नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • बाँके जिल्ला स्तरीय फुटबलमा भद्रकाली र एन.के. स्पोर्ट्स विजयी
बाँके जिल्ला स्तरीय फुटबलमा भद्रकाली र एन.के. स्पोर्ट्स विजयी
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज २६, २०८३ बागेश्वरी पोस्ट
बाँके जिल्ला स्तरीय फुटबलमा भद्रकाली र एन.के. स्पोर्ट्स विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जारी बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिताको दोस्रो दिन न्यू भद्रकाली स्पोर्ट्स क्लब र एन.के. स्पोर्टस क्लब विजयी भएका छन् ।

न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा खजुरास्थित मिनी रंगशाला, डी गाउँमा सञ्चालन भइरहेको प्रतियोगितामा सोमबार भएका दुई खेलबाट भद्रकाली र एन.के. स्पोर्ट्सले जित निकालेका हुन् । जिल्लाका खेलाडीले मात्र सहभागिता जनाउन पाउने प्रतियोगितामा १५ टिम सहभागी छन् ।

पहिलो खेलमा न्यू भद्रकाली स्पोर्ट्स क्लबले न्यू बागमती स्पोर्ट्स क्लबलाई पराजित गर्‍यो । प्रतिस्पर्धात्मक खेलमा न्यू भद्रकालीका जर्सी नम्बर ७ का खेलाडी निशान्त राना मगरले खेलको अन्तिम समयमा गोल गर्दै आफ्नो टोलीलाई जित दिलाए ।

सोमबार भएको दोस्रो खेलमा एन.के. स्पोर्ट्स क्लब र भगवती स्पोर्ट्स क्लबबीचको निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय ट्राइब्रेकरबाट लिइएको थियो । ट्राइब्रेकरमा एन.के. स्पोर्ट्स क्लबले चार गोल गर्दा भगवती स्पोर्ट्स क्लबले दुई गोल मात्र गर्न सक्यो । त्यससँगै एन.के. स्पोर्ट्सले जित सुनिश्चित गरेको आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालाराम खत्रीले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत मंगलबार पनि दुई खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा जय किसान स्पोर्ट्स क्लब र नवज्योति युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो २ बजेपछि सुरु हुनेछ । त्यसैगरी, दोस्रो खेलमा न्यू डाँफे स्पोर्ट्स क्लब (बी) र एन.के. स्पोर्ट्स क्लब आमनेसामने हुने अध्यक्ष खत्रीले जानकारी दिए ।

प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टोलीलाई ३१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालगन्ज न्यूरो हस्पिटलले मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ । यस्तै, खजुरा गाउँपालिका–४, डी गाउँका संरक्षक तथा हाल अमेरिकामा रहेका समाजसेवी लीलबहादुर थापाले प्रतियोगिताको पुरस्कार राशि सौजन्य गरेका छन् ।

दसैँ र तिहारको अवसर पारेर आइतबारदेखि सुरु भएको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुने न्यू डाँफे स्पोर्ट्स क्लबका उपाध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए । प्रतियोगिताले जिल्लाभित्रका फुटबल खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीयस्तरमा फुटबल खेलको विकासमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

क्लबका सचिव तेजेन्द्र योगीका अनुसार प्रतियोगितामा बाँकेका १५ टिमले सहभागिता जनाएका छन् ।


प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  १९:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके जिल्ला स्तरीय फुटबलमा भद्रकाली र एन.के. स्पोर्ट्स विजयी
बाँके जिल्ला स्तरीय फुटबलमा भद्रकाली र एन.के. स्पोर्ट्स विजयी
बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा न्यू हिमालय विजयी
बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा न्यू हिमालय विजयी
गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई
गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP