नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • ब्रोदर्स एफसी र एफसी अप्सरा कोहलपुर विजयी
ब्रोदर्स एफसी र एफसी अप्सरा कोहलपुर विजयी
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असोज २८, २०८३ बागेश्वरी पोस्ट
ब्रोदर्स एफसी र एफसी अप्सरा कोहलपुर विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जारी जिल्ला स्तरीय फुटबल प्रतियोगितामा बुधबार सम्पन्न खेलमा ब्रोदर्स एफसी र एफसी अप्सरा कोहलपुर विजयी भएका छन् । न्यू डाँफे स्पोर्ट्स क्लब खजुराको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको पहिलो खेलमा ब्रोदर्स एफसीले चन्द्रज्योति स्पोर्ट्स क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

ब्रोदर्स एफसीका जर्सी नम्बर १७ का विपिन सिजालीले दुई गोल गरे भने जर्सी नम्बर ७ का समीर विकले एक गोल थपे । तीनै गोलको मद्दतमा ब्रोदर्स एफसीले सहज जित निकालेको हो । त्यस्तै, बुधबार सम्पन्न दोस्रो खेलमा एफसी अप्सरा कोहलपुरले एफसी सिमलघारीलाई टाइब्रेकरमा ७–६ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको छ ।

निर्धारित समयमा दुवै टोलीले २–२ गोल गरेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । एफसी सिमलघारीका जर्सी नम्बर ९ का गोपाल रावल र जर्सी नम्बर ४ का अरुण नेपालीले गोल गरेका थिए । एफसी अप्सराका तर्फबाट जर्सी नम्बर ७ का दिवस खड्काले गोल गरेका थिए भने अर्को गोल सिमलघारीका खेलाडीबाट भएको आत्मघाती गोलका रूपमा आएको थियो । निर्धारित समयमा खेल बराबरीमा सकिएपछि टाइब्रेकरमा अप्सराले बाजी मारेको क्लबका अध्यक्ष बालाराम खत्रीले जानकारी दिए ।

प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा नेपालगन्ज न्यूरो हस्पिटलले मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको क्लबका अध्यक्ष खत्रीले बताए । प्रतियोगिताको पुरस्कार राशी क्लबका संरक्षक तथा खजुरा गाउँपालिका–४, डी गाउँ निवासी हाल अमेरिकामा रहेका समाजसेवी लिलबहादुर थापाले सौजन्य गरेका हुन् ।

दशैं तथा तिहारको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा १५ टोलीको सहभागिता रहेको क्लबका सचिव तेजेन्द्र योगीले जानकारी दिए । असोज २५ गतेदेखि सुरु भएको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुने क्लबका उपाध्यक्ष दानबहादुर गुरुङले बताए ।


प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  १९:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रोदर्स एफसी र एफसी अप्सरा कोहलपुर विजयी
ब्रोदर्स एफसी र एफसी अप्सरा कोहलपुर विजयी
न्यू डाँफे स्पोर्ट्स क्लब (बी) र जय किसान स्पोर्ट्स क्लब विजयी
न्यू डाँफे स्पोर्ट्स क्लब (बी) र जय किसान स्पोर्ट्स क्लब विजयी
बाँके जिल्ला स्तरीय फुटबलमा भद्रकाली र एन.के. स्पोर्ट्स विजयी
बाँके जिल्ला स्तरीय फुटबलमा भद्रकाली र एन.के. स्पोर्ट्स विजयी
बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा न्यू हिमालय विजयी
बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा न्यू हिमालय विजयी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP