे स्पोर्ट्स क्लब (बी) र जय किसान स्पोर्ट्स क्लब विजयी
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज २७, २०८३ बागेश्वरी पोस्ट
न्यू डाँफे स्पोर्ट्स क्लब (बी) र जय किसान स्पोर्ट्स क्लब विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जारी जिल्ला स्तरीय फुटबल प्रतियोगितामा मंगलबार भएका खेलमा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लब (बी) र जय किसान स्पोर्ट्स क्लब विजयी भएका छन् ।

न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा न्यू डाँफे (बी) ले एनके स्पोर्ट्स क्लबलाई ५–२ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । न्यू डाँफेको जितमा विपिन थापाले उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गरे भने निराजन शाहीले एक गोल थपे ।

May be an image of soccer, football and text

त्यस्तै, मंगलबारकै अर्को खेलमा जय किसान स्पोर्ट्स क्लबले नवज्योति युवा स्पोर्ट्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्‍यो । जय किसनको जितमा अतिस सुनारले दुई गोल गरे भने सुदीप विकले एक गोल गरे ।

बुधबार पनि प्रतियोगिता अन्तर्गत दुई खेल हुने आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालराम खत्रीले जानकारी दिए । बुधबारको पहिलो खेलमा चन्द्रज्योति युवा क्लब र ब्रदर्स एफसी आमनेसामने हुनेछन् । दोस्रो खेलमा एफसी सिमलघारी र अकसेरा एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

दसैं तथा तिहारको अवसर पारेर असोज २५ गतेदेखि सुरु भएको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा बाँके जिल्लाका खेलाडीले मात्र सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ । प्रतियोगितामा १५ टोली सहभागी रहेको क्लबका सचिव तेजेन्द्र योगीले जानकारी दिए ।

प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

प्रतियोगितामा नेपालगन्ज न्युरो हस्पिटलले मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ । प्रतियोगिताको पुरस्कार राशी क्लबका संरक्षक तथा खजुरा गाउँपालिका–४, डी गाउँ निवासी हाल अमेरिकामा रहेका समाजसेवी लिलबहादुर थापाले सौजन्य गरेका हुन् ।

प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा उजागर गर्नुका साथै जिल्लामा फुटबल खेलको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ ।


प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  २१:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
न्यू डाँफे स्पोर्ट्स क्लब (बी) र जय किसान स्पोर्ट्स क्लब विजयी
न्यू डाँफे स्पोर्ट्स क्लब (बी) र जय किसान स्पोर्ट्स क्लब विजयी
बाँके जिल्ला स्तरीय फुटबलमा भद्रकाली र एन.के. स्पोर्ट्स विजयी
बाँके जिल्ला स्तरीय फुटबलमा भद्रकाली र एन.के. स्पोर्ट्स विजयी
बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा न्यू हिमालय विजयी
बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा न्यू हिमालय विजयी
गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई
गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP