नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • कृषि प्रविधि हस्तान्तरण कार्यक्रम खजुरामा सम्पन्न
कृषि प्रविधि हस्तान्तरण कार्यक्रम खजुरामा सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असोज २४, २०८३ बागेश्वरी पोस्ट
कृषि प्रविधि हस्तान्तरण कार्यक्रम खजुरामा सम्पन्न

नेपालगन्ज । कृषि अनुसन्धान निर्देशनालय, खजुरा बाँकेले लुम्बिनी प्रदेशमा कृषि प्रविधि हस्तान्तरणलाई प्रभावकारी बनाउने उद्देश्यले प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपालमा कृषि प्रविधि हस्तान्तरणको अवस्था कमजोर रहेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका थिए । उनीहरूका अनुसार नेपालमा प्रविधि हस्तान्तरण सेवा २.१ प्रतिशतमा सीमित रहेकाले अनुसन्धानबाट प्राप्त प्रविधि किसानसम्म पुर्‍याउन प्रभावकारी पहल आवश्यक छ ।

कृषि अनुसन्धान निर्देशनालय, खजुराका निर्देशक डा. बन्धुराज बरालको अध्यक्षता तथा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को पशु तथा मत्स्य अनुसन्धान निर्देशनालयकी निर्देशक डा. निना अमात्य गोर्खालीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नार्कको अनुगमन तथा मूल्याङ्कन महाशाखाका वैज्ञानिक विवेक सापकोटाले प्रविधि हस्तान्तरणसम्बन्धी अभिमुखीकरण प्रस्तुति गरेका थिए । नार्क अन्तर्गतका कार्यालयमार्फत लुम्बिनी प्रदेशमा सञ्चालन गरिने क्रियाकलापबारे कृषि अनुसन्धान निर्देशनालय, खजुराका वैज्ञानिक रविन गिरीले जानकारी गराएका थिए । त्यसैगरी, नार्कको योजना महाशाखाका कम्प्युटर अधिकृत प्रदीप कार्कीले कृषिका समस्या दर्ता प्रणालीको नमुना प्रदर्शन (डेमो) सहित प्रस्तुति गरेका थिए । कार्यक्रममा प्रविधि हस्तान्तरणका लागि स्थानीय तह छनोट गर्ने, सरोकारवालासँग सहकार्य र सहलगानीका अवसर खोज्ने, किसानका समस्या पहिचान गर्ने विधि तथा उपकरणको प्रदर्शन गर्ने र छनोट भएका पालिकामा पहिचान गरिएका कृषि समस्यालाई नार्कको वेबसाइटमार्फत दर्ता गर्ने विषयमा छलफल गरिएको थियो ।

साथै, सम्बन्धित पालिकाका कृषि प्राविधिकको क्षमता अभिवृद्धि गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको थियो । कृषि अनुसन्धान निर्देशनालय, खजुराका वैज्ञानिक गिरीले उपलब्ध प्रविधि तथा ‘वालिका’ जातका बारेमा प्रस्तुति गरेका थिए । उनले प्रविधि हस्तान्तरणका लागि छनोट गरिएका पालिकाका किसानलाई मिनी किट वितरण गर्नुका साथै ठूलो क्षेत्रफलमा प्रविधिको प्रदर्शन गरिने जानकारी दिए ।

प्रविधि हस्तान्तरण कार्यक्रम प्रभावकारी बनाउन किसान, स्थानीय तह, कृषि प्राविधिक तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै वैज्ञानिक गिरीले सबै सरोकारवालाको सहभागिता र अपनत्व हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कृषि विकास निर्देशनालय, बुटवलका महानिर्देशक रामप्रसाद पाण्डे, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, बुटवलका महानिर्देशक भास्कर पौडेल लगायत लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र प्युठान जिल्लाका प्रतिनिधिहरूको सहभागिता थियो ।

 


प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  ०६:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कृषि प्रविधि हस्तान्तरण कार्यक्रम खजुरामा सम्पन्न
कृषि प्रविधि हस्तान्तरण कार्यक्रम खजुरामा सम्पन्न
दसैंलाई लक्षित गर्दै हुवावेको विशेष अफर, ३५ सयसम्म छुट र फ्रीबड्स एसई २ उपहार
दसैंलाई लक्षित गर्दै हुवावेको विशेष अफर, ३५ सयसम्म छुट र फ्रीबड्स एसई २ उपहार
अनरको चाडपर्व अफर : दैनिक १३ जनालाई उपहार, ८ जनालाई थाइल्यान्ड यात्रा
अनरको चाडपर्व अफर : दैनिक १३ जनालाई उपहार, ८ जनालाई थाइल्यान्ड यात्रा
नेपालमा पनि लोकप्रिय बन्दै हुवावे, विश्व स्मार्टवाच बजारमा नम्बर १
नेपालमा पनि लोकप्रिय बन्दै हुवावे, विश्व स्मार्टवाच बजारमा नम्बर १
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP