नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिताः सेमिफाइनल समीकरण पूरा
बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिताः सेमिफाइनल समीकरण पूरा
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असोज ३०, २०८३ बागेश्वरी पोस्ट
बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिताः सेमिफाइनल समीकरण पूरा

नेपालगञ्ज । बाँकेको खजुरामा जारी बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगितामा ेसेमिफाइनल समीकरण पूरा भएको छ । न्यू डाँफे स्पोर्ट्स क्लब, ब्रदर्स एफसी, अप्सरा एफसी र जय किसान स्पोर्ट्स क्लबले सेमिफाइनलमा स्थान बनाएका छन् ।

न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा खजुरा मिनी रंगशाला, डी गाउँमा सञ्चालन भइरहेको प्रतियोगितामा बिहीबार र शुक्रबार सम्पन्न क्वार्टरफाइनल खेलमा जित निकाल्दै चार टोली सेमिफाइनलमा पुगेका हुन् । प्रतियोगितामा बाँके जिल्लाका खेलाडीले मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

प्रतियोगितामा न्यू डाँफे स्पोर्ट्स क्लब र ब्रदर्स एफसी यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका थिए । शुक्रबार सम्पन्न क्वार्टरफाइनल खेलमा अप्सरा एफसी कोहलपुर र जय किसान स्पोर्ट्स क्लबले जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।

शुक्रबारको पहिलो क्वार्टरफाइनलमा अप्सरा एफसी कोहलपुरले भद्रकाली स्पोर्ट्स क्लब, जानकीलाई टाइब्रेकरमा पराजित गर्‍यो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा अप्सराले ५–४ गोल अन्तरले जित निकालेको हो ।

शुक्रबार नै सम्पन्न दोस्रो क्वार्टरफाइनलमा जय किसान स्पोर्ट्स क्लब र न्यू दर्पण युवा स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा जय किसानले ७–६ गोल अन्तरले जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्‍यो ।

प्रतियोगिता अन्तर्गत शनिबार पहिलो सेमिफाइनलमा ब्रदर्स एफसी र जय किसान स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, आइतबार हुने दोस्रो सेमिफाइनलमा न्यू डाँफे स्पोर्ट्स क्लब र अप्सरा एफसी भिड्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

प्रतियोगितामा नेपालगञ्ज न्युरो हस्पिटलले मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको क्लबका अध्यक्ष बालराम खत्रीले जानकारी दिएका छन् । क्लबका संरक्षक तथा खजुरा गाउँपालिका–४, डी गाउँ निवासी हाल अमेरिकामा रहेका समाजसेवी लीलबहादुर थापाले प्रतियोगिताको पुरस्कार राशी सौजन्य गरेका हुन् ।

प्रतियोगितामा १५ टोलीको सहभागिता रहेको क्लबका सचिव तेजेन्द्र योगीले जानकारी दिए । दसैं र तिहारको अवसर पारेर सुरु गरिएको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुने क्लबका उपाध्यक्ष दानबहादुर गुरुङले बताए ।


प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  २०:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिताः सेमिफाइनल समीकरण पूरा
बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिताः सेमिफाइनल समीकरण पूरा
राप्तीसोनारीमा प्रथम लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुँदै
राप्तीसोनारीमा प्रथम लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुँदै
न्यू दर्पण र ब्रदर्स एफसी विजयी
न्यू दर्पण र ब्रदर्स एफसी विजयी
ब्रोदर्स एफसी र एफसी अप्सरा कोहलपुर विजयी
ब्रोदर्स एफसी र एफसी अप्सरा कोहलपुर विजयी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP