नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • नेपालगन्जमा आइतबारदेखि १५९औँ रामलीला महामहोत्सव, तयारी पूरा
नेपालगन्जमा आइतबारदेखि १५९औँ रामलीला महामहोत्सव, तयारी पूरा
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असोज २४, २०८३ बागेश्वरी पोस्ट
नेपालगन्जमा आइतबारदेखि १५९औँ रामलीला महामहोत्सव, तयारी पूरा

नेपालगन्ज । नेपालगन्जको ऐतिहासिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित रामलीला महामहोत्सवको १५९औँ शृङ्खला आइतबारदेखि सञ्चालन हुँदैछ रामलीला सञ्चालक समिति, नेपालगन्जले शनिबार पत्रकार सम्मेलन गरेर असोज २५ गते घटस्थापनादेखि रामलीला मञ्चन गर्ने तयारी पूरा गरेको जनाएको छ ।

समितिका अध्यक्ष सन्तोष कुमार कनोडियाका अनुसार दस दिनसम्म सञ्चालन हुने रामलीला महामहोत्सवको मञ्चन नेपालगन्जस्थित रामलीला मैदानमा हुनेछ । कार्यक्रमको विधिवत् शुभारम्भ असोज २५ गते आइतबार दिउँसो २ बजे शोभायात्रासहित गरिनेछ भने औपचारिक समुद्घाटन राति ८ बजे नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले गर्ने कार्यक्रम तय भएको छ ।

रामलीला मञ्चनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको समितिले जनाएको छ । मञ्च, प्रकाश, कार्यक्रमस्थलको सरसफाइ तथा कलाकारहरूको बसोबास लगायतका व्यवस्थापनका काम भइरहेको अध्यक्ष कनोडियाले जानकारी दिए । कलाकारहरूको सुरक्षालाई समेत विशेष प्राथमिकता दिइएको उनले बताए ।

हरेक दिन साँझ ८ बजेदेखि राति १२ बजेसम्म रामलीला मञ्चन गरिनेछ । भगवान् श्रीराम र माता सीताको जीवनमा आधारित विभिन्न धार्मिक तथा पौराणिक कथालाई नाटकीय रूपमा प्रस्तुत गरिने समितिले जनाएको छ । रामलीलाका क्रममा श्रीराम जन्मोत्सव, धनुष यज्ञ, रावण वध, भरत मिलाप र शुभ राज्याभिषेक लगायतका महत्वपूर्ण प्रसङ्ग आकर्षणका रूपमा रहने प्रचारमन्त्री आदित्य गुप्ताले जानकारी दिए ।

यस वर्षको रामलीला मञ्चनका लागि भारतको वृन्दावनबाट राधारमणको नेतृत्वमा २५ जनाको कलाकार टोली नेपालगन्ज आइसकेको समितिले जनाएको छ । उक्त टोलीले विभिन्न धार्मिक पात्रको भूमिका निर्वाह गर्दै रामायणका महत्वपूर्ण प्रसङ्गलाई जीवन्त रूपमा प्रस्तुत गर्नेछ ।

१५८ बर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको रामलीला नेपालगन्जको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको महोत्सव हो । यसले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै कला, संस्कृति र सामाजिक एकताको सन्देश प्रवाह गर्दै आएको छ । 

समितिले रामलीला महामहोत्सवलाई भव्य, सभ्य र व्यवस्थित बनाउन सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई प्रचारप्रसारमा सहयोग गर्न अपिल गरेको छ । रामलीला मञ्चनलाई थप प्रभावकारी बनाउन सामूहिक सहभागिता र सहकार्य आवश्यक रहेको अध्यक्ष कनोडियाले बताए । 
 


प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  १९:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा आइतबारदेखि १५९औँ रामलीला महामहोत्सव, तयारी पूरा
नेपालगन्जमा आइतबारदेखि १५९औँ रामलीला महामहोत्सव, तयारी पूरा
यस वर्षको दशैंको टीकाको उत्तम साइत विहान १०:२६ बजे
यस वर्षको दशैंको टीकाको उत्तम साइत विहान १०:२६ बजे
‘दहाड’ का लागि नवीन अभिलाषीलाई ‘सनत रचना कथा सम्मान-२०८२’
‘दहाड’ का लागि नवीन अभिलाषीलाई ‘सनत रचना कथा सम्मान-२०८२’
निर्मल थापाको कविता संग्रह ‘जेन्जी काल’ को नेपालगन्जमा गृह विमोचन
निर्मल थापाको कविता संग्रह ‘जेन्जी काल’ को नेपालगन्जमा गृह विमोचन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP