नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बडादशैंको पहिलो दिन आज घटस्थापना
बडादशैंको पहिलो दिन आज घटस्थापना
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज २५, २०८३ बागेश्वरी पोस्ट
बडादशैंको पहिलो दिन आज घटस्थापना

नेपालगन्ज । नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै यस वर्षको दशैं पर्व आरम्भ भएको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान ११ बजेर ४७ मिनेटमा घटस्थापनाको उत्तम साइत रहेको छ । दिनभर चित्रा नक्षत्र पर्ने भएकाले शास्त्रीय मान्यता अनुसार मध्याह्नकालको अभिजित् मुहूर्तमा साइत निर्धारण गरिएको समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए ।

सूर्योदयका बेला प्रतिपदा तिथि परेको दिन घटस्थापना गर्नुपर्ने धार्मिक मान्यता अनुसार आजकै दिन घटस्थापनाको निर्णय गरिएको उनले बताए । सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्नुपर्ने भन्दै फैलाइएको चर्चा शास्त्रसम्मत नभएको उनको भनाइ छ ।

घटस्थापनाका दिन घरघरमा पूजा कोठा वा दशैंघरमा दियो, कलश र गणेश स्थापना गरी दुर्गा भवानीको पूजा गरिन्छ । शुद्ध स्थानबाट ल्याइएको बालुवा वा माटोमा जौ छरेर जमरा राख्ने परम्परा छ । जौको अंकुरलाई देवी दुर्गाको प्रिय वस्तु मानिने भएकाले नौ दिनसम्म पूजा आराधना गरी दशमीका दिन टीका र प्रसादसँगै पहेँलो जमरा ग्रहण गरिन्छ ।

घटस्थापनादेखि विजया दशमीसम्मको नौ दिनलाई नवरात्र भनिन्छ । यस अवधिमा देवी दुर्गाका नौ स्वरूप—शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको क्रमशः पूजा आराधना गरिन्छ ।

दशैंको सातौँ दिन फूलपाती भित्र्याउने चलन छ भने महाअष्टमी र महानवमीमा विभिन्न शक्तिपीठ, कोत तथा दशैंघरमा विशेष पूजाआजा गरिन्छ । नवरात्रका अवसरमा दुर्गा सप्तशती, चण्डी, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थको पाठ गर्ने परम्परा पनि छ ।

यस समयमा नेपालगन्जको बागेश्वरी मन्दिर लगायतका शक्तिपीठमा भक्तजनको चहलपहल बढ्ने गर्छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा दशैं मनाउने गरिन्छ । धार्मिक तथा सांस्कृतिक आस्थासँग जोडिएको यो पर्वमा परिवारका सदस्य तथा आफन्तबीच भेटघाट, टीका र जमरा आदानप्रदान गर्ने परम्परा छ ।

यस वर्षको विजया दशमी अर्थात् टीका कात्तिक ४ गते परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत सो दिन बिहान १० बजेर २६ मिनेटका लागि निर्धारण गरेको छ ।


प्रकाशित मिति: आइतबार, असोज २५, २०८३  ०६:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बडादशैंको पहिलो दिन आज घटस्थापना
बडादशैंको पहिलो दिन आज घटस्थापना
कोहलपुर घटनामा पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण
कोहलपुर घटनामा पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण
मिथ्या सूचना नियन्त्रणमा नागरिक सचेतना नै प्रभावकारी उपाय
मिथ्या सूचना नियन्त्रणमा नागरिक सचेतना नै प्रभावकारी उपाय
नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस दाउन्नेमा दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस दाउन्नेमा दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP