नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा न्यू हिमालय विजयी
बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा न्यू हिमालय विजयी
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज २६, २०८३ बागेश्वरी पोस्ट
बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा न्यू हिमालय विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा खजुरा मिनी रंगशाला, डी-गाउँमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा न्यू हिमालय एफसी, एफ गाउँ विजयी भएको छ । उद्घाटन खेलमा न्यू हिमालयले मोडल एफसी, सी गाउँलाई १–० गोल अन्तरले पराजित गरेको हो । न्यू हिमालयका जर्सी नम्बर १३ का खेलाडी बवी पुन मगरले निर्णायक गोल गरेका थिए ।

क्लबका अध्यक्ष बालाराम खत्रीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन खजुरा गाउँपालिकाका कार्यवाहक अध्यक्ष धनराम वलीले रेफ्रीलाई बल हस्तान्तरण गरेर गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष वलीले जिल्ला स्तरीय प्रतियोगिताले बाँकेका खेलाडीको पहिचान स्थापित गर्न मद्दत पुग्ने बताए । उनले खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिता नियमित रूपमा आयोजना गर्नुपर्नेमा जोड दिए ।

खजुरा गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर रोका क्षेत्रीले आफ्नो वडामा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका खेलकुद प्रतियोगिता आयोजना भइरहेकामा खुसी व्यक्त गरे । उनले खेलाडी उत्पादनलाई वडा सरकारले प्राथमिकतामा राखेको बताए । त्यस्तै, गाउँपालिका कार्यपालिका सदस्य तथा सामाजिक विकास संयोजक कृष्णा पोखरेलले खजुरा फुटबलको हबका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै यस क्षेत्रको खेलकुद विकासका लागि थप पहल आवश्यक रहेको बताइन् ।

खजुरा गाउँपालिका खेलकुद विकास परिषद्का सदस्य सचिव छवि विष्टले प्रतियोगितालाई दोस्रो खजुरा गोल्डकपको तयारीका रूपमा लिइएको बताए । आगामी गोल्डकपमा सहभागी हुने अधिकांश खेलाडी यसै प्रतियोगिताबाट छनोट हुने अपेक्षा गरिएको उल्लेख गर्दै उनले खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे । खजुराकी युवा समाजसेवी मिरा खनालले युवालाई सही मार्गमा डोर्‍याउन खेलकुदले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।

प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टोलीले ३१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालगन्ज न्युरो हस्पिटलले मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको क्लबका अध्यक्ष खत्रीले जानकारी दिए । प्रतियोगिताको पुरस्कार रकम खजुरा गाउँपालिका–४, डी गाउँका स्थायी बासिन्दा तथा हाल अमेरिकामा रहेका क्लबका संरक्षक लीलबहादुर थापाले सौजन्य गरेका हुन् । थापाले यसअघि आयोजित खजुरा गोल्डकपमा पनि प्रथम पुरस्कारस्वरूप सात लाख रुपैयाँ प्रदान गरेका थिए ।

प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुने क्लबका सदस्य तथा मिडिया संयोजक खगेन्द्र दाहालले जानकारी दिए । प्रतियोगितामा बाँकेका १५ टोली सहभागी रहेको क्लबका सचिव तेजेन्द्र योगीले बताए । दसैँ–तिहारको अवसर पारेर आइतबारदेखि सुरु भएको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुने क्लबका उपाध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।


प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  ११:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा न्यू हिमालय विजयी
बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा न्यू हिमालय विजयी
गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई
गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP