नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • जय किसान फाइनलमा
जय किसान फाइनलमा
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असोज ३१, २०८३ बागेश्वरी पोस्ट
जय किसान फाइनलमा

नेपालगन्ज : बाँकेको खजुरामा जारी बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगितामा ब्रोदर्स एफसीलाई पराजित गर्दै जय किसान स्पोर्ट्स क्लब फाइनलमा प्रवेश गरेको छ ।

शनिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो । ट्राइब्रेकरमा जय किसानले ब्रोदर्स एफसीलाई ५–३ गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

प्रतियोगिता अन्तर्गत आइतबार हुने दोस्रो सेमिफाइनलमा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लब र अप्सरा एफसीबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले उपाधिका लागि जय किसानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपालगन्ज न्यूरो हस्पिटलले मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको क्लबका अध्यक्ष बालराम खत्रीले जानकारी दिए । त्यसैगरी, क्लबका संरक्षक तथा खजुरा गाउँपालिका–४, डी गाउँ निवासी हाल अमेरिकामा रहेका समाजसेवी लिलबहादुर थापाले प्रतियोगिताको पुरस्कार राशी सौजन्य गरेका हुन् ।

न्यू डाँफे स्पोर्ट्स क्लबका सचिव तेजेन्द्र योगीका अनुसार प्रतियोगितामा १५ टोलीको सहभागिता रहेको छ । दसैँ र तिहारको अवसर पारेर आयोजना गरिएको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । क्लबका उपाध्यक्ष दानबहादुर गुरुङले प्रतियोगिता आइतबारदेखि सुरु गरिएको जानकारी दिए ।

प्रतियोगिताको फाइनल खेलको दिन साँझ सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने आयोजकले जनाएको छ । क्लबका अध्यक्ष खत्रीका अनुसार ‘दसैँ उत्सव’ नाम दिइएको सांस्कृतिक कार्यक्रमसँगै प्रतियोगिताको समापन गरिनेछ ।


प्रकाशित मिति: शनिबार, असोज ३१, २०८३  २१:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जय किसान फाइनलमा
जय किसान फाइनलमा
बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिताः सेमिफाइनल समीकरण पूरा
बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिताः सेमिफाइनल समीकरण पूरा
राप्तीसोनारीमा प्रथम लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुँदै
राप्तीसोनारीमा प्रथम लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुँदै
न्यू दर्पण र ब्रदर्स एफसी विजयी
न्यू दर्पण र ब्रदर्स एफसी विजयी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP