नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मिथ्या सूचना नियन्त्रणमा नागरिक सचेतना नै प्रभावकारी उपाय
मिथ्या सूचना नियन्त्रणमा नागरिक सचेतना नै प्रभावकारी उपाय
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज १९, २०८३ बागेश्वरी पोस्ट
मिथ्या सूचना नियन्त्रणमा नागरिक सचेतना नै प्रभावकारी उपाय

नेपालगन्ज । मिथ्या सूचनाको बढ्दो प्रवाह, त्यसले समाजमा पारिरहेको प्रभाव तथा यसको नियन्त्रणका उपायबारे सोमबार नेपालगन्जमा पत्रकारहरूसँग अन्तरक्रिया गरिएको छ । कार्यक्रममा नागरिकको बुझाइ र विज्ञको धारणाबीचको अवस्था, मिथ्या सूचना फैलिने माध्यम तथा त्यसबाट जोगिन अपनाउनुपर्ने उपायबारे छलफल गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा पत्रकार तथा अनुसन्धानकर्ता तिलक पाठकले ‘मिथ्या सूचनाबारे नागरिक अभिमत र विज्ञको धारणा’ सम्बन्धी सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले सर्वेक्षणका क्रममा प्राप्त तथ्यांक र नागरिक तथा विज्ञसँग गरिएको अध्ययनका आधारमा नेपालमा मिथ्या सूचना गम्भीर सामाजिक समस्याका रूपमा देखापरेको बताए ।

पाठकका अनुसार मिथ्या सूचना फैलाउने प्रमुख माध्यम सामाजिक सञ्जाल बनेको छ । सामाजिक सञ्जालको व्यापक पहुँच, सूचनाको तत्काल प्रसारण र सामग्रीको सत्यता परीक्षण नगरी शेयर गर्ने प्रवृत्तिका कारण मिथ्या सूचना तीव्र गतिमा फैलिने गरेको उनले बताए ।

उनले विशेषगरी बेनामी तथा नक्कली अकाउन्टबाट मिथ्या सूचना फैलाउने क्रम बढी रहेको तथ्य प्रस्तुत गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले सूचना प्राप्त गर्ने बित्तिकै त्यसलाई विश्वास गर्ने वा शेयर गर्ने भन्दा पहिले त्यसको स्रोत र सत्यता परीक्षण गर्नुपर्नेमा जोड दिए ।

मिथ्या सूचना भएको थाहा पाएपछि त्यसलाई थप फैलाउन नदिने मात्र नभई सम्बन्धित सामाजिक सञ्जाल प्लेटफर्ममा उजुरी तथा रिपोर्ट गर्नुपर्ने पाठकले बताए । गलत सूचना फैलाउने अकाउन्ट तथा सामग्रीविरुद्ध समयमै रिपोर्ट गर्ने अभ्यासले मिथ्या सूचनाको विस्तार रोक्न सहयोग पुग्ने उनको भनाइ थियो ।

उनले मिथ्या सूचना नियन्त्रणका लागि तथ्य जाँच (फ्याक्ट चेक) गर्ने संस्कृति विकास गर्नुपर्ने बताए । सामाजिक सञ्जालमा देखिएका वा प्राप्त भएका सबै सूचना सत्य नहुने भएकाले कुनै पनि सामग्रीलाई विश्वास गर्नुअघि त्यसको स्रोत, सन्दर्भ, मिति र प्रमाण जाँच गर्नुपर्ने उनले बताए ।

“मिथ्या सूचना नियन्त्रणका लागि केवल सञ्चारमाध्यम वा पत्रकार जिम्मेवार भएर पुग्दैन, हरेक नागरिक सचेत हुन आवश्यक छ,” पाठकले भने । नागरिकमा सूचना साक्षरता र सचेतना बढाउन सके मिथ्या सूचनाको प्रवाहलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने उनको धारणा थियो ।

उनले नागरिक सचेतनालाई मिथ्या सूचनाको प्रवाह रोक्ने सबैभन्दा प्रभावकारी उपायमध्ये एकका रूपमा प्रस्तुत गर्दै विद्यालय तहदेखि नै सूचना तथा सञ्चार साक्षरता बढाउनुपर्ने आवश्यकता औंल्याए । सामाजिक सञ्जालको प्रयोग बढ्दै गएको अवस्थामा सूचना ग्रहण, मूल्यांकन र शेयर गर्ने विषयमा नागरिकलाई जिम्मेवार बनाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी पत्रकारहरूले पनि नेपालगन्ज तथा आसपासका क्षेत्रमा समाचार संकलन र सामाजिक सञ्जाल प्रयोगका क्रममा आफूहरूले भोगेका अनुभव तथा मिथ्या सूचनासँग सम्बन्धित उदाहरणहरू प्रस्तुत गरेका थिए । पत्रकारहरूले कतिपय अवस्थामा अपुष्ट सूचना सामाजिक सञ्जालमार्फत तीव्र रूपमा फैलिने र त्यसको प्रभाव वास्तविक समाचार भन्दा बढी पर्ने गरेको अनुभव सुनाए ।

उनीहरूले पत्रकारिता क्षेत्रमा तथ्य पुष्टि, स्रोतको विश्वसनीयता परीक्षण र जिम्मेवार समाचार सम्प्रेषण अझ महत्वपूर्ण बन्दै गएको बताए । सामाजिक सञ्जालमा भाइरल भएका सामग्रीलाई समाचारको आधार बनाउँदा थप सावधानी अपनाउनुपर्नेमा समेत सहभागी पत्रकारहरूले जोड दिएका थिए ।
 


प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  २१:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर घटनामा पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण
कोहलपुर घटनामा पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण
मिथ्या सूचना नियन्त्रणमा नागरिक सचेतना नै प्रभावकारी उपाय
मिथ्या सूचना नियन्त्रणमा नागरिक सचेतना नै प्रभावकारी उपाय
नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस दाउन्नेमा दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस दाउन्नेमा दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
लुम्बिनीमा गरिबीको दर २४.३५ प्रतिशत, बाँकेमा नरैनापुरमा सबैभन्दा बढी गरिबी
लुम्बिनीमा गरिबीको दर २४.३५ प्रतिशत, बाँकेमा नरैनापुरमा सबैभन्दा बढी गरिबी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP