नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोहलपुर घटनामा पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण
कोहलपुर घटनामा पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज १९, २०८३ बागेश्वरी पोस्ट
कोहलपुर घटनामा पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण

नेपालगन्ज । बाँकेको कोहलपुरस्थित एक मेडिकलमा युवतीको स्वास्थ्य चेकजाँचका क्रममा भएको भनिएको घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न सामग्री सार्वजनिक भइरहेका बेला पत्रकार तथा पत्रकारितालाई समेत अनावश्यक रूपमा जोड्ने काम भएको भन्दै नेपाल पत्रकार महासंघ बाँके शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

महासंघ बाँकेका सचिव कृष्ण ओलीद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकारिता सत्य, तथ्य, सन्तुलन र जिम्मेवारीमा आधारित पेशा भएकाले समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता पालना गर्न तथा घटनासँग जोडिएका व्यक्तिको गोपनीयता, मर्यादा र संवेदनशीलताको सम्मान गर्न आग्रह गरिएको छ ।

विशेषगरी युवती तथा संवेदनशील प्रकृतिका घटनामा पहिचान खुल्ने विवरण, तस्बिर वा भिडिओ सार्वजनिक गर्दा थप क्षति पुग्न सक्ने भएकाले सञ्चारमाध्यम र पत्रकारलाई विशेष सतर्कता अपनाउन महासंघले आग्रह गरेको छ ।

महासंघले मिडियाका नाममा तथ्य पुष्टि नगरी भिडिओ सामग्री प्रसारण गर्ने, संवेदनशील विषयलाई सनसनीपूर्ण बनाउने तथा भ्यूज, फलोअर्स वा आर्थिक लाभ प्राप्त गर्ने उद्देश्यले सामग्री उत्पादन तथा प्रसारण गर्ने प्रवृत्ति पत्रकारिताको मर्यादासँग मेल नखाने जनाएको छ ।

यस्तो प्रवृत्तिले पत्रकारिताको विश्वसनीयता र मर्यादामाथि प्रश्न उठाउने तथा पत्रकारिताप्रतिको जनविश्वास कमजोर बनाउने भएकाले सम्बन्धित सबैलाई जिम्मेवार र संयमित बन्न महासंघले आग्रह गरेको छ ।

सामाजिक सञ्जालमा व्यक्तिगत रूपमा पोस्ट वा प्रसारित भएको प्रत्येक सामग्री पत्रकार वा सञ्चारमाध्यमले तयार गरेको नहुने भन्दै महासंघले सामाजिक सञ्जालमा देखिएका सामग्रीकै आधारमा समग्र पत्रकारिता र पत्रकारलाई आरोपित गर्नु उचित नहुने स्पष्ट पारेको छ । कुनै व्यक्ति वा संस्थाबाट पत्रकार आचारसंहिता विपरीत कार्य भएको भए त्यसको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने महासंघको भनाइ छ ।

महासंघले घटनालाई सूक्ष्म रूपमा नियालिरहेको जनाउँदै पत्रकारिता र सञ्चारमाध्यमको नाम प्रयोग गरी आचारसंहिता तथा पत्रकारिताका आधारभूत मूल्य विपरीत गतिविधि भएको पाइए आवश्यक अध्ययन गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने जनाएको छ ।

महासंघका सदस्यबाटै अवाञ्छित गतिविधि भएको पुष्टि भएमा कुनै पनि बहानामा संरक्षण नगरी तथ्यका आधारमा आवश्यक संस्थागत पहल गरिने पनि विज्ञप्तिमा उल्लेख छ । साथै, कुनै व्यक्ति वा संस्थाको कमजोरीलाई आधार बनाएर समग्र पत्रकार, सञ्चारमाध्यम वा नेपाल पत्रकार महासंघलाई एउटै डालोमा राखेर नहेर्न महासंघले आग्रह गरेको छ ।

महासंघले पत्रकार तथा सञ्चारमाध्यमलाई भ्यूज र आर्थिक लाभ भन्दा सत्य, तथ्य, सामाजिक उत्तरदायित्व र पत्रकारिताको मूल धर्मलाई प्राथमिकता दिन तथा सामाजिक सञ्जाल प्रयोगकर्ता र आम नागरिकलाई समेत अपुष्ट एवं संवेदनशील सामग्रीको प्रचार–प्रसार नगर्न अपील गरेको छ ।


प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  २१:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर घटनामा पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण
कोहलपुर घटनामा पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण
मिथ्या सूचना नियन्त्रणमा नागरिक सचेतना नै प्रभावकारी उपाय
मिथ्या सूचना नियन्त्रणमा नागरिक सचेतना नै प्रभावकारी उपाय
नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस दाउन्नेमा दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस दाउन्नेमा दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
लुम्बिनीमा गरिबीको दर २४.३५ प्रतिशत, बाँकेमा नरैनापुरमा सबैभन्दा बढी गरिबी
लुम्बिनीमा गरिबीको दर २४.३५ प्रतिशत, बाँकेमा नरैनापुरमा सबैभन्दा बढी गरिबी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP